निर्णय नं. ३४५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०७/३० २५९६ निर्णय नं. ३४५० ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २३३० आदेश भएको मिति : २०४४।७।३०।२ मा निवेदक : जि.महोत्तरी पर्सा पतैली गा.पं. वा.नं.६ बस्ने बलदेव मण्डल खत्वे विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, सुधार कार्यालय, महोत्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहियानी लेखाई देखाई गरी २ नं. अनुसूची प्रकाशित भएकोलाई नै मोहियानी हकको आधार मान्नु पर्ने । (प्रकरण नं. १०) (२) नापीमा मोही लेखाएको वा नलेखाएको कुराले मोहियानी हकको प्राप्ति वा समाप्ती हुने होइन । (प्रकरण नं. १०) (३) मोही नामसारी गरिपाउँ भनी भएको विवादमा रसीद भएको वा नभएको भन्ने कुराले विशेष सान्दर्भिक महत्व नराख्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षी मध्येका जयनारायण चौधरीको बाबु रघुनाथ चौधरीको नाममा दर्ता रहेको जि.म. पर्सा पतैली गाउँ पञ्चायतको जग्गा मध्ये ०–५–० को कित्ता १ जिग्गा विगहा ०–३–० को जग्गा कित्ता १ समेतको जग्गा मेरो बाबु मुगाई मण्डलले जोती कमाई आउनु भएको अवस्थामा भूमिसम्बन्धी ऐन लागू हुँदा १ नं.लगत भरी २ नं. को अनुसूची प्रकाशित भएको आधारमा ४ नं. जो.अ.नि.प्राप्त गरेको प्रमाण–पत्र बाबु मुगाई मण्डलको शेषपछि वहाँको छोरा मैले जोती कमाई आएको छु सो जग्गाहरु हाल सर्भे नापीमा जि.म. पर्सा पतैली गा.पं.बडा नं. ६ कि.नं.३३६ को ०–४–४ वडा नं.७ को कि.नं.१३४ को ०–४–० मा नापी भई अद्यापी म आफैंले जोती आएको उक्त जग्गाको मोहियानी हक नामसारी गरी प्रमाण पूर्जा पाउँ भनी माग गरेकोमा निवेदकको बाबुले पाए भनेको ४ नं. जो.अ.नि.मा लेखिएको जग्गा हाम्रो बाबु रघुनाथ चौधरीको नाममा दर्ता थिएन हाल दावी भएको जग्गामा निवेदक मोही हैन मोही भएको भए बाली बुझाएको भर्पाई हुनु पर्ने । बाबु रघुनाथ चौधरीले आफ्नो जग्गा आफैंले जोती कमाई आउनु भएको कुरा निज बाबुले पाउनु भएको जो.अ.नि.बाट स्पष्ट हुन्छ भन्ने विपक्षी जयनारायण चौधरी समेतको लिखित प्रतिउत्तर–पत्र परेको र पेट व्यहोराबाट बुझिएको अन्य विपक्षीहरुको बयान भएको । यसमा भूमिसुधार कार्यालयबाट जग्गावाला रघुनाथले आफ्नो जग्गाको आफैंले जो.अ.नि.प्राप्त गरेको देखिएकोले सो जग्गाको मोही निवेदकको बाबु भएको भए सर्भेमा उपस्थित भई जोताहा भनी लेखाउनु पर्ने काम नगरेको र सो जग्गाको भूमिसुधार ऐन, २०२१ को दफा ३४ बमोजिम बाली बुझाएको प्रमाण पेश गर्न नसकेको समेतबाट वादी निवेदकको दावी खारेज हुने ठहर्छ भन्ने मिति २०४२।११।१९ मा निर्णय गरियो । ३. विपक्षीहरु मेरो बाबु मुगाई मण्डलले १ नं.को लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि.प्राप्त गरेको कुरामा विवाद नउठाई उक्त जग्गा हाम्रो बाबु तथा पति रघुनाथको नाममा दर्ता छैन, भन्ने सम्म कुराको विवाद उठाउनु भएको छ । जुन विवाद गैरकानुनी छ । किनभने सो जग्गा रघुनाथ चौधरीको नाममा दर्ता नभएको भए उक्त जग्गाहरु विपक्षी उमदीदेवीले आफ्नो नाममा नामसारी गरी बिक्री गर्ने प्रश्न नै उठ्दैन । २