निर्णय नं. ३४५८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४५८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०४/२७ २५१७ निर्णय नं. ३४५८ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रि.नं.२४७३ आदेश भएको मिति : २०४५।४।२७।५ मा निवेदक : प्रहरी पहरा गण त्रिपुरेश्वर काठमाडौं बस्ने लालबहादुर सुनुवारको छोरा वर्ष ३४ को प्र.ह.रामकुमार सुनुवार विरुद्ध विपक्षी : प्रहरी नायव महानिरीक्षक, इन्द्रबहादुर शेरचन प्र.का.रानी विराटनगरसमेत विषय : उत्प्रेषण (१) प्रहरी नियमावली, २०३३ को नियम ९.४ मा उल्लिखित अभियोगमा त्यस्तो अभियोग गर्ने कर्मचारीको दर्जा वा तलव घटाउन सक्ने सजायँ गर्न सकिने व्यवस्था भएको पाइने, नियम ९.४ को अभियोगमा ९.१ को देहायमा उल्लिखित सजायँ गर्न सकिने व्यवस्था प्रहरी नियमावलीमा नपाइने । (प्रकरण नं. १२) (२) नियम ९.१ मा उल्लिखित कुनै पनि सजायँँ गर्नलाई नियम ९.५ को अभियोग खुलाई ऐ.नियमावलीको नियम ९.६ को कार्यविधि अपनाई अभियोग स्पष्ट खुलाई अभियोग लगाइएको कर्मचारीलाई सफाईको सबूद पेश गर्न स्पष्टीकरण माग गर्नुपर्ने स्पष्ट व्यवस्था भएको पाइने । (प्रकरण नं. १२) (३) एउटा अभियोग लगाई त्यसमा सफाईको सबूद पेश गर्न स्पष्टीकरण माग गरी अर्को अभियोगमा सजायँ गर्नु कानुन विपरीत हुन जाने । (प्रकरण नं. १२) (४) प्रहरी नियमावलीको नियम ९.१ को देहायमा उल्लिखित कुनै पनि सजायँ गर्दा उचित र पर्याप्त कारण हुनुपर्ने । (प्रकरण नं. १२) (५) खटाइएको ड्यूटीमा नरहेको तथा गाउँका केटीहरुलाई सिनेमा हेर्ने फ्रि पास मिलाई दिएको भन्ने जस्तो अभियोग नोकरीबाट बर्खास्त गर्नका लागि उचित र पर्याप्त कारण भन्न नसकिने अर्थात न्यायोचित हुन नआउने । (प्रकरण नं. १२) निवेदकतर्फवाट : विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. म निवेदक प्रहरी जवानको पदमा मिति ०३६।१२।२२ मा स्थायी नियुक्ति पाई तत्पश्चात विभिन्न कार्यालयहरुमा सेवा गरी मिति २०४०।८।४ देखि प्रहरी हवल्दार पदमा बढुवा भई जि.प्र.का.इनरुवा सुनसरी अन्तर्गत प्रहरी थाना इटहरीमा कार्यरत थिएँ । यसैबीच तपाईले प्रहरी नियमावलीको परिच्छेद ९ को दफा ९.५ को देहाय (ग) (ङ) को विपरीत गरेको भन्ने प्रहरी थाना इटहरीको पत्रबाट देखिन आएकोले माग भई आएबमोजिम प्रहरी नियम परिच्छेद ९.५ बमोजिम किन कारवाही नगर्ने ? नगर्नु पर्ने ठोस कारण भए २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्नु भन्ने व्यहोराको मति ०४३।३।२७ को जि.प्र.का.सुनसरीको पत्र प्राप्त भएपछि मैले लापरवाही गरेको हैन, ड्यूटी छोडेको तथा कुटपिट समेत गरेको होइन र थानेदारको नाउँमा कीर्ते चिठ्ठी लेखेको समेत होइन भन्ने व्यहोराको स्पष्टीकरण मिति २०४३।३।२८ मा दिएको थिएँ । पुनः कोशी अञ्चल प्रहरी कार्यालयले मिति २०४३।४।५।१ मा प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को ९.४ अनुसार किन कारवाही नगर्ने भन्ने व्यहोराको र मिति २०४३।४।२८ मा तपाई उपर प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.१ को खण्ड (च) अनुसार किन कारवाही नगर्ने २४ घण्टाभित्र सन्तोषजनक स्पष्टीकरण पेश गर्नु होला भन्ने व्यहोराको पत्र मलाई दिएकोमा साँचो सत्य व्यहोरा उल्लेख गरी उक्त दुवै पत्रको स्पष्टीकरण दिएको थ