निर्णय नं. ३४६० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६० - अंश भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०४/०९ २५८३ निर्णय नं. ३४६० ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ५५९,७०८ फैसला भएको मिति : २०४५।४।९।१ पुनरावेदक प्रतिवादी : काभ्रेपलान्चोक कोलाती गा.पं.वा.नं.७ बस्ने रोहिणीराज उप्रेती विरुद्ध विपक्षी वादी : ऐ.ऐ.बस्ने भिष्मकुमारी उप्रेती पुनरावेदक वादी : जि.काभ्रेपलान्चोक कौलाती गा.पं.वा.नं.७ बस्ने भिष्मकुमारी उप्रेती विरुद्ध विपक्षी वादी : ऐ.ऐ.बस्ने रोहिणीराज उप्रेतीसमेत मुद्दा : अंश (१) बण्डापत्रमा अंश भाग लागेको जग्गाहरु माल अड्डाबाट दाखिल खारेज, दर्ता फुटेको देखिन नआएकोले व्यवहार प्रमाणबाट अंश दिए लिएको भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) पारित बण्डापत्र र व्यवहार प्रमाणबाट अंश दिए पाएको सबूदको अभाव भएको र यसका अतिरिक्त मागिएका तायदातीमा पनि वादीले आफ्नो नाममा केही नभएको भनी तायदाती दिएकोबाट निज वादीको नाममा सम्पत्ति रहे भएको भन्न मिल्ने अवस्था नदेखिँदा अंश दिए लिएको भन्ने प्रतिवादी जिकिर मनासिब देखिन नआउने । (प्रकरण नं. १४) (३) वादीको पति बेपत्ता भएकोमा विवाद नदेखिएपछि त्यस्तो बेपत्ता भएको लोग्नेको अंश वादीले पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फवाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा निर्णय यसप्रकार छ । २. मेरो पति ००९ सालदेखि नै बेपत्ता भएको, ससुरा कृष्णप्रसाद परलोक भएको, जेठाजुले २०२८ सालमा मलाई मेरो लोग्नेको केही अंश दिई पन्छाउन खोजेको र डोरमा अंशियार यति छौ भन्ने कागजमा सही गराएका थिए, के कागजमा सही गराए थाहा छैन, ०३७।१२।५ मा ज्यादै हेला गरेकाले गोठमा बसी आएको समेतबाट ३ खण्डको १ खण्ड मेरा लोग्नेले पाउने अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. २०२८।१०।१५ मा विपक्षीले अंश माग गरेकाले सो दिन निजलाई जग्गा, गाईबस्तु श्रीसम्पती निजले अंश बुझेको भर्पाई गरिदिएकै छ सो भर्पाईमा निजको सहोदर भाइ पनि साक्षी बसेका छन्, सो पतीको भागको निजले पाएको जग्गा भोग चलन, तिरोतिरान पनि निजले गर्दै आएको र पञ्चायत लगतमा सोही बमोजिम दर्ता भएको, आफ्नो भागको कतिपय जग्गा तिनले बिक्री पनि गरेको छ, तसर्थ पुनः अंश दिनुपर्ने नहुँदा झूठा दावीबाट फूर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. २०२८।१०।१५ को लिखत भर्पाई मलाई झुक्याई गराएको हो मैले अंश बुझाई भर्पाई गरिदिएको होइन भन्ने समेत वादीको बयान । ५. वादीलाई हामीले झुक्याई कागज गराएको होइन अंश बुझी भरपाई गरिदिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी भोलानाथको बयान । ६. वादीलाई झुक्याई कागज गराइएको भए सोतर्फ उजूर गर्नु पर्नेमा गर्न नसकेको, सो लिखतमा भएको जग्गा वादीका नाउँमा पञ्चायत लगतमा दर्ता भएको र ०३१ सालमा तिरो तिरान गरेको मिसिलबाट देखिँदा जालसाजी लिखत खडा गरेको भन्ने दावी पुग्न सक्दैन, अंशतर्फ वादीले ०३७।२।१२ मा ठूली तामाङनीलाई कि.नं.४२५ को जग्गा राजीनामा गरिदिएको र लिखतको कैफियतमा मेरो जग्गा भन्ने उल्लेख गरेको देखिँदा बण्डापत्र रजिष्ट्रेशन नभए पनि व्यवहार प्रमाणबाट अंशबण्डाको ३० नं.बमोजिम