निर्णय नं. ३४६५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६५ - जालसाजी भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०४/१२ ३३३० निर्णय नं. ३४६५ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.नं. ४५३ फैसला भएको मिति : २०४५।४।१२।४ मा पुनरावेदक वादी : का.न.पं.वार्ड नं. २८, नघल टोल बस्ने रमादेवी राजभण्डारी विरुद्ध विपक्षी प्रतिवादी : का.न.पं.वार्ड नं. २ धोवीचौर बस्ने सुनगाभा गुरुङसेनीसमेत मुद्दा : जालसाजी (१) वादीले अन्य व्यक्तिलाई सो जग्गा दिएको कुरा थाहापाएको नहुँदा लापरवाहीसाथ हदम्याद गुजारेको मान्न नमिल्ने । (प्रकरण नं. १४) (२) समन्यायले अज्ञानको मद्दत गर्दछ, लापरवाहीको होइन, वादीको अज्ञानतालाई नै मध्यनजर राखी नजीर प्रतिपादन भएको यो मुद्दामा उक्त नजीर नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १४) (३) वादीले पास गरी लिएको बकसपत्रको आधार लिएर दावी लिन्छ भने सो बकसपत्र सदर बदर वा निस्क्रिय के हुने हो सो प्रमाणको आधारबाट निरोपण हुने कुरा हो, हकदैया छ छैन भन्ने कानुनी प्रावधानका आधारमा हुने निर्णयका सन्दर्भमा होइन तसर्थ हकदैया छैन भनी भन्न नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदकवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी उल्लिखित मुद्दा : मानबहादुर लिम्बू वि.गजलाल लिम्बू भएको जालसाजी मुद्दामा सर्वोच्च अदालतबाट नि.नं.८१४, ने.का.प. २०३१ मा सिद्धान्त प्रतिपादित । फैसला न्या.हरगोविन्दसिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. विपक्षले टंकेश्वर ताहाचल वडा नं.७ कि.नं. २१३ बाट कित्ताकाट भई कायम भएको कि.नं.३१० को जग्गा रोपनी ७–०–० र कि.नं.३११, ०–३–० र कि.नं.२५२ मध्ये कित्ताकाट भएको कि.नं.५८९ को जग्गा रोपनी ०–६–१ समेत जम्मा जग्गा रोपनी १–०–१ मलाई ०२५।८।२८ मा हालैदेखिको बकसपत्र गरिदिई हक भोग भएको जग्गालाई विपक्ष सुनगाभा गुरुङ्सेनीले विपक्ष लोकभक्त शमशेरलाई छोडपत्र गरिदिएको ०३२।५।१ को पारित लेखतमा उल्लिखित जग्गालाई जालसाजबाट लिनुदिनु गरेकोले मेरो जग्गासम्मको जालसाजी बकसपत्रको आधारमा गरे गराएको सम्पूर्ण कार्य अमान्य हुने गरी जालसाजी गरेकोले विपक्षीहरुलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी रमादेवी राजभण्डारीको मिति ०३८।१०।६।३ को फिरादपत्र । ३. सुनगाभाबाट टंकेश्वर गा.पं.वडा नं.७ (क) कि.नं.२५२, ३११ समेतका जग्गाहरु ०३२।५।१ मा छोडपत्र रजिष्ट्रेशन पारित गराई लिई उसै दिन नामसारी गराई प्रमाण पूर्जा लिई भोगचलन गरी आइरहेकोमा पछि पुष्पदासलाई र इच्छाबहादुर डंगोल समेतका मानिसहरुलाई बकसपत्र गरी दिई नाउँसारी दर्ता भोगसमेत भइसकेको जग्गालाई ०३८।१०।६।३ मा जालसाजी गर्यो भनी दिएको फिराद म्याद नाघिसकेको देखिँदा मैले जालसाजी गरेको छैन भन्ने समेत व्यहोराको ०३८।१२।२५ को लोकभक्त शमशेरको प्रतिउत्तरपत्र । ४. हामीले जालसाजी गरेको होइन, कि.नं.२१३, २१४ को जग्गा समेत हक हस्तान्तरण गर्न पाउने गरी म सुनगाभाले रामबहादुर राजलवटलाई मन्जुरनामा लिखत गरिदिएको छैन । ०२३।८।२१ को मन्जुरनामा लिखतमा कि.नं.२१३ र २१४ लिएको छैन । मेरो हक देखाई रामबहादुर राजलवटबाट लिएको आधारमा मेरो उक्त हक समाप्ती हुन सक्तैन । मबाट पाएको हकभन्दा बढीमा रामबहा