निर्णय नं. ८४७० - अंश दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४७० - अंश दर्ता । भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६७/०२/२३ ४९४६ निर्णय नं.८४७० ने.का.प २०६७ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको दे.पु.नं. ९०२४ फैसला मितिः २०६७।२।२३।१ मुद्दा : अंश दर्ता । पुनरावेदक वादीः जिल्ला धनुषा तारापट्टी सिरसिया गा.वि.स. वडा नं. ६ मा बस्ने संझादेवी सुडिन विरुद्ध जिल्ला धनुषा तारापट्टी सिरसिया गा.वि.स. वडा नं. ६ मा बस्ने सुन्नैरदेवी सुडिन समेत शुरु फैसला गर्नेः धनुषा जिल्ला अदालत मा.जि.न्या. श्री शम्भुराम कार्की पुनरावेदन फैसला गर्ने : मा.मु.न्या. श्री बद्रीकुमार बस्नेत मा.न्या. श्री अली अकबर मिकरानी § अंश माग गर्दै फिराद लिएर आउने पक्षले नै अघिल्लो अंश मुद्दामा मुद्दा सकार गरी सोही हैसियतले पुनरावेदन समेत गरेको पाइन्छ भने दोस्रो अंश मुद्दामा स्वयम् नै पक्ष कायम भएको देखिन्छ । ती दुबै अंश मुद्दामा स्वयम् नै पक्ष कायम भएको देखिन्छ । ती दुबै अंश मुद्दामध्ये पहिलो मुद्दामा यस मुद्दाकी वादी संझादेवीको हैसियत वादी नै कायम भएको छ । निजका छोराहरू निजबाटै अंश हक पाउने व्यक्ति हुन् । सो अन्तिम निर्णयबाट अंश हक सम्पत्तिको छिनोफानो भइसकेको स्थितिमा पुनः वादी नै बनी प्रतिवादीबाट तायदाती लिई अंश पाऊँ भन्ने वादी दावी उही पक्ष विपक्षबीच उही अदालतमा उही विषयमा परेको मुद्दा मान्नुपर्ने स्थितिमा अ.वं. ८५ लाग्ने । (प्रकरण नं.४) § नजीर प्रयोग हुन तथ्य र विषयवस्तुमा समानताको आवश्यकता पर्ने । (प्रकरण नं.५) § पूर्व मुद्दामा वादीका पति पिताले पाउने ठहरेको सम्पत्ति किटान गरी सो माग प्रतिवादी पक्ष समेतसँग गर्न र निजहरूले इन्कार गरेमा अदालत प्रवेश गर्न यी वादीहरू सदैव सक्षम छन् । अंश हक प्राप्त नगरेसम्म समाप्त नहुने । § दण्ड सजायको ४६(१) नं. मा व्यवस्थित हदम्याद सो मुद्दामा भएको फैसला कार्यान्वयन गर्ने समयसीमा मात्र हो । अंश मुद्दामा अन्तिम फैसला भएको शुरु दुई र थप एक वर्ष समेत तीन वर्षपछि सो फैसला कार्यान्वयनको लागि दरखास्त लिन र अड्डाबाट बण्डा छुट्याई दिन मात्र दण्ड सजायको ४६(१) नं. ले निषेध गरेको हो । यस कानूनले सो अवधिपछि पाउने ठहरेको अंश हक लोप नै हुन्छ, समाप्त नै हुन्छ भनेको होइन । के कुन सम्पत्ति सो अंश मुद्दाको फैसलाबाट प्राप्त भयो सो विवरण खोली हक कायम दर्ता नामसारी जस्ता कानूनी प्रक्रिया अवलम्बन गर्न अदालतको अन्तिम फैसलाबाट अंश हक प्राप्त गर्ने पक्षलाई कानूनी मार्ग नै बन्द गरिएको अर्थमा दण्ड सजायको ४६(१) नं. लाई ग्रहण गरिन नहुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री गोपी शर्मा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रामजीप्रसाद मैनाली अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत जनकपुरबाट मिति २०६०।१२।४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :— मूल पुरुष जिया साहका चार छोरामा जेठो श्रीचन साह माहिलो राम खेलावन साह साहिलो वासुदेव साह तथा कान्छो विशेश्वर साह भएकामा श्रीचन रामखेलावन र वासुदेवको मृत्यु भै सक्यो । हामी फिरादीहरू जेठो श्रीचन साहको तीन छोराहरू छौँ, जसमा जेठो देवशरण साह, माहिलो म देवकिशोर साह र कान्छो विज