निर्णय नं. ८४७७ - हाडनाता करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४७७ - हाडनाता करणी । भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०५/१४ ८४०७ निर्णय नं. ८४७७ ने.का.प.२०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६४ सालको फौ.पु.नं. ०७६३ फैसला मितिः२०६७।५।१४।२ मुद्दाः– हाडनाता करणी । पुनरावेदक प्रतिवादीः स्याङ्गजा जिल्ला, वाङ्गसिङ्ग गा.वि.स.वडा नं. ५ घर भै हाल कास्की जिल्ला, पोखरा उप म.न.पा.वडा नं. ८ वस्ने बाबुराम पौडेल समेत विरुद्ध प्रत्यर्थी वादीः चितवन जिल्ला, भरतपुर न.पा.वडा नं. ८ वस्ने दिवाकर उपाध्याय शुरु फैसला गर्नेः मा.न्या.श्री शम्भुबहादुर खड्का पुनरावेदन फैसला गर्ने मा.का.मु.मु.न्या. श्री ऋषिराज जोशी मा.न्या.श्री ठाकुरप्रसाद शर्मा § अ.वं. १० नं. अनुसार सार्वजनिक हित वा सरोकार निहीत रहेको मुद्दामा फिरादपत्र दायर गर्न अड्डाको अनुमति दिंदा अ.वं. १० नं. को अधीनमा रही मुद्दा हेर्ने हाकिम अर्थात् जिल्ला अदालतको हकमा जिल्ला न्यायाधीशले अनुमति दिनुपर्ने । (प्रकरण नं.४) § जिल्ला अदालतमा अ.वं. १० नं. अनुसार सार्वजनिक हित र सरोकारनिहीत समावेश भएको मुद्दाको फिराद दर्ता गर्नको लागि दिइने अनुमति पत्रको निवेदनमा फिराद गर्ने अनुमति दिने वा नदिने सम्बन्धमा निर्णय गर्ने अधिकार स्रेस्तेदारको हुन्छ भनी सम्झन नमिल्ने । (प्रकरण नं.५) § स्रेस्तेदारको अधिकार नै नभएको विषयमा स्रेस्तेदारले फिराद दायर गर्न अनुमति प्रदान गरी दायर भएको फिरादपत्रबाट तथ्यभित्र प्रवेश गरी इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री अनीता सापकोटा चापागाई, श्री प्रकाश के.सी., सीता मैनाली, यमुना भटृराई र श्री शोभादेवी पौडेल प्रत्यर्थी वादीतर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, पोखराको मिति २०६३।२।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन परी यस अदालतबाट निस्सा प्रदान भै पुनरावेदनको रोहमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– विपक्षी बाबुराम पौडेल र तारादेवी पौडेल मेरो चारपुस्ता भित्रका छोरा वुहारी नाताका व्यक्तिहरू हुन् । एक नारायण पौडेलका ३ भाई छोरा जेठा कृष्ण प्रसाद, माहिला स्व. इश्वरी प्रसाद र कान्छा बाबुराम हुन् । माहिला स्व. इश्वरी प्रसाद पौडेल भारतिय सेनामा सेवारत रहँदा रहँदै २०४७।३।१६ मा स्वर्गारोहण भएपछि निजको श्रीमती तारादेवी पौडेल बिधवा वनेकी र उनी आफ्ना ससुरा एक नारायण पौडेल समेतसँग एकघर सँगोलमा रहदै वस्दै आएकी थिइन् । म फिरादी चितवन जिल्लामा बसाइ सरे पनि वेला बेलामा दाजुभाईसँग भेटघाट गर्न स्याङ्गजा जाने आउने गर्दथे । यसै बीच २०५४ सालमा विपक्षी तारादेवी पौडल चुरा पोते तथा सिन्दुर लगाई वसेकी रहिछन् । बुझ्दा खेरी बावुराम पौडेलले आफ्नो सहोदर भाउजू तथा गुरुआमा तारादेवी पौडेलका बीचमा हाडनाता करणीको महलले निषेध गरेको कार्य गरी सम्बन्ध कायम गरी विवाह गरेको र निज बाबुराम र तारादेवी हाल कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ मा बसोबास गर्दै आएका रहेछन् । निजहरूको परिवारले समेत उक्त कार्यमा मद्दत गरेको थाहा पाई यस्तो गलत र असामाजिक काम कुरामा नालेस गरी कसूरदारलाई सजाय नदिएमा हाडनाताको सम्बन्ध वढ्दै जाने हुँदा विपक्षीहर