निर्णय नं. ३४६७ - परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६७ - परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०२/१० २५५१ निर्णय नं. ३४६७ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट.नं. २०५९ आदेश भएको मिति : २०४५।२।१०।२ निवेदक : विनोद जनरल स्टोर्स त्रिभूवन चोक नेपालगन्जको प्रो. नेपालगन्ज न.पं.वडा नं.१० बस्ने श्यामसुन्दर खेतान विरुद्ध विपक्षी : कर कार्यालय, नेपालगञ्जसमेत विषय : परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खूद आय निर्धारण गर्दा सो आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई कर अधिकृतले करदातालाई सो निर्धारण गर्न लागिएको सम्बन्धमा आफ्नो कुरा भन्न वा सबूद प्रमाण पेश गर्न सातदिनको म्याद दिनुपर्ने । (प्रकरण नं. ११) (२) खूद आय कायम गर्दा दफा ३४(४) बमोजिम आय निर्धारण गर्नु परेको कुराको आधार प्रष्ट खुलाई सूचना दिएको देखिँदैन, कानुनले निर्दिष्ट गरेबमोजिम आधार उल्लेख नगरी खूद आय निर्धारण गरेको सूचना दिंदैमा त्यस्तो सूचनालाई रीतपूर्वक ऐन अनुकूलको सूचना मान्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लिखित मुद्दा : यस अदालत डिभिजन बेञ्चबाट सम्वत् २०४१ सालको रिट नं. २३७३, दिपचन्द्र दुगढ वि.महानिर्देशक करविभाग समेत भएको रिट निवेदनमा मिति २०४२।३।३० मा सिद्धान्त प्रतिपादन भएको । आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. मेरो फर्मले प्रस्तुत वर्ष २०३९।४० मा विदेशी कपडा विदेशी सामान र गल्ला समेत गरी जम्मा खरीद रु.७,४५,०००।– र गत वर्षको स्टक बाँकी रु.१०,६०,०००।– देखाएको र बिक्री रु.११,२६,०००।– को सामान भनी आय विवरण तथा बयानमा खर्च समेतको फाँटवारी खुलाई लेखिदिएको र कार्यालयको तथ्यांक रेकर्डले सबैभन्दा बढी नदेखिएको हुँदा अन्यथा प्रमाणित नभएसम्म सो बिक्री अंक मान्नु पर्नेमा कर अधिकृतले निर्णय पर्चामा हाम्रो उपरोक्त बिक्री अंकहरु रु.११,२६,०००।– लाई नमानी कार्यालयको तथ्यांक र हाम्रो बयानको विपरीत कर निरीक्षकले संभावित विक्री रु.२६,३१,९०८।– अनुमान गरी मिति २०४१।२।४ मा राय प्रतिवेदन पेश गरेकोलाई प्रमाण ऐनले सो काल्पनिक प्रतिवेदनलाई प्रमाणमा लिनु नहुनेमा लिई करको दायित्व बढाउनु भएको छ । ३. आयकर (संशोधनसहित) ऐन, २०३१ को दफा ३३(२) को आधारमा खूद आय कायम गर्दा सो खूद आय कायम गर्ने तथ्यांक आधारको सङ्कलन गरी सो आधारबाट कती र कसरी खूद आय कायम हुने देखिन्छ सो खुलाई करदातालाई सूचना गर्नु पर्नेमा सो समेत बमोजिम नगरी कानुन विपरीत आय कर निर्धारण गर्नुभएको कर अधिकृतको निर्णयलाई कर विभागका महानिर्देशकले मनासिब ठहराउनु भयो । मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गलत तर्क गरी पुनरावेदनको अनुमति दिइएन । ४. अतः कर कार्यालयको मिति २०४१।२।५ को आयकर निर्धारण आदेश गैरकानुनी हुँदा महानिर्देशक कर विभागले सो बदर नगरेको तथा म.प.क्षे.अ.बाट पुनरावेदनको अनुमति प्रदान नगर्ने गरी सो निर्धारण आदेश कायमै राखेबाट निवेदकको सम्वैधानिक हक हनन् भएको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त मिति २०४१।२।५ को निर