निर्णय नं. ३४४९ - उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४४९ - उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०२/२१ २१०६ निर्णय नं. ३४४९ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. १६६४ आदेश भएको मिति : २०४५।२।२१।६ मा निवेदक : कायम होलिया गाउँ पञ्चायत वडा नं.बस्ने रामप्यारीदेवी मुराउनी विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय बाँकेका भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जग्गाधनी देखिएका रिट निवेदिकालाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौका प्रदान नगरी निजका नामको दर्ताको जग्गा बिक्री वितरण गर्ने गरेको हदबन्दी जग्गा बिक्री वितरण समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण लाल दास प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएकोमा तथ्य यसप्रकार छ : २. भूमिसम्बन्धी ऐन लागू हुँदाका अवस्था आमा रजकला र वेचनलाल दुई परिवार कायम हुने अंशियार हुनुहुन्थ्यो । म २७ वर्ष उमेर पुगेकी मैले हक हिस्सा पाउने अवस्था नहुँदा मेरो नाम उल्लेख नभई ७ नं. अनुसूची भरियो । मिति २०३०।३।१८ मा ७ नं. फाँटवारी छानबीन हुँदा आमा रजकलिया र वेचनलालको २ परिवार कायम भई साविक दर्ताबाट ५८४–४–८ मध्ये २ परिवारको ५६–०–० विगहा राख्ने कटाई बाँकी ५२८–४–८ जफत हुनु पर्नेमा हाल सर्भेमा सो सम्पूर्ण जग्गा ३२०–१२–१ ३/४ कायम भएकोले सो मध्ये २ परिवारको ५५–१९–१७ राखी बाँकी २६४–१६–९ ३/४ जफत भएको थियो । आमा मिति २०३०।४।२ मा स्वर्गे भई मिति २०३०।४।८ मा लालताप्रसाद मुराउले रजकलाका नाममा रहेको २८ विगहा जग्गा प्राप्त गरी मोहिका नाममा वितरण गरिपाउँ भनी निवेदन दिएको र मिति २०३०।९।१६ मा सनाखत गरेको मलाई थाहा थिएन सो मुद्दामा म उमेर पुगेका छोरीलाई नबुझी बेचनलालले फाँटवारी नदिएको देखाई आमा रजकला नामको २८ विगहा जग्गा प्राप्त गर्ने मिति २०३१।६।२७ मा निर्णय गर्नु भयो मलाई जानकारी थिएन । आमाका नामको सो जग्गा नामसारी गरिपाउँ भनी निवेदन दिंदा कुनै हकदारको उजूर नपरेकोमा म हकदार भएको कुरा प्रमाणित गर्न नसकेको भन्दै मेरो उजूरी माथि कारवाही गर्न मिल्दैन भन्ने भूमिप्रशासन कार्यालय, बाँकेको निर्णयउपर मेरो पुनरावेदन परी नामसारी दर्ता गरिदिने भनी भेरी अञ्चल कार्यालय, नपालगञ्जबाट मिति २०३७।१।८ मा फैसला भयो । सो जग्गामा वेचनलालउपर खिचोला मुद्दा परेकोमा मिति २०३७।१०।१७ मा मेरा नाममा नामसारी दर्ता हुने ठहरी मिलापत्र भयो । मिलापत्र अनुसारको जग्गा मध्ये वेचनलाल मुराउका नाममा दर्ता रहेको जिल्ला बाँके फत्तेपुर गा.पं.वडा नं.७(क) कि.नं.५४, ५९, ६३, ८३, ८८, ९२, ९४, १००, १०५, १०९, ११०, १११, ११२, १२० १४०, १७८, ३०४, ३०६, ३१०, ३१७, ३२०, ३२२, ३२७, ३२८, ३३०, ३३१, ३३२, ३३७, ३३८, ३३९, ३४०, ३४४, ३४५, ३६१ समेत जम्मा मिति २०३७।१०।२१ को र.नं.१००६ को छोडपत्र अनुसार मेरा नाममा मिति २०३७।१०।२२ मा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरें । आमा रजकलाका नाममा दर्ता रहेको ऐ.कि.नं.३६६, ३६९ र ३७४ को जग्गाको मिति २०३७।१।८।१ को फैसला र मालपोत कार्यालय, बाँकेक