निर्णय नं. ३४५२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४५२ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/१२/२१ २४६२ निर्णय नं. ३४५२ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रिट नं. २११५ आदेश भएको मिति : २०४४।१२।२१।१ रिट निवेदक : जि.बाँके पारसपुर गा.पं.वडा नं.९ बस्ने इन्द्रानी कुर्मी विरुद्ध विपक्षी : जि.बाँके खुजुरा खुर्द गा.पं.वडा नं.१ बस्ने सन्तराम कुर्मीसमेत विषय : उत्प्रेषण (१) सदगत कृया गर्ने को हो ? स्याहार सम्भार गर्ने को हो ? सो गरेको सबूद प्रमाण के के छ र कानुनी व्यवस्था र कानुनमा किटिएको शब्द के के छ ? सो सबै छानबीन गरी यस कारण प्रमाणबाट सो विवादीत जग्गा यसको नाउँमा दर्ता गर्ने ठहर्छ भनी निर्णय दिने अधिकार मालपोत ऐन तथा अन्य कानुनी व्यवस्थाबाट मालपोत कार्यालय तथा जिल्ला कार्यालयमा सो अधिकार रहे भएको नदेखिने । (प्रकरण नं. ८) (२) रजिष्ट्रेशनको ३५ नं. अनुसार हक बेहकको प्रश्न उपस्थित हुन आएकोमा अदालतमा जान सुनाई दिनु पर्नेमा त्यस्तो कानुन विपरीतको अधिकार ग्रहण गरी गरेको मालपोत कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री दमन ढुङ्गना आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा निम्नानुसार छ । २. बाबुको परोक भई निजको हक खाने अरु कोही नभएको म एकमात्र छोरी भएकीले पिता बराती कुर्मीका नाउँ दर्ताको जि.बाँके इन्द्रपुर गा.पं.वा. नं. ९‘क’ कि.नं.५६,९४ ऐ.वा.नं.५‘क’ कि.नं.७०७ र नेपालगञ्ज न.पं.वा.नं.१‘क’ कि.नं.११ समेतको ०–१६–६ जग्गा मेरो अपुताली हकको हुँदा नामसारी गरिपाउँ भनी म निवेदिकाको उजूरी र सोही जग्गाहरु काका बरातीको कृया सदगत गरेकोले हाम्रो नाउँमा नामसारी गरिपाउँ भनी विपक्षी फकिर संतारामको निवेदन परी हक बेहकको प्रश्न उपस्थित भएको अवस्थामा हक कायम गराउन अदालतमा जान सुनाउन पर्नेमा सो नगरी विपक्षी मालपोत कार्यालयबाट विपक्षी फकिरे सन्तरामले सदगत गरेको भन्दै बरातीका नाउँको जग्गा आधा फकिर सन्तरामका नाउँमा र आधा छोरी इन्द्रानीका नाउँमा नामसारी गरिदिने ठहराई २०४३२।२।१६ मा निर्णय गरेउपर मेरो विपक्षी जिल्ला कार्यालयमा पुनरावेदन परी सो कार्यालयबाट समेत मालपोत कार्यालयको निर्णय सदर ठहराई फैसला गरियो । उक्त दुबै फैसलाहरु गैह्र कानुनी र अधिकारक्षेत्र विहिन हुँदा बदरभागी छ । विपक्षी निकायहरुलाई हकबेहकमा निर्णय गर्ने अधिकार नहुँदा अ.बं.३५ नं. ले उक्त निर्णयहर बदरभागी छन् । अपुतालीको २ नं. ले छोरीले अपुताली पाउने कुरा निर्विवाद छ । विपक्षी सन्तराम र फकिरले स्याहार सम्भार गरे नगरेको ठहर गर्न मालपोत कार्यालय सक्षम छैन । निवेदिका र मेरो लोग्नेले बाबुको स्याहार सम्भार गरेको कारणले रिझ बापत पति मिश्रीलाललाई बकसपत्र लेखी दिनु भएको बाटै मैले बाबुको हेरचाह गरेको प्रष्टै छ । विपक्षी कार्यालयहरुले निर्णयाधारमा अँगालिएको गाउँ पञ्चायतबाट भएको सरजमीन अड्डा अदालतबाट नभएको प्रमाण योग्य छैन । सो सरजमीनमा स्याहार सम्भार गर्ने बहिनी बिट्टा कुर्मीनी हुन भन्ने उल्लेख छ र निजको उजूरी नहुँदा मेरो हक स्वतः प्रमाणित छ । अतः उल्लिखित विपक्षी कार्यालयहरुका निर्णयबाट