निर्णय नं. ३४६२ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४६२ - लिखत दर्ता बदर भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०५/२७ २७९४ निर्णय नं. ३४६२ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ५३९ फैसला भएको मिति : २०४५।५।२७।२ पुनरावेदकवादी : जिल्ला मोरङ हरैचा गा.पं.वा.नं.९ बस्ने बाबुराम थापासमेत विरुद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला मोरङ हरैचा गा.पं.वा.नं.९ बस्ने हस्तबहादुर थापासमेत मुद्दा : लिखत दर्ता बदर (१) सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पर्याप्त नहुने । (प्रकरण नं. १२) (२) मुलुकी ऐन अंशबण्डा महलको १८ नं.बमोजिम मानो नछुट्टिई संग बसेका अंशियारमध्ये जुनसुकैले पनि सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सवैको भाग लाग्ने त्यस्तो सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म एकाघर अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहे तापनि सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्ने । (प्रकरण नं. १२) (३) अंशबण्डाको १९ (२) नं. ले आफ्ना पालामा आर्जेको चलअचल सवै एक स्वास्नी वा एकै स्वास्नीपट्टिका छोरा मात्र भएको मानिसले आफ्नो खुसी गर्न पाउने भनी पुरुषलाई मात्र बुझाएको देखिने । (प्रकरण नं. १२) (४) निजी आर्जनको सम्पत्ति हुन लिखतको अतिरिक्त त्यस्तै रुपले व्यवहार प्रमाणबाट पनि स्पष्ट देखिन पर्ने । (प्रकरण नं. १२) वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अजुपराज शर्मा उल्लिखित मुद्दा : मदन मिश्र विरुद्ध रामेश्वर मिश्र भएको दे.पु.नं. ५७९ को लिखत बदर हक कायम मुद्धामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट सिद्धान्त प्रतिपादित (ने.का.प. ०४२, पृ. ५१७, नि.नं.२३८१) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ । २. विपक्षी मध्येका हस्तबहादुर तथा ठाकुर कुमारी हामीहरुका सगोलका बाबु आमा हुनुहुन्छ । हामीहरु स्कूलमा पढ्ने हुँदा मोरङ विराटनगर न.पं.वार्ड नं. २ मा डेरा गरी पढ्ने गरेका थियौं । मोरङ हरैचा गा.पं.वार्ड नं. ९ (ख) कि.नं.१८९ को ३–०–० जग्गा आमा ठाकुर कुमारीका नाममा दर्ता कायम राखी हामी ३ भाइ छोरा र बाबु आमा सगोलमै बसी उक्त जग्गाको आयस्ता सगोलबाटै खाई भोगी आएका थियौं । हामी बिराटनगरमा पढ्न बसेको मौका पारी उल्लिखित समयमै जग्गाको थैली रु.९०,०००।– राखी ऋणी ठाकुर कुमारी धनी विपक्षी मध्येको देवराज, ठाकुर कुमारीको वतन पनि धरान न.पं.वार्ड नं. ९ लेखी साक्षी सनाखतमा विपक्षी हस्तबहादुर बसी राजीनामा खडा गरी मालपोत कार्यालय मोरङबाट ०४१।१।५ गते राजीनामा रजिष्ट्रेशन पारित गरिदिनु भएछ । सो कुरा गाउँघरका मानिसले भनेकोले ०४१।७।२८ गते मालपोत कार्यालयबाट नक्कल सारी लिंदा थाहा भयो । त्यसरी हामीहरुको मन्जुरी बेगर हामी ३ भाइ छोराको अंश मेट्ने उद्देश्य लिई बिक्री गरेकोले उक्त जग्गाको ५ अंश लाग्ने हुँदा हामीहरुको ३ भाइको भाग लेखत दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. जग्गा राजीनामा गराउँदा विपक्षीका बाबु हस्तबहादुरलाई साक्षीमा राखेको र विपक्षी वादीहरुको दावीको जग्गा वादीहरुको पैतृक सम्पति नभई निजकी आमा ठाकुर कुमारीले ०३०।११।६।१ मा रु.२२,०००। मा चन्द्रकान्त शर्मासंग खरीद गरी लिएकी हुन् यसरी आफ्ना पालामा आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा विपक्षी वादीहरुको आमा र पिताले निजहरुस