निर्णय नं. ८४७८ - उत्प्रेषण प्रतिषेध मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४७८ - उत्प्रेषण प्रतिषेध मिश्रित परमादेश भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०५/२७ २६५१ निर्णय नं. ८४७८ ने.का.प. २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६४ सालको रिट नं. WO–०९५४ आदेश मितिः २०६७।५।२७।१ विषयः उत्प्रेषण, प्रतिषेध मिश्रित परमादेश । निवेदकः अर्घाखाँची जिल्ला डिभर्ना गा.वि.स. वडा नं. ५ घर भई हाल गोरखापत्र संस्थान धर्मपथ काठमाडौंमा नेपाली प्रुफरिडिङ्ग शाखामा वरिष्ठ व्यापार अधिकृत पदमा कार्यरत् का.जि.का.म.न.पा. वडा नं. ५ टंगाल बस्ने ताराबहादुर बस्याल विरुद्ध विपक्षीः कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान, धर्मपथ काठमाडौं समेत § मुद्दाको कारवाही प्रारम्भ भएपछि मुद्दाको शुरुमा सुनुवाई गर्ने निकाय वा पदाधिकारीले कुनै विवादको निर्णय गर्दैमा सामान्यतयाः मुद्दामा सो निर्णय अन्तिम नहुने । § कुनै एक व्यक्ति वा निकायले गल्ती गर्न सक्छ । त्यसकारण अर्को व्यक्ति वा निकायबाट निर्णय परीक्षण गर्नुपर्छ भन्ने मान्यताका आधारमा शुरु वा प्रारम्भिक तहबाट भएको निर्णयउपर माथिल्लो निकाय वा पदाधिकारीसमक्ष वा निकायमा पुनरावेदन गर्न पाउने र त्यहाँबाट निर्णय परीक्षण हुनुपर्ने । § तल्लो निकाय वा अधिकारीबाट भएको निर्णयउपर उजूर परेपछि माथिल्लो निकाय वा पदाधिकारीबाट परीक्षण भै अन्तिम भएपछि निर्णयमा परिवर्तन नहुने भएकोले तत्पश्चात् मात्र सो निर्णय कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.४) § गोरखापत्र संस्थानको सम्पत्ति हिनामिना गरेको ठहराई नोक्सानीको बिगो असूलउपर गर्ने संस्थानको कार्यकारी अध्यक्षको निर्णयउपर संस्थानकै सञ्चालक समितिसमक्ष पुनरावेदन परी विचाराधीन रहिरहेको अवस्थामा सो पुनरावेदनमा निर्णय भै अन्तिम भएपछि मात्र निर्णय कार्यान्वयन गर्नुपर्नेमा अन्तिम निर्णय नहुँदै बिगो असूलउपर गर्नका लागि भएको निर्णय र सोबमोजिम तलव कट्टा गरेको कार्य न्यायोचित नहुने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री गुणनिधि न्यौपाने विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई अवलम्बित नजीरः सम्बद्ध कानूनः § गोरखापत्र संस्थानको कर्मचारी सेवा सर्त विनियमावली, २०५२ को १६०(१) आदेश न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– म रिट निवेदक गोरखापत्र संस्थानमा अधिकृत सातौं तहमा सामान्य प्रशासन शाखामा मिति २०६४।३।८ गतेदेखि २०६४।८।२५ सम्म कार्यरत थिएँ । हाल सोही संस्थानमा सोही पदमा नेपाली प्रुफरिडिङ्ग शाखामा काम गर्दै आएको छु । उक्त सामान्य प्रशासन शाखामा मभन्दा माथि नवौं तहमा शाखा प्रमुखको रुपमा प्रमुख प्रबन्धक भिम खरेल हुनुहुन्थ्यो । सञ्चालक समितिले सो शाखाको काम कर्तव्य, अधिकार र जिम्मेवारीहरू उल्लेख गरी उहाँलाई नै सम्पूर्ण जिम्मेवारी तोकेको थियो । म निवेदकले उहाँ अन्तर्गत रहेर उहाँकै मातहत र निर्देशनमा काम गर्नुपर्ने भएकोले सोहीअनुसार कामकाज गर्दै आएको थिएँ । सो कुरा मलाई संस्थानले दिएको मिति २०६४।३।७ को पत्रले पुष्टि गर्दछ । संस्थानको परिसरमा मिति २०६४।६।१५ मा चोरी भयो । संस्थानले सो चोरीका सम्बन्धमा महानगरीय प्रहरी प्रभाग काठमाडौंमा जाहेरी गर्दा प्रतिवादी विटुकुमार यादवले चोरी गरेको स्वीकार गरेका छन् । बिगो रु.१,७७,०००।– बराबरको चोरी भएकोमा रु.६४३।८० बराबरको कागज बरामद हुँदा