निर्णय नं. ८४८६ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४८६ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०५/१५ ३७७० निर्णय नं. ८४८६ ने.का.प. २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश रणबहादुर बम संवत् २०६३ –WO– ०६८८ आदेश मितिः २०६७।५।१५।३ मुद्दा : उत्प्रेषण । निवेदकः जिल्ला पर्सा, गाउँ विकास समिति सुगौलीविर्ता वडा नं. ४ बस्ने प्रेमचन्द्र दुवे समेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत हेटौंडा समेत § एउटै अदालतबाट भएको आदेशलाई नयाँ घटनाक्रम विकास भएर थप तथ्य सिर्जना नभएसम्म सोही अदालत र समान अधिकारक्षेत्र भएको इजलासले बदर गर्नसक्ने अवस्था नहुने । § समान इजलासले गरेको प्रक्रियागत आदेश अर्को इजलासले मान्नु नपर्ने वा पहिलेको आफ्नो आदेश आफैले वा समानस्तरको अर्को इजलासले बदर गरी अर्को आदेश गर्दै जाने अधिकार सो अदालत वा इजलासलाई प्राप्त नहुने र त्यसो गरेमा सो कानूनविपरीतको र न्यायिक अनुशासनविपरीतको कार्य भै त्यस्तो आदेश न्याय प्रशासन ऐन, २०४८ को दफा ८, १७ र १९ समेतको विपरीत हुने । (प्रकरण नं.२) § अ.वं. १७ नं. अन्तर्गतको सुनुवाई गर्दा तल्लो निकाय वा अदालतबाट भएको आदेश वा निर्णयलाई सच्याउने र तथ्य एवं प्रमाणको जाँच गर्नसक्ने पुनरावेदकीय अधिकारक्षेत्र ग्रहण गरी इन्साफ गर्ने जस्तो गरी बोल्न नमिल्ने । (प्रकरण नं.३) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री कृष्ण थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने र तेजबहादुर कटुवाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा ८, १७ र १९ § मुलुकी ऐन अ.वं. १७ नं. आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश निम्नानुसार रहेको छ :– निवेदक वादी महमद आलम अन्सारी र प्रतिवादी खैरुल नेशा भएको लेनदेन मुद्दामा पर्सा जिल्ला अदालतबाट २०५३।३।२३ मा वादी दावीबमोजिम हुने ठहर गरी भएको फैसलालाई पुनरावेदन अदालत हेटौंडाले मिति २०५४।१।२३ मा सदर गरेपछि उक्त फैसला कार्यान्वयनको सिलसिलामा, उक्त मुद्दाका प्रतिवादी विपक्षी खैरुल नेशाको मु.स. गर्ने गफारमिया अन्सारीकी आमा खैरुनलेशाको नाममा मालपोत कार्यालय पर्सामा दर्ता गरेको जिल्ला पर्सा साविक मुर्ली गाउँ विकास समितिको हाल ऐ. वीरगञ्ज उपमहानगरपालिका वडा नं. १५ कि.नं. २२ को क्षे. ज.बि. ०–०–१४.१/३ जग्गा र उक्त जग्गामा बनेको घर समेत लिलाम कारवाहीको क्रममा पर्सा जिल्ला अदालतबाट मिति २०६२।८।१५ मा गरिएको पञ्चकृते मूल्याङ्कनलाई बेरित र गैरकानूनी भनी प्रत्यर्थी गफारमिया अन्सारीले दण्ड सजायको ६१ नं. बमोजिम सोही अदालतका न्यायाधीशसमक्ष उजूरी गर्नु भएकोमा मिति २०६३।७।१४ मा उक्त अदालतका माननीय न्यायाधीशज्यूबाट पञ्चकृते मूल्याङ्कनलाई कानूनसम्मत् ठहर गरी आदेश भएको छ । उल्लिखित आदेशउपर प्रत्यर्थी गफारमिया अन्सारीले पुनरावेदन अदालत हेटौंडामा अ.वं. १७ नं. बमोजिम उक्त आदेशहरू बदरको लागि निवेदन दिनु भएकोमा उक्त अदालतबाट २०६३।५।९ मा उक्त आदेशलाई कानूनसम्मत् ठहर गरी आदेश भएको छ । पुनरावेदन अदालतबाट भएको उक्त आदेशबमोजिम लिलाम डाँक बढाबढ हुँदा उल्लिखित घरजग्गामध्ये उत्तरतर्फबाट ज.वि. ०–०–११–८ जग्गा र सोमा भएको घर समेतको घरजग्गा रु.१८,२१,०००।– मा सकार गरी लिन निवेदक प्रेमचन्द्र दुवेले डाँक बोलेको र सोभन्दा बढी रकममा कसैले ड