निर्णय नं. ८४६३ - भ्रष्टाचार ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४६३ - भ्रष्टाचार । भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/१२/२४ ३४०५ निर्णय नं.८४६३ ने.का.प २०६७ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६६ सालको स.फौ.पु.नं.३४८० फैसला मितिः २०६६।१२।२४।३ मुद्दा : भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डी बस्ने रामजीप्रसाद रौनियार विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु निर्णय गर्ने अदालतः– विशेष अदालत, काठमाडौं अध्यक्ष मा.न्या.श्री तपबहादुर मगर सदस्य मा.न्या.श्री गोविन्दप्रसाद पराजुली सदस्य मा.न्या.श्री भुपध्वज अधिकारी § लाभको पदधारण गरेका प्रतिवादी नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक भएको र संस्थाको नीति निर्माण गर्ने गरिमामय पदमा आसीन सञ्चालकले सञ्चालक भई कामकारवाही गर्दाका अवस्थामा खराब बदनियतका साथ लिनेखाने उद्देश्यले नक्कली तथा वास्तविकभन्दा बढी रकमको बील बनाई पेश गरी भुक्तानी लिएको कार्यबाट आफ्नो पदीय हैसियत, जिम्मेवारी र ओहोदाको मर्यादाविपरीत गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी नेशनल ट्रेडिङ्ग लिमिटेडलाई आर्थिक नोक्सानी र आफुलाई गैरकानूनी आर्थिक लाभ पुर्‍याई भ्रष्टाचारको कसूर गरेको प्रमाणित भएको तथ्य स्थापित हुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र हरिहर दाहाल, अधिवक्ताद्वय शम्भु थापा र बालमुकुन्द श्रेष्ठ प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई अवलम्बित नजीरः सम्बद्ध कानूनः  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) फैसला न्या.कल्याण श्रेष्ठः विशेष अदालत, काठमाडौंको मिति २०६१।५।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– आपूर्तिमन्त्रालय अन्तर्गतको संस्थान नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालकहरूले एउटा बैठक बसेबापत रु.१० हजारसम्म लिने गरेको भन्ने संस्थानका राष्ट्रसेवकहरूले २०५२।११।२० मा आयोगसमक्ष गरेको उजूरी सम्बन्धमा, नेशनल ट्रेडिङ्ग लिमिटेडबाट सम्बन्धित खर्चको सक्कल बील भौचरहरू र सम्बन्धित होटलहरूबाट सक्कल बील मगाई तहकिकात गर्दा सञ्चालक रामजीप्रसाद रौनियार, अवध किशोरप्रसाद सिँह, डा. रविन्द्र सिँह र विश्वनाथप्रसाद सिँहले होटल माउण्ट मकालु, होटल तिरुपति, होटल न्यू आनन्द, होटल ताज र होटल भरतको मालिक एवं कर्मचारीहरूलाई मिलाई आफूले बसेको र खाना खाएको कर कार्यालयको छाप नभएको पाउनु पर्ने भन्दा बढी रकमका कीर्ते बिलहरू बनाउन लगाई उक्त बिलहरू संस्थानमा पेश गरी आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याएको र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई यसै अभियोगपत्र साथ संलग्न भुक्तानी विवरण फाराममा उल्लिखित रकम हानि नोक्सानी तथा सोको हुने होटल कर राजस्वसमेत हानि नोक्सानी पुर्‍याई अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उपरोक्त उल्लिखित सञ्चालक रामजीप्रसाद रौनियार, अवध किशोरप्रसाद सिँह, डा. रविन्द्र सिँह तथा विश्वनाथ सिँहलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र यसै अभियोगपत्रको प्रतिवादी खण्डमा उल्लेख गरिएको होटलको मालिक एवं कर्मचारी भरत रत्न धाख्वा, कुमार न्यौपाने, काजी श्रेष्ठ, टिका राना, याहाया मुस्लिम, बृषा श्रेष्ठ, गीता श्रेष्ठ, सानुकुमार महर्जन, बसन्त सापकोटा र ध्रुब दाहाललाई सञ्चालकहरूलाई ख