निर्णय नं. ३४५१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४५१ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/२६ २२३८ निर्णय नं. ३४५१ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको फौ.पु.नं. ५९२, ६२२ सम्वत् २०४४ सालको सा.नं. १४३ आदेश भएको मिति : २०४५।३।२६।१ मा पुनरावेदक/प्रत्यवादी : के.का. बीरगन्जमा थुनामा रहेका महेश्वर पौडेलसमेत विरुद्ध विपक्षी/प्रत्यवादी : ऐ.ऐ.बस्ने तुल्सी न्यौपाने समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) वारदातमा संलग्न एक प्रतिवादीको साविती भएपछि प्र.को इन्कारी, प्रमाणको अभावमा साँचो मान्न नमिल्ने । (प्रकरण नं. २९) (२) कर्तव्य ज्यान जस्तो संगीन फौज्दारी अभियोग संकलित सबूद प्रमाणबाट पुष्टी भएको अवस्थालाई केवल मौखिक इन्कारीले कुनै मद्दत गर्नसक्ने अवस्था र स्थिति विद्यमान हुन नसक्ने देखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गर्ने गरी गरेको फैसलामा कुनै कानुनी त्रुटी नदेखिने । (प्रकरण नं. २९) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : हामी पुनरावेदक प्रत्यवादी मध्ये महेश्वर पौडेललाई ज्यानसम्बन्धीको १३(३) र म अर्जुनप्रसादलाई ऐ.को १३(४) अनुसार सजायँ गर्ने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा चित्त नबुझेकोले पुनरावेदन गरेका छौं भनी म.क्षे.अ.को निर्णयउपर पर्न आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा मुद्दाको तथ्य संक्षेपमा निम्न प्रकार छ । २. ०३६।११।२१ गतेको रात २१.०० बजे चितवन भरतपुर न.पं.वा.नं.९ बस्ने सरतपुर बस्ने बलभद्र न्यौपानेलाई कर्तव्य गरी मारेको खबर पाए अनुसार बुझ्न जाँदा निज बलभद्रका घरमा कोही नभएको अवस्थामा कर्तव्य गरी मारेको भन्ने बुझिएको रातको ९ बजेको समयमा बलभद्रले गुहार भनी कराएको आवाज सुनी गाउँका मानिसहरुले हेर्न जाँदा कर्तव्य गरी मारी हत्यारा भागी सकेका भन्ने बुझिएकोले कानुन बमोजिम कारवाही होस् भन्ने प्रहरीमा जमदार ढुंडीराज शर्माको २०३६।११।२२ को प्रतिवेदन । ३. सुराकी कुकुरले बलभद्रको गोठालो अर्जुनप्रसादलाई सुंग्दै गई पक्रँदा महेश्वर र म भई बलभद्रलाई कर्तव्य गरी मारेको हो भनी मुख सावित भएको बखत सोही मौकामा अर्जुनप्रसादको जिउ खानतलाश गर्दा रु.१,७००।– बरामद भएको मिति २०३६।११।२२ को बरामदी मुचुल्का । ४. घटनास्थलमा मृतकको लाश हेर्दा दक्षिण सिर उत्तर गोडा भएको दायाँ कान पछाडि रगत पच्छे भई हतियारले रोपेको, खोचिएको जस्तो घाउ देखिएको लाशको दाहिना कम्मरमा निलडाम देखिएको, देब्रे पट्टी करङमा दुइवटा निलडाम देखिएको, बायाँ हातको कुइनामा छाला खुइलिएको, दायाँ हातको कुइनामा छाला खुइलिएको, गुुदद्वारा माथि लिफामा दिसा लागेको, गुदद्धार बाट दिसा निस्किएको दुबै आँखा बन्द, मुख बन्द, रुद्र घण्टी निर ४ ठाउँमा घाउखत समेत निलो डाम देखिएको, दायाँ हातको बुढी औंलामा काटेको घाउ देखिएको, लिङ्गबाट सेता पानी निस्केको, भूँडीमा डाबर जस्तो देखिएको भन्ने समेत व्यहोराको २०३६।१२।२३ को लाश प्रकृति मुचुल्का । ३. २०३६।११।२१ गते राती साढे आठ बजेको समयमा महेश्वर पौडेल म सुत्न घरनिर आई बोलाएको हुँदा किन भनी निजसंग जाँदा घरदेखि पूर्व ६०–७० गज जति पर सालको रुख मुनि लगी १ सिसि रक्सी झिकी खाउ भने, त्यसपछि गैंडा चुरोट दिई खाई बसी बलभद्रले मलाई ज्यादै दुःख दियो तिमील