निर्णय नं. ३४६१ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६१ - जग्गा खिचोला भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/१९ २४९५ निर्णय नं. ३४६१ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको दे.पु.नं. ५३९ फैसला भएको मिति : २०४५।३।१९।१ पुनरावेदक प्रतिवादी : का.न.पं.वार्ड नं. ११ को हाल १७ क्षेत्रपाटी धोवीचौर निवासी वर्ष ६४ को रत्नलाल धोविसमेत विरुद्ध विपक्षी वादी : ऐ.ऐ.निवासी विष्णुकान्त मैनाली मुद्दा : जग्गा खिचोला (१) वादीले घर जग्गा किनी घर जग्गाको वरिपरि पर्खाल बनाई २०१८ सालदेखि भोगचलन गरेको कुरालाई अहिले आएर वादीको जग्गा बढी भएको वा क्षे.अ.ले दावी भन्दा बढी हुने गरी फैसला गरेको इन्साफ मिलेन भन्ने कुरा तर्कसंगत नदेखिने । (प्रकरण नं. १६) (२) लिखतमा कुनै विवाद नगरी लिखतमा लेखिएको तथ्यहरुलाई स्वीकार गरी सकेपछि वादीले लिखतकै आधारमा आफ्नो जग्गा भित्र पारी पर्खाल लगाएको र ९।१० वर्ष पछि आएर पर्खालमा प्रतिवादीले खिचोला गरेको देखिँदा क्षेत्रीय अदालतले प्रतिवादीले वादीको जग्गामा खिचोला गरेको ठहर्याएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफउपर रतनलाल धोवी समेतको पर्न आएको निवेदनमा यस अदालतको मिति २०४३।४।२९।४ मा पुनरावेदनको अनुमति पाई दर्ता भई यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. भैरवदेवीले मबाट रु.९९९९।– लिई ०१९ साल पौष १६ गते मलाई फार्छे गरिदिई मेरो हक भोगचलनको घरजग्गा हो । हरिगोपाल रत्नलाल समेतको बीचमा भएको बण्डापत्रमा जनकलालको नाउँको उत्तर १७९७ को पोता लगतमा दर्ता भएको पोता रु.।४ लागेको पूर्व रैकर, पश्चिम ग्यानुबाबु साहेबको पर्खाल, उत्तर राइना धोवीको घर, दक्षिण धारापाटी यति ४ किल्लाभित्रको इपीखेल रोपनी चारआना जग्गा र सो जग्गामा बनेको पूर्व मोहडा उत्तर दक्षिण ल.को २ नाले, ३ कवले, २ तले पक्कि गारो, झिंगटी छाना भएको घर र सो घरले चर्चेको लगापात समेतको घर भन्ने उल्लेख भएको छ र सोही घर जग्गा अंशबाट हक हुने गरी गोपालको नाउँमा २२७५ नै दर्ता भई पटक–पटक वंधकी र त्यसपछि फार्छे दुबैलाई मैले खरीद गरिलिएको र उक्त ४ किल्लाभित्रको घरजग्गा चारैतिर पर्खालले घेरिएको कम्पाउण्ड भित्रको घरजग्गा भोगचलन गरी आई उक्त कम्पाउण्ड भित्रको आफ्नै जग्गामा घरदेखि दक्षिण २८ फूट टाढामा चर्पी बनाउँन नक्शा पासको लागि दर्खास्त दिएकोमा विपक्षीहरुले दुःख दिने नियतले उजूर गरी का.न.पं.बाट भएको फैसला उपर पुनरावेदन परी नगर सभाले नक्शा बमोजिम आफ्नो जग्गामा चर्पी बनाउन नक्शा पास गरिदिने ठहर्याएको फैसला उपर पनि विपक्षीहरुको श्री स.अ.मा रिट निवेदन परेकोमा हक बेहकमा अदालतबाट निरोपण गराई आएपछि ठहरे बमोजिम हुनेछ भनी पर्चा गरी हक बेहकमा जानु भनी पक्षहरुलाई सुनाउनु पर्नेमा नसुनाई नक्शा पास गर्ने गरेको का.न.पं.सभाको ०३८।१२।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराई श्री सर्वोच्च अदालतबाट आदेश भइरहेकोमा मेरो कम्पाउण्ड भित्रको घर जग्गामा आउन जानलाई राखेको ढोका मैले बन्द गरी घरमा रहेको अवस्थामा मेरो इजाजत बेगर जबरजस्ती खोली ०३० साल कार्तिक २० गते मेरो घर कम्पाउण्ड दक्षिणतर्फको १ आना जग्गामा खिचोला गर्न आई प्रचलित मोल रु.२०० पर्ने उक्