निर्णय नं. ८९९४ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९९४ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०५/२८ ७५७९ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती ०६६–WO–०९२६ आदेश मितिः २०६९।५।२८।५ विषयः उत्प्रेषणयुक्त परमादेशसमेत । निवेदकः जिल्ला महोत्तरी, खैरवानी गा.वि.स. वडा नं. ८ बस्ने वृजलाल महतो कोइरीको छोरा रामलखन महतो कोइरी विरुद्ध विपक्षीः जिल्ला महोत्तरी, खैरवानी गा.वि.स. वडा नं. ६ बस्ने रामलखन राय यादवको छोरा रामभजन राय यादव समेत § मुद्दामा भएको फैसलाको कार्यान्वयन उक्त मुद्दाको औचित्यको लागि अनिवार्य र आवश्यक शर्त हो । मुद्दाको कार्यान्वयन गराइपाउने पक्षले नै कार्यान्वयन नगर्ने गरी म्याद नै गुजारी बसेमा वा उदासीनता देखाएमा बाहेक मुद्दा कार्यान्वयनको लागि अदालतमा निवेदन दिइसकेपछि घरसारमा मिलापत्र गरेको वा लेनदेन गरेको कुरासम्मलाई पनि कानूनी व्यवस्थाले स्वीकार नगरी अड्डाबाट नै ऐन फैसलाबमोजिम दिलाई भराई दिनुपर्ने व्यवस्था भएकाले फैसला कार्यान्वयन गराइपाउनु पक्षको निर्विवाद हक हुन जाने । (प्रकरण नं.२) § सामान्यतः तामेली भन्नाले कुनै काम सम्पन्न भैसकेको वा मुद्दाको रोहमा अब थप कुनै निर्णय गर्न नपर्ने गरी मुद्दा टुङ्ग्याउने कार्य भन्ने बुझिन्छ । यो कानून व्याख्यासम्बन्धी शाब्दिक (Literal) व्याख्याको नियम हो । शाब्दिक व्याख्या वा शब्दको सोझो अर्थ गर्दा कानूनको उद्देश्य र मनसाय पूरा हुने भएमा शाब्दिक व्याख्या नै गर्नुपर्छ । तर, कतिपय अवस्थामा शाब्दिक व्याख्याले प्रचलित ऐन, कानून र कानूनी लिखतका भावना र उद्देश्य नसमेट्ने अवस्था भएमा व्याख्याको स्वर्णीम नियमलाई अवलम्बन गर्नुपर्ने । § न्यायको रोहमा कानूनका भावना र उद्देश्य समेट्ने गरी कानूनको सकारात्मक पक्ष, भावना र मर्मलाई भेट्टाउन कानून, फैसला वा आदेशलगायत कानूनी लिखतमा प्रयोग भएका शब्दहरूको समग्र पृष्ठभूमि, भावना र मर्मलाई समेत मनन् गरी शाब्दिक व्याख्याभन्दा पर गई स्वर्णीम व्याख्या (Golden Rule of Interpretation) पनि गर्नुपर्ने । (प्रकरण नं.४) § मुद्दाको अवस्था र परिस्थिति हेरी मुद्दाको अन्तिम टुङ्गो नलागेको अवस्थामा त्यस्तो मुद्दा तामेलीमा राखे पनि आवश्यकता र परिस्थितिअनुसार उक्त तामेली जगाउन सक्ने अभ्यास र प्रचलन रहिआएको अवस्थामा तामेली रहेको विवाद जगाउन नै नसकिने भन्ने देखिएन । अर्थात् मुद्दाको कारवाहीको अवस्था र परिस्थिति हेरी तामेली जगाउन सक्ने । (प्रकरण नं.५) § बिगोको कारवाही सम्पन्न हुन बाँकी नै रहेको अवस्थामा तत्कालीन असहज परिस्थितिको कारण देखाई पक्षले मुलतवी राखिपाऊँ भनी निवेदन दिएको अवस्थामा तहसीलदारबाट तामेली आदेश भएकै आधारमा मात्र उक्त तामेली शब्दको प्रयोग भएको एकमात्र कारणले बिगोको कारवाही सम्पन्न भएको भन्ने अर्थ गरी तामेली जगाउन नमिल्ने भन्ने अवस्था नदेखिने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू नागेन्द्र यादव र वीरेन्द्रप्रसाद साह विपक्षीतर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, दण्ड सजायको ५२ नं. § अंशबण्डाको ३२ नं. आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी रामभजन राय यादव वादी भै म निवेदक विरुद्ध दायर गर्नु भएको २०५६ सालको दे.नं. १५९६ को