निर्णय नं. ३४५५ - कूत दिलाई मोही निष्कासन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४५५ - कूत दिलाई मोही निष्कासन भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/१६ २०९४ निर्णय नं. ३४५५ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ८११ फैसला भएको मिति : २०४५।३।१६।५ मा पुनरावेदक/वादी : विराटनगर न.पं.वा.नं.२२ बस्ने भूर्तजा मियाँ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने फागु साह सुडी मुद्दा : कूत दिलाई मोही निष्कासन (१) बाली नलगाइने समयमा गोरु गाडाहरु आवत जावत गर्न सहज होस भन्नाको लागि आली काटिएको र बाटो भन्दा पनि उच्च जग्गालाई खेती योग्य बनाउन माटो काटिएकोलाई जग्गाको स्वरुप परिवर्तन गरी हैसियत घटाएको भनी मोही हकबाट नै निष्कासन हुने ठहर गर्नु न्यायोचित भन्न नसकिने । (प्रकरण नं. ११) (२) भू.सं.ऐन, २०२१ को दफा २९(२) मा जानी बुझी जग्गाको मोल वा उव्जा घट्ने गरी कुनै काम गरे वा मनासिब रेखदेख नपुर्‍याएको कारणले जग्गाको मोल वा उब्जा घटेमा वा १ वर्ष सम्म खेती नगरेमा वा खेतीमा हेलचेक्र्याई गरेको अवस्थामा मात्र मोही निष्कासन हुनसक्ने । (प्रकरण नं. ११) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.बब्बरप्रसाद सिंह : पु.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. मेरो नाम दर्ताको जि.मोरङ ज्तुला कठकुव्या गा.पं.वडा नं.४(क) कि.नं.१२८,२३ र २५ को धनहर ज.वि.३–०–५ र विराटनगर न.पं.वडा नं.१७ को कि.नं.७४ को धनहर ज.वि.०–११–५ समेत जम्मा ज.वि.३–११–१० जग्गामा प्रतिवादी मोही हुन । २०४०।१।१४ गते विहानको समयमा जग्गा हेर्न जाँदा कि.नं.१२८ को जग्गामा विदेशी मानिसबाट उत्तर पूर्वतर्फको र कि.नं.२३ र २५ को पश्चिमतर्फको आली धुर काटी दिएको ०४१।२।२५ गते कि.नं.७४ को जग्गाको माटो काटी उत्तर जग्गाहरुको मोल उब्जा घटने गरी खाल्टो गरी आली धुर भत्काई काटी सो जग्गाको माटो गोरु गाडामा लादी लगेकाले उपरोक्त जग्गाबाट प्रतिवादीको मोही हक निष्कासन गरी कूत बापतको जम्मा बिगो रु.२२७४।३५ प्रतिवादीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. दावी बमोजिमको कूत मध्ये २१ मन बुझाई सकेको, समुच्च कूत बुझाउन अनावृष्टिको कारणबाट नसकेको जग्गाको आलीधुर काटी जग्गा नबिगारेको हुँदा दावी बमोजिम मोही निष्कासन हुनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर । ४. कूततर्फको दावी मध्ये रु.२०५५।५८ मिन्हा पाउने देखिएको हुँदा सो कट्टा गरी बाँकी रु.४५८।३५ सम्म वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । मोही निष्कासनतर्फ दावीको कि.नं.२३, २५, १२८ को जग्गा बिगारेको देखिँदा उक्त कि.नं.का जग्गाहरुबाट मोही हक निष्कासन हुने र कि.नं.७४ को जग्गाको मोही निष्कासनको दावी नपुग्ने भन्ने समेत व्यहोराको मोरङ जि.अ.को २०४०।११।१४ को फैसला । ५. शुरु अदालतको इन्साफ चित्त बुझेन । सो फैसला बदर गरी मेरो मोही हक कायम नै राखिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको को.अं.अ.मा परेको पुनरावेदनमा मोरङ जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने को.अं.अ.को ०४१।८।१२ को फैसला देखिन्छ । ६. शुरु जि.अ.को इन्साफ सदर गर्ने गरेको अञ्चल अदालतको इन्साफमा कानुनी त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी पुनरावेदन गर्न अनुमति पाउन प्रतिवादीको पु.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भएकोमा बाटो भन्दा पनि उच्च जग्गाको केह