निर्णय नं. ८४६९ - जवर्जस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४६९ - जवर्जस्ती करणी । भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६७/०१/२९ ६७६७ निर्णय नं.८४६९ ने.का.प २०६७ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री अवधेशकुमार यादव २०६४ – CR – ०००६ फैसला मितिः २०६७।१।२९।४ मुद्दाः जवर्जस्ती करणी । पुनरावेदक वादीः कालुरामको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.सुनसरी इनरुवा नगरपालिका वार्ड नं. २ बस्ने सरोज हिङमाङ समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री फणिन्द्रदत्त शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की मा.न्या. श्री सुरेन्द्रवीर सिँह बस्न्यात § जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्ने । § प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्ने । § पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाई, पीडिताको शारीरिक परीक्षण अनुसन्धान अधिकारीसमक्ष कसूरमा एकआपसमा पोल गरी गरेको साविती बयान लगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दावीबाट सफाई दिदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुनजाने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता राजन अधिकारी, विद्वान अधिवक्ता रामकुमार राई र विद्वान अधिवक्ता द्रोण दाहाल अवलम्बित नजीरः नेकाप २०६३, अङ्क १० नि.नं. ७७७२ पृ. १२९४ सम्बद्ध कानूनः जबरजस्ती करणीको महलको ३(३), ३क, १० नं. प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) फैसला न्या.अवधेशकुमार यादवः यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४ अंक ९ नि.नं. ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम जाहेरवाला पीडितको नाम परिवर्तन गरी निजको वास्तविक नाम सिलवन्दी गरी मिसिल सामेल गरिएको छ । सो सिलवन्दी खाम फैसलाको अभिन्न अंग मानी अ.वं. २१ नं. बमोजिम तायदाती फारामको १ नं. कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नु । न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्र भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– जिल्ला सुनसरी इनरुवा नगरपालिका वार्ड नं. २ स्थित पूर्व शंकरपुर शाखा नहर, पश्चिम धनपति ढकालको जग्गा, उत्तर विष्णुप्रसाद कोइरालाको खाली जग्गा, दक्षिण हिराबहादुरको खाली जग्गा यति चार किल्लाभित्र रहेको सानो टवाइलेट रहेको, सो नजिक धान काटेको स्थानमा केही धानको परालहरू रहेको, धानका ठोसहरू सबै माडिएको, वरिपरिको झार हेर्दा धेरै संघर्ष गरेको जस्तो ५।६ जना मानिसहरू हिंडेको जस्तो पाइलाहरू देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । पीडित उमाकुमारीका छाती तथा शरीरमा तसारिएको, हाईमन च्यातिएको (Bilaterally multiple bruises present on breasts,vulva-5 mm tear on posterior ,Hymen-Brush & small area of abrasion (2-3mm)Hyman torn) भन्ने समेत व्यहोराको बी.पी. कोईराला स्वास्थ्य