निर्णय नं. ३४६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०७/२५ २३५२ निर्णय नं. ३४६४ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १०८३ आदेश भएको मिति : २०४३।७।२५।६ मा निवेदक : जिल्ला सिरहा गा.पं.मफपेश वा.नं.५ मझौरा बस्ने रामदेव यादव विरुद्ध विपक्षी : भूमीसुधार कार्यालय, सप्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोही कायम हुन कबूलियत र बाली बुझाएको दुवै भर्पाईको आवश्यकता पर्ने, कबूलियतले मात्र नहुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल उल्लिखित मुद्दा : सम्वत् २०४२ सालको रिट नं. १६२८ निर्णय मिति ०४३।७।२१।६ को रिट निवेदक महेन्द्रप्रसाद देव वैश्यको रिट निवेदनमा सिद्धान्त प्रतिपादित । ने.का.प. ०४१ निवेदक महेन्द्रनारायण सिंह समेत विपक्षी भूमीसुधार कार्यालय सप्तरी समेत भएको नि.नं.१९४७ को उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनमा यस अदालतबाट मिति २०४१ साल असार १२ गते रोज ३ मा निर्णय भएको । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी भूमिसुधार कार्यालय सप्तरीको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४०।२।२४।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : जि.सप्तरी साविक प्रगन्ना पकरिया मौजे सेहराको जग्गा नं. ५४४,५४५,५४९, ५५१,५६३,५८२ गरी जम्मा ७ कित्ताको जग्गा विगहा २०–८–६ जग्गा म निवेदकले जि.सप्तरी मौजे कोइलाडी बस्ने सरोजदेवीसँग खरीद गरी मिति ०२१।१२।३०।२ मा सप्तरी मालपोत कार्यालयबाट रजिष्ट्रेशन गराई दर्ता दाखिल समेत गराई जोती भोगी तिरी आएकोछु । सर्वे नापी हुँदा उक्त जग्गा गा.पं.रौतहट वार्ड नं. ७ कि.नं.१९५ (क), ६–०–१७ समेत विभिन्न कित्ता नम्बरमा नापी नक्शा भयो । मैले २०२७।८।१ गतेमा लालपूर्जा समेत पाइसकेको छु । मेरा दाता आफैं जोत आवाद गरी भोगी आउनु भएकोले कि.नं.१९५ मा कोही मोही थिएन । म निवेदकले पनि आफ्नै श्रम परिश्रमले जोत आवाद गरी रहेको थिएँ । कि.नं.१९५ को जग्गाधनी प्रमाण पूर्जामा मोहिको महलमा पनि प्रष्टरुपले जो.खा.उल्लेख छ । जि.सप्तरी गा.पं.रौतहट वडा नं.७ हाल कित्ता नं.१९५ को धनहर अवल जग्गा विगहा ६–०–१७ मध्ये उत्तर पश्चिमतर्फको १–१०–० जग्गा २०२९ सालको बालीदेखि मोहीमा कमाउन दिनु भई ०२९।२।१४ मा कबूलियत लेखी अहिलेसम्म मैले मोहीमा कमाउँदै आई निज जग्गाधनीलाई बुझाउनु पर्ने कूत बुझाउँदै आएको छु । भर्पाई पाएको छैन । मोहियानी हकको प्रमाण–पत्र पाउँ भनी ०३६ साल माघमा विपक्षी जुगेश्वर मण्डल धानुकले भू.सु. कार्यालय सप्तरीमा निवेदन दिनुभयो । निवेदकले वादी गरेको जग्गा आफ्नो श्रम परिश्रमले नभ्याएकोले जि.सप्तरी गा.पं.रौतहट वडा नं.७ बस्ने दशै खंग समेतलाई मैले ०३० सालमा दोहरी कबूलियत गरी खेत जोत आवाद गर्न दिएको छु । सालसालै निजहरुबाट कूत बाली बुझी भर्पाई गरी दिंदै आएको छ । विपक्षीहरुलाई कहिले पनि यस जग्गाको कबूलियत भर्पाई गरिदिएको छैन । विपक्षीसंग कहिले पनि मैले कूत बाली बुझेको छैन । दावी झुठ्ठा हो मुद्दा खारेज गरिपाउँ भनी मैले भू.सु.का.सप्तरीमा बयान गरें । अधिकारीबा