निर्णय नं. ८४८३ - अंश चलन समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४८३ - अंश चलन समेत भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०१/२९ ८०७३ निर्णय नं. ८४८३ ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् ०६३–CI–७९३ फैसला मितिः २०६७।१।२९ मुद्दाः– अंश चलन समेत । पुनरावेदक/प्रतिवादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं. ३४ शान्तिनगर वस्ने केदार मिश्रको श्रीमती वर्ष ५६ की मखमली मिश्र समेत विरुद्ध प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ वस्ने लक्ष्मीकुमारी मिश्र (श्रेष्ठ) शुरु फैसला गर्ने काठमाडौं जिल्ला अदालतः मा.जि.न्या.श्री हरिवंश त्रिपाठी पुनरावेदन फैसला गर्ने पुनरावेदन अदालत, पाटनः मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती मा.न्या. श्री जनार्दनबहादुर खड्का § मतदाता नामावली कुनै निर्वाचनमा भाग लिन कानूनले मतदाता हुनसक्ने व्यक्तिहरूको नाम संकलन गरिएको र निर्वाचन प्रयोजनमा मात्र प्रयोग हुनसक्ने मतदाताहरूको नामको आधिकारिक सूची हो । सो सूचीलाई मतदान गर्ने प्रयोजनको लागि अन्तिम प्रमाणको रुपमा लिन मिल्ने भएपनि सोलाई अथवा त्यसमा जनिएको कुनै व्यहोरालाई कसैको अंश हक कायम गर्न वा सो सूचीमा नजनिएको व्यहोराबाट कसैको अंश हक समाप्त भएको मान्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न नसकिने । § मतदाता नामावलीमा जनिएको अन्य कुनै व्यहोराले कसैको उमेर, नाता आदिलाई विवादरहित र निश्चयात्मक रुपमा स्थापित र प्रमाणित गर्ने निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । § कानूनले जुन उद्देश्य र प्रयोजनको लागि जे जो प्रमाणपत्र वा सूची अधिकारप्राप्त अधिकारीबाट जारी गरिएको हुन्छ सो प्रमाणपत्र वा सूचीलाई सो उद्देश्यवाहेक अन्य उद्देश्य वा प्रयोजनमा सहायक प्रमाणको रुपमा ग्रहण गर्न सकिने भए पनि आधारभूत र निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न कानूनसंगत नहुने । § अंश मुद्दामा भचष्त तथा सम्बद्ध प्रमाणहरूलाई नै आधार मानी निर्णय गर्नुपर्ने हुन्छ । मतदाता नामावली वा मतदाता परिचयपत्रलाई अंशियार वा नाता प्रमाणपत्रको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.५) § जैविक माता पिता नभएको भनी डी.एन.ए. परीक्षण प्रतिवेदन प्राप्त भएको अवस्थामा तथा सो परीक्षण गर्ने विशेषज्ञले आफ्नो परीक्षण र प्रतिवेदनको आधिकारिकता एवं यथार्थता (Accuracy) को सम्बन्धमा अदालतमा साक्षीसरह बकपत्र गरी दिएको अवस्थामा सो वकपत्र जिरहको माध्यमद्वारा अन्यथा देखिन नआए अदालतले त्यस्तो वैज्ञानिक परीक्षण प्रतिवेदनलाई अमान्य गर्ने कानूनी आधार नदेखिने । § जिरह समेतबाट अन्यथा देखिन नआएको विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतले प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो हालसम्मको सर्वमान्य DNA जस्तो वैज्ञानिक परीक्षणको आधारमा विशेषज्ञले दिएको रायलाई त्यस्तै वैज्ञानिक परीक्षण गर्ने विशेषज्ञको अन्यथा राय भएमा मात्र खण्डन गर्न सकिने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री युवराज भण्डारी प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री शम्भु थापा श्री शालिकराम पाण्डे अवलम्वित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा २३(४), २६ फैसला न्या.रामकुमार प्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६३।३।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को ख