निर्णय नं. ८४८७ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४८७ - सम्बन्ध विच्छेद भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०३/०३ १५३६६ निर्णय नं. ८४८७ ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की संबत् २०६५ सालको CR– ०६७४ फैसला मितिः २०६७।३।३।५ मुद्दा :— सम्बन्ध बिच्छेद । पुनरावेदक वादीः काठमाडौँ जिल्ला.का.म.न.पा. वडा नं २९ बस्ने कृष्ण शेरचन विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वडा नं. ११ बस्ने पदमकुमारी शेरचन शुरु फैसला गर्ने (काठमाडौँ जिल्ला अदालत): मा.न्या.श्री मोहनरमण भट्टराई पुनरावेदन फैसला गर्ने (पुनरावेदन अदालत पाटन): मा.न्या.श्री आत्माराम भट्टराई मा.न्या.श्री हरिप्रसाद घिमिरे § यथार्थमा पती पत्नीबीचको सम्बन्ध आपसी समझदारी र मेलमिलापबाट मात्र सुमधुर हुने हो । अन्यथा यी कुराको अभावमा त्यस्तो सम्बन्ध निरन्तर कायम राख्नुको कुनै औचित्य नरहने । § अंश मुद्दा दायर गरी अंश पाउने फैसला प्राप्त गरेपश्चात् आफूले पाउने भाग आफ्ना नाममा दर्ता समेत गरिसकेको अवस्थामा आर्थिक रुपमा अब पतिसँग पूर्णत भिन्न भै उनीसँग सरोकार नभएको र विगत २२ वर्षदेखि आफूखुशी माइतीमा बसेको अवस्थामा पारिवारिक पहिचानको लागि वैवाहिक सम्बन्धको निरन्तरता कायम गर्ने भन्ने जिकीर उचित नदेखिने । § आपसी समझदारी र सुमधुर सम्बन्ध कायम भए मात्र सो सम्बन्ध निरन्तर कायम हुन सक्ने हो । तर एकपछि अर्को गर्दै विगत २२ वर्षसम्म चलेको निरन्तर विवाद झैझगडाले दुबै पक्षबीच शान्तिपूर्ण जीवन व्यतीत गर्ने भावना र अवस्था नभई झैझगडा र विवादै विवाद निरन्तर रहिरहेको अवस्थामा त्यस्तो सम्बन्ध कायम राखी रहनुको कुनै औचित्य नहुने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्तात्रय श्री केदार ढकाल, लक्ष्मी शर्मा र राजेन्द्र अधिकारी विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.सुशीला कार्कीः पुनरावेदन अदालत पाटनको २०६३।२।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : विपक्षीसँग मेरो मिति २०४२।१।३० गते सामाजिक रितिथिति र परम्पराअनुसार मागी विवाह भएको हो । हाम्रो आर्थिक अवस्था मध्यम भएका कारण हाम्रो घर परिवारले मुग्लीनमा होटल व्यवसाय सञ्चालन गरी आएको, यसरी होटेल सञ्चालन गर्दा परिवारका अन्य सदस्यहरूले आ–आफ्नो दायित्व र कार्य निभाउनु पर्ने हुन्थ्यो । विपक्षीले यसरी कार्य गर्नु परेकोमा समय समयमा असन्तोष प्रकट गर्दै आएको थिइन । यसै क्रममा विपक्षीले विवाह भएको १ वर्ष पश्चात् अर्थात् २०४३।१।३० पछि घरमा अझबढी अनावश्यक झैझगडा विवाद शुरु गरिन् साथै मेरो मञ्जूरी विनानै माइतीमा गई २–३ महिनासम्म पनि बसी फर्की आउने जाने गर्थिन् । यस समयमा निजसँग करणी हुँदा पनि निजबाट गर्भधारण समेत भएन । विपक्षीले मलाई वेवास्ता गर्दै मेरो मञ्जूर विना नै २०४५।२।३० गते घर छाडी निस्की गएको र मेरो सम्पर्कमा नआएकीले म २०४९ सालमा जापान गै त्यहाँ ११ वर्षसम्म वसी २०६० सालमा म घर फर्की आए । निज विपक्षी २०४५।२।३० मा घरबाट निस्की गैहालसम्म पनि फर्की नआएको तथा मेरो आमाबाबुलाई प्रहरीमा थुनाउने, थकाली समाज वोलाई झूठा आरोप लगाउने गरेकीले निजसँग भेटेर छलफल गर्दा अंशबापतमा रु.८,००,०००।– र सम्बन्ध विच्छेदबापतमा रु.६,००,०००।– समेत १४,००,०००।– मेरो घर परिवारले दिने र आवश्यक