निर्णय नं. ८४६२ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४६२ - उत्प्रेषण परमादेश भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६७/०५/०२ २८८६ निर्णय नं.८४६२ ने.का.प २०६७ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल ०६३–WO–०४१० आदेश मितिः २०६७।५।२।४ विषय : उत्प्रेषण परमादेश निवेदकः पोखरा उ.म.न.पा.१७ बस्ने यदुकला बोगटी विरुद्ध प्रत्यर्थीः पुनरावेदन अदालत पाटन ललितपुर समेत § मुद्दा परिसकेपछि अंश भरपाई गरी छोरा छुट्टिई भिन्न भएको भनी सो अंश भरपाईका आधारमा आफ्नो जग्गा रोक्का राख्न नमिल्ने भनी अदालत प्रवेश गरेमा सफा हात लिई अदालत प्रवेश गरेको नदेखिने । § दावीका विवादित जग्गाहरू आफ्नो निजी आर्जनको भई अरु कसैलाई बण्डा गर्न कर नलाग्ने सम्पत्ति हुन् भनी दावी लिएको भएपनि ती जग्गाहरू निजी आर्जनका हुन् होइनन् भन्ने कुरा प्रमाणको मूल्याङ्कनका आधारमा गरिनु पर्ने तथ्यगत कुरा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं.३) § आफ्नो छोराउपर बैदेशिक रोजगार ठगीमा मुद्दा चलिसकेपछि छोराले नगद अंश लिई छुट्टिएको भनी अंशको भरपाई खडा गरेको देखिएको हुँदा रोक्का रहेको जग्गा फुकुवा गरिपाऊँ भनी दिएको निवेदनमा जिल्ला अदालत र पुनरावेदन अदालतबाट बैदेशिक रोजगारसम्बन्धी मुद्दाको बिगो समेतलाई विचार गरी रोक्का रहेको जग्गा फुकुवा गर्न नमिल्ने भनी गरेका आदेशहरूमा कुनै कानूनी त्रुटि रहेको नदेखिनुका साथै त्यस्ता कानूनबमोजिम भए गरेको कामकारवाहीबाट सम्पत्तिसम्बन्धी हकमा आघात परेको भन्न नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता प्रेमसिंह धामी विपक्षी तर्फबाटः उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.रामकुमार प्रसाद शाह : तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ : प्रत्यर्थी मध्येका क्षेत्रबहादुर समेतको जाहेरीले नेपाल सरकार श्रम तथा रोजगार प्रवर्द्धन विभागमा मेरो छोरा रामबहादुर बोगटीका उपरमा बिगो रु.९,२०,०००।– राखी बैदेशिक रोजगार ऐन, २०४२ अन्तर्गत उजूरी गर्नु भएकोमा उक्त विभागले रु.१३,८०,०००।– (तेह्र लाख असी हजार रुपैयाँ) धरौट मागेकोमा सो बापत रु.१६,८०,०००।– (सोह्र लाख असी हजार) मूल्याङ्कनको जेथा धरौटी राखी निज छोरा छुटी गएका रहेछन् । सोही बैदेशिक रोजगारी मुद्दा निज छोराका उपरमा श्रम तथा रोजगार प्रवद्र्धन विभागको अभियोगपत्रले वादी नेपाल सरकार भै काठमाडौं जिल्ला अदालतमा दायर भएको र प्रतिवादीका नाउँमा तामेल भएको बेपत्ते म्याद मिति २०६३।५।२० को का.जि.अ. को आदेशले नै बदर गरी पुनः म्याद जारी भै तामेलीको प्रक्रिया अघि बढेको जानकारी पाएकी छु । प्रत्यर्थी मध्येका क्षेत्रबहादुर थापाले निवेदन मागअनुरूप जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मेरो नाउँमा मिति २०४२।६।२० मा मेरो मित दाजु गणेशमान ठुसाजूबाट हा.ब.को लिखत समेत गरी प्राप्त भएको जिल्ला कास्की लुकुन्स्वारा गा.वि.स. वडा नं. १ को कि.नं. ४४०, ४४९१ र ४९११ गरी तीन कित्ता जग्गा रोक्का राखी पाउन निवेदन गरे अनुसार मिति २०६३।३।१९ मा का.जि.अ.ले उक्त तीनै कित्ता जग्गा रोक्का राख्ने आदेश गरेअनुरूप उक्त जग्गा रोक्का रहेकोमा मैले का.जि.अ.मा सो रोक्का फुकुवा गर्न निवेदन माग गरेकोमा मिति २०६३।५।१२ मा का.जि.अ.ले रोक्का फुकुवा नगर्ने आदेश गरे उपर अ.बं. १७ नं.