निर्णय नं. ८४८५ - आयकर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४८५ - आयकर । भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०५/०१ ५०९७ निर्णय नं. ८४८५ ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल संवत् २०६४–CR–०४६१ फैसला मितिः २०६७।५।१।३ मुद्दा : आयकर । निवेदकः ठूला करदाता कार्यालय हरिहरभवन ललितपुरका तर्फबाट ऐ.का प्रमुख कर प्रशासक नवराज भण्डारी विरुद्ध विपक्षीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.४ एकान्तकुना जावालाखेल मा कार्यालय रहेको हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लि.को अधिकारप्राप्त महाप्रवन्धक शिवकुमार शर्मा शुरु फैसला गर्नेः ठूला करदाता शाखा पुनरावेदन फैसला गर्नेः राजस्व न्यायाधिकरण काठमाडौं मा. अध्यक्ष श्री केशरीराज पण्डित राजस्व सदस्य श्री विष्णुप्रसाद नेपाल लेखा सदस्य श्री शिवहरि उपाध्याय § आफूले लिएको जिकीर पुष्टि गर्ने जिम्मेवारी स्वयं करदातालाई हुने हुँदा सो जिकीर पुष्टि गर्ने यथेष्ट प्रमाण गुजार्न नसकेको अवस्थामा केवल रकम जम्मा गरिसकेको भनी भनेकै आधारमा मात्र सो कुरा आफैमा प्रमाणयोग्य नहुने । (प्रकरण नं.२) § रकम बुझाएको रसिद, बील भरपाई आदिको अभावमा कानूनले आय मान्नुपर्ने गरी निर्धारित गरेको कुरालाई अन्यथा गर्न नमिल्ने । (प्रकरण नं.३) § आम्दानी भएको अवस्थामा मात्र लगाइने आयकर, आम्दानी नै नहुँदा वा आम्दानी भएको तथ्य पुष्टि नभईकन निर्धारण गर्नु सिद्धान्ततः नमिल्ने । § आयकर प्रयोजनको लागि सबैभन्दा आधारभूत तथ्य कुनै पनि व्यक्तिले कारोबार गरी उक्त कारोबारबाट आय गरेको देखिनु पर्ने । (प्रकरण नं.५) § भाडाबापत रकम प्राप्त गरेको भए पहिले सो पक्षहरूको बीच भएको सम्झौता पत्रमा उल्लेख भै मासिक वा वार्षिक रुपमा के कति रकम प्राप्त हुने हो सो समेत खुलेको हुनुपर्ने । § आयकर प्रयोजनको लागि आय गणना गर्दा आम्दानी भएको ठोस सबूद प्रमाणसहित पुष्टि भएको हुनुपर्दछ । केवल अनुमानको भरमा वस्तुनिष्ठा प्रमाणको अभावमै आम्दानी गर्‍यो भनी कर लगाउनु न्यायोचित नहुने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेशकुमार थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री मुरलीप्रसाद शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ५९(१), (२) र २७ आदेश न्या.कल्याण श्रेष्ठः राजस्व न्यायाधिकरणको मिति २०६४।२।२८ गतेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(३) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आ.व.०५६।०५७ को आयकर प्रयोजनको लागि खुद आय रु.६,१६,०३,६४०।२८ कायम गरी तत्कालीन कर कार्यालय ललितपुरमा मिति २०५७।१२।२९ मा पेश गरेको स्वयं र निर्धारण विवरण फाराम । पेश भएको आ.व.०५६।०५७ को स्वयंकर निर्धारण विवरण आयकर ऐन, २०३१ को दफा ३३क(२) बमोजिम छानबीन गर्न तपसीलका विवरणहरू १५ दिनभित्र पेश गर्नु होला भनी कर कार्यालय ललितपुरले मिति २०५८।१।१८ मा करदातालाई दिएको सूचना । त्यस लिमिटेडले पेश गरेको आ.व.०५६।०५७ को आय विवरण तथा कारोवार आर्थिक ऐन, २०५८ को अनुसूचि ६ को दफा ४६ र ३८ तथा आयकर ऐन, २०३१ को प्रक्रिया समेत पूरा गरी खुद आय कायम गरी कर निर्धारण गर्ने क्रममा निम्नानुसारको खर्च तथा रकमलाई ऐन तथा नियमावली, २०३९ बमोजिम मिनाहा दिन नमिल्ने भई खुद आयमा समावेश गर्नुपर्ने भएको हुँदा ऐनको दफा ३४(४) को प्रयोजन