निर्णय नं. ३४५६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४५६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०४/११ २४७९ निर्णय नं. ३४५६ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं.१५४३ आदेश भएको मिति : २०४५।४।११।३ मा निवेदक : जि.रुपन्देही एकला गा.पं.वा.नं.५ बस्ने फुलमती बाहुनी विरुद्ध विपक्षी : ऐ.वा.नं.२ बस्ने झगरु तेली मा.पो.का. रुपन्देही जि.का.रुपन्देही विषय : उत्प्रेषण (१) निखन्न दिनु पर्नेले निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिन पर्ने कुरा देखिन आए ३५ दिनभित्र नालिश गर्नु भनी सुनाई दिनु पर्ने । (प्रकरण नं. १०) (२) सन्धिसर्पन नपर्ने भनी निखन्न दिनु नपर्ने कारण देखाई प्रतिवाद गरेको अवस्थामा सन्धिसर्पन पर्ने नपर्ने कुरामा प्रमाण बुझी निर्णय गर्नुपर्ने देखिन आएपछि नालेश गर्नु भनी सुनाउनु पर्नेमा अधिकारक्षेत्र ग्रहण गरी विवादीत जग्गा निखनाई लिन पाउने भनी ठहर गरेको निर्णयलाई बदर गरेको जि.का.को पुनरावेदन निर्णय विद्यमान कानुनसंगत रहेछ भनी मान्न नमिल्ने । (प्रकरण नं. १०) निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री भरतबहादुर कार्की विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. हर्षित तेलीनले मबाट रु.२००।– लिई ०३४।९।२० मा घरसारको राजीनामा गरी निजको हक भोगको जि.रुपन्देही एकला गा.पं.वडा नं.२ (क) कि.नं.३७२ को ज.वि.०–५–१५ जग्गा हक हस्तान्तरण गर्नुभएको २०३५ सालमा निज दाताको मृत्यु हुँदा निजको देवर नाता पर्ने टाँसी तरलीलाई रजिष्ट्रेशन पास गरिदिनोस भन्दा पास गरी नदिएको कानुनको म्यादभित्र लिखित पासको लागि रुपन्देही जि.अ.मा फिराद दायर गरी २०४०।३।७ मा लिखित पास हुने ठहर हुँदा र.नं.२३५२ मिति ०४२।९।२२ मा लिखत पास भयो टासी तेलीले प्रतिवाद गरे पश्चात नै मृत्यु हुँदा भागरु तेलीले मुद्दा सकारी पूर्पक्ष गरेको थियो । ३. लिखत पास भएपछि भगरुले हकवाला सन्धिसर्पन पर्ने भनी लेनदेन व्यवहारको ११ नं.बमोजिम जग्गा निखनाई पाउन मा.पो.का.मा मेरो विरुद्ध निवेदन दिनु भएकोमा प्रतिवाद गरेका थिए । राजीनामा अनुसारको जग्गा र निवेदकको जग्गाको साँध जोडिएको, नाता सम्बन्धमा विवाद नदेखिएको सबूद प्रमाण बुझ्न आवश्यक नरहेको भनी र.नं.२३५२ को मेरो जग्गा विपक्षीले निखनाई लिन पाउने भनी मा.पो.का.बाट २०४३।११।१७ मा निर्णय हुँदा सो निर्णयउपर जि.का.मा पुनरावेदन गरेकोमा शुरु निर्णय नै सदर गरिएको छ । निखन्ने विषयमा इन्कारी प्रतिवाद पर्न आएकोमा प्रमाण बुझी इन्साफ गर्ने अधिकार मा.पो.का.लाई प्राप्त छैन सन्धिसर्पन पर्ने हो वा होइन भन्ने विषयमा निक्र्योल नभई निखन्न पाउने ठहर गर्नु रजिष्ट्रेशनको महलको ३५(२) को प्रत्यक्ष प्रतिकूल रहन गएको छ । साँध जोडिएको हो होइन भन्ने विषयमा निरोपण गर्ने अधिकार मा.पो.का.को होइन साथै साँध जोडिएकै आधारमा या नाताले सन्धिसर्पन परेको मान्न पनि मिल्ने होइन यि विपक्षी नै लिखत पास मुद्दामा प्रतिवादी भएका, विवादीत जग्गा निजकै नाउँमा दा.खा.भई मेरै नाउँ २०४२।४।२४ मा नामसारी भएको अवस्थामा निजैले उक्त जग्गा निखनाई लिन र निखन्न दिन कानुनसंगत हुँदैन विपक्षीको मा.पो.का.मा निखाई पाउँ भ