निर्णय नं. ३४६८ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४६८ - लिखत बदर भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/०८ २३७३ निर्णय नं. ३४६८ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६१४ फैसला भएको मिति : २०४५।३।८।४ पुनरावेदक प्रतिवादी : नेपालगञ्ज न.पं. वा.नं.२ सुर्खेतरोड बस्ने केशरीकुमार मिश्रको मु.स.गर्ने भाष्कर मिश्रसमेत विरुद्ध विपक्षी वादी : बाँके कारकादो गा.पं.वार्ड नं. ६ बस्ने ज्ञानीराम मिश्र मुद्दा : लिखत बदर (१) दाइजो पेवाको सम्पत्तिबाट कर्जा लिई तिर्न नसकेको कारणले आफ्नी श्रीमतीलाई राजीनामा पास गरिदिएकोले वादी दावी बमोजिमको लिखत बदर नहुने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।५।३०।२ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. जंगप्रसाद र निजको पत्नी सुन्दरीदेवी निज जंगप्रसादको जेठो छोरा प्र.केशरीकुमार कान्छा म वादी ज्ञानीराम र प्र.भाउजू सरोजनीदेवी समेतका अंशियार जिवित छौं । प्र.केशरीकुमारसँग वादविवाद भई पूर्खाैली चलअचल र सोबाट बढेको सम्पत्ति बण्डा छुट्याई दिनुस् भनी २०३८।५।३१ गते भन्दा छुट्याई दिन्न भनी घरबाट निकाली दिएकोले बाबु आमा, दाजु र म समेत ४ अंशियारको ४ भाग अंश मध्ये १ भाग अंश दिलाई पाउँ भन्ने ज्ञानीराम मिश्रको फिराद दावी भएको । ३. घरमा झगडा हुँदा १७।१८ वर्ष अघि प्र.केशरीकुमार छुट्टिई नेपालगञ्ज बजारमा बसेका हुन्, वादी ज्ञानीराम २०३१ साल वैसाखदेखि छुट्टिई लगदहवाको पैतृक घरमा बसी छुट्टै खतिउपति गरी आएको छन् वादी सगोलमा छैनन, प्र.केशरीकुमार सरोजनी नेपालगञ्ज नगर पञ्चायत वा.नं.२ मा बसेको घर सरोेजनीको दाइजो पेवाको घर हो । वादी दावी झुठ्ठा हो भन्ने प्र.जंगप्रसादको प्रतिउत्तरपत्र । ४. घरमा झगडा हुँदा १७।१८ वर्ष अघि हामी प्र.केशरीकुमार सराजनी समेत जंगप्रसादबाट घरसारमा बण्डा छुट्याई नेपालगञ्ज बजारमा आई किरायामा बसेको प्र.सरोजनीको पासमा रहेको दाइजो पेवाको रुपैयाँ कर्जा लिई जग्गा घर किनी घर बनाई रु.२५,०००।– सरोजनीदेवीलाई बुझाउन नसके दाइजो पेवाबाट किनी बनेको नेपालगञ्ज नगर पञ्चायत वार्ड नं. १ (घ) कि.नं.५७, ५८, ६५ को ज.वि.०–५–१८ मा बनेको घर समेत सरोजनीदेवीलाई राजीनामा लेखी २०३८।४।२५ गते पारित गरीदिएको छु, हामीसंग पैतृक सम्पत्ति छैन, पैतृक सम्पत्ति पिताजी जंगप्रसादका नाउँमा छ । जंगप्रसाद, सुन्दरी र वादीले खाएका छन्, वादीलाई मैले अंश दिनु नपर्ने हुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत प्र.केशरीकुमार र सरोजनीदेवीको संयुक्त प्रतिउत्तरपत्र । ५. प्र.जंगप्रसाद बाहेक अन्य प्र.केशरीकुमारले फाँटवारी दाखिल गर्दा मेरो श्रीमतीको दाइजो पेवा र सो आर्जन हुँदा बण्डा नहुने भन्ने कुरा देखाई दाखिल गरेका फाँटवारीमा उल्लिखित घरजग्गा पुरखौली नठहरी दाइजो ठहरी फैसला भएको र त्यो जग्गा बण्डा हुने भनी अदालतबाट विश्वास लाग्ने ठोस प्रमाण साथ फाँटवारी उपर विरोध पत्र दिई बदर गराउन सक्नुपर्नेमा सो केही गरेको नदेखिँदा प्र.जंगप्रसादले दाखिल गरेको फाँटवारीबाट मात्र ४ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको २०४०।५।६ को फैसला । ६. अंशबण्ड