निर्णय नं. ३४५९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४५९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०४/२० २६४७ निर्णय नं. ३४५९ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. २१४२ आदेश भएको मिति : २०४५।४।२०।५ निवेदक : रौतहट मिठुआवा गा.पं.वा.नं.४ बस्ने चक्रपाणी द्विवेदी विरुद्ध विपक्षी : विशेष प्रहरी अधिकृत प्र.जि.अ., जि.का.वारा, कलैयासमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) कुनै पनि व्यक्तिको हक हितमा असर पर्ने गरी निर्णय गर्दा निर्णय गर्ने अधिकारी आफैंले सफाईको मौका समेत प्रदान गरी आवश्यक सबूद प्रमाण बुझी सो को मूल्यांकन समेत गरी निर्णयमा पुग्नु पर्ने अनिवार्य हुने । (प्रकरण नं. ११) (२) नोकरीबाट बर्खास्त गर्ने निर्णय गर्दा अर्धन्यायिक निर्णय गर्न पाउने अधिकारीले आफूले निर्णय नगरी निम्नस्तरका कर्मचारीबाट उठाइएको टिप्पणीलाई सदर गरी गरेको निर्णय न्यायिक सिद्धान्त एवं प्रतिपादित सिद्धान्तको प्रतिकूल भई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लिखित मुद्दा : निवेदक पद्यबहादुर बुढाथोकी विरुद जि.प्र.का.ओखलढुंगा समेत भएको रिट निवेदन (नं. १४४२) मा सिद्धान्त प्रतिपादित । रिट निवेदक शिवनारायण सिंह विरुद्ध अञ्चलाधीश, विशेष प्रहरी अधिकृत नारायणी अञ्चलाधीशको कार्यालय समेत भएको रिट निवेदनमा यस अदालत डिभिजनबेञ्बाट सिद्धान्त प्रतिपादित । आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्र्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. रा.प.अं. तेश्रो श्रेणी (प्रा.) मा २०२४ सालमा नियुक्ति पाई श्री ५ को सरकारको सेवामा प्रवेश गरी ०३२।३।२५ मा रेन्जर पद रा.प.अं.प्र.(प्रा.) श्रेणीमा अस्थायी बढुवा पाई ०३३।३।३१ को निर्णयले सो पदमा स्थायी सेवा गर्दै आएकोमा ०३६ साल कार्तिक महीनादेखि वीरगंज वन डिभिजनको मधुवन रेन्जमा सरुवा भई इमान्दारीपूर्वक काम गर्दै आएको रिट निवेदकालाई विपक्षी नं. २ बाट मिति ०३८।९।१ मा पहिलो स्पष्टीकरण तथा मिति ०३९।१०।१३ मा सजायँ समेत प्रस्तावित गरी दोस्रो स्पष्टीकरण सोधिएकोमा आफू निर्दोष रहेको कुरा सप्रमाण उल्लेख गर्दै प्रस्तावित सजायँ हुनु नपर्ने भन्ने स्पष्टीकरण पेश गरेकोमा विपक्षी १नं.बाट मिति ०३६।१२।१३ मा बयान समेत गराइयो । मेरो स्पष्टीकरण र निर्दोषिताको आधार प्रमाणतर्फको कुनै ध्यान नदिई विपक्षी नं. १ को पूर्वाग्रही प्रतिवेदनबाट प्रभावित भई विपक्षी नं. २ को मिति ०४०।३।५।१ को नोकरीबाट हटाइएको सूचनाप्रत्र प्राप्त भयो । जसमा तपाई समेत भएको मधुवन रेन्जमा रुपैयाँ लिन लगाई लकडी छाडी भ्रष्टाचार गरेको ठहरेकोले भ्र.नि.ऐन, ०१७ को दफा २०(१) ले दिएको अधिकार प्रयोग गरी नि.से.नि, २०२१ को परिच्छेद १० को नियम १(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरीने गरी नोकरीबाट हटाई दिने गरी ०४०।३।२ मा निर्णय भएको भन्ने समेत उल्लेख भएकोले सो निर्णयमा चित्त नबुझी साह्रै अन्यायमा परी म्यादभित्रै विपक्षी नं. ३ मा पुनरावेदन गरेकोमा उक्त निर्णय मनासिब ठहर्‍याई मिति ०४३।३।१२ मा निर्णय भएको भन्ने विपक्षी नं. २ को मिति