निर्णय नं. ३४६६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६६ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/१३ २४१५ निर्णय नं. ३४६६ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ३८२,३८६,५९१ फैसला भएको मिति : २०४५।३।१३।२ मा पुनरावेदक प्रतिवादी : जिल्ला धनुषा झटीयाही गा.पं.वा.नं.१ बस्ने रामरतन साहसमेत विरुद्ध विपक्षी वादी : रामवृक्षको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) अभिुक्तहरुले घटनास्थलमा आफू नभई अनेत्र रहेको भनी आफ्नो बयानमा जिकिर लिएको पाइए तापनि निजहरुले कुनै साक्षी सबूद समेतबाट सो कुराको प्रमाणित गर्नसकेको पाइँदैन, तसर्थ ज्यानसम्बन्धीको ६ नं.को देहाय ४ नं.बमोजिम जरिवाना र कैद गर्ने ठहर्याएकोसम्म क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३१) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना विपक्षी, वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीहरुबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ । २. जि.ध.झटियाही गा.पं.वा.नं.१ रामनगरमा कुसमा विनिनलाई कर्तव्य गरी मारेको छ भन्ने समेत व्यहोराको मिति ०४०।१०।२५ को प्रहरी जवान हरिनन्दन सिंहको प्रतिवेदन । ३. मेरी श्रीमती कुसमा विनिनलाई मुसहरु मण्डल समेतका प्रतिवादीहरुले कुटपिट गरी मारेकोले प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०४०।१०।२७ को रामवृक्ष विनको जाहेरी दर्खास्त । ४. २०४०।१०।२१ गते रातमा उतिमलालकहाँ किर्तन भएको र सो किर्तन हेर्न मर्ने कुसमा विनिन गएकी रामसागरको घरमा चोरी गर्न पसे भनी हल्ला भयो म पनि जाँदा निज कुसमालाई रामसागर समेतका मानिसले प्र.पं.को घरमा ल्याइसकेका रहेछन् कसले कुटपिट गरे देखिन, ऐ.२२ गते पञ्चायत हुँदा प्र.पं.को आदेशले मैले पनि २०, २५ कोर्रा हिर्काएँ भन्ने समेत व्यहोराको प्र.मुसहरु मण्डल केवटले प्रहरीमा गरेको कागज । ५. मर्ने कुस्मालाई जाहेरवाला रामवृक्ष समेतले कुटपिट गरी मारेको हुँदा कारवाही गरिपाउँ भन्ने एकै मिलानको अं.प्र.का.जनकपुरमा हु.द्वारा प्राप्त हुनआएको प्र.पं.गणेशबहादुर कार्कीको जाहेरी निवेदन । ६. धेरैजसो सरजमिनका मानिसहरुको भनाई जाहेरीमा उल्लेख मिति समयमा प्र.मुसहरु समेतले कुटपिट गरेको पिडाबाट कुस्मा विनिन मरेको हो भन्ने र कोई मानिसहरुको भनाई कसले कुटपिट गरेबाट मरेको थाहा छैन भन्ने समेत सरजमिन मुचुल्का । ७. मर्ने कुस्मालाई चोरिमा समाती प्र.पं.कहाँ लगी प्र.पं.का आदेशले घोडा धपाउने कोर्राले हिकाउने गर्दा पनि सावित नहुँदा रु.५,०००।– जरिवाना समेत गरेको कुरा जाहेरीबाट र पक्राउ परेका मुसहरुको बयानबाट देखिन्छ, मर्ने कुस्मालाई प्रतिवादीहरुले कुटपिट समेत गरी ज्यान मारेको देखिँदा प्र.मुसहरु, गणेशबहादुर, हलखोरी भन्ने रामअसिस, रामरतन, रामशागर, रामलखन समेतलाई किटानी पोल गरेको देखिँदा प्र.मुसहरु, रामदेव, रतन, गंगा मुखिया समेतलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम सजायँ हुन र प्र.गणेशबहादुर, हलखोरी भन्ने रामअसिस, रामरतन, रामशागर, रामलखन समेत ५ जनालाई सोही ऐनको १३ नं. को देहाय ४ नं. अनुसार प्र.रामहृदयलाई ऐ.ऐन १७ को देहाय २ बम