निर्णय नं. ३४६९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४६९ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/०१ २९८२ निर्णय नं. ३४६९ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट.नं. १९३२ आदेश भएको मिति : २०४५।३।१।४ निवेदक : का.न.पं.वा.नं.३३ बस्ने केबुल एण्ड प्लाष्टीकस् प्रा.लि.का.शेयर होल्डर तथा सञ्चालक खेमचन्द्र चौरडिया विरुद्ध विपक्षी : श्री ५ को सरकार उद्योग मन्त्रालय, उद्योग विभाग, त्रिपुरेश्वर विषय : उत्प्रेषण (१) पदावधि समाप्त भइसकेपछि अर्थात पदमा नै बहाल नरहेका सञ्चालकहरुबाट बसेको सञ्चालक समितिको बैठक स्वतः गैैरकानुनी भएको र त्यस्तो बैठकको निर्णय कम्पनी ऐन, २०२१ को दफा १४४ बमोजिम बदर हुने । (प्रकरण नं. ६) (२) बैठक गर्दा रीतपूर्वक सूचना दिनुपर्नेमा सो अनुसारको रीतपूर्वकको सूचना नदिएको र गैरकानुनी सञ्चालक समितिको निर्णय अनुसार बसेको बैठक हुँदा र त्यस्तो सञ्चालक समितिको बैठकको निर्णय पनि स्वतः गैरकानुनी हुँदा सो कायम राखी रहन नमिल्ने भएकोले सो साधारणसभाको बैठकको निर्णय कायम राखी पाउँ भन्ने दावी नपुग्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. केवल एण्ड प्लाष्टीक (प्रा.) लि.कम्पनी ऐन अनुसार एउटा रजिष्टर्ड कम्पनी हो, यस कम्पनीको शेयर होल्डरहरु मध्ये म खेमचन्द्रको ५६३ शेयर रहेको छ । उद्योग विभागले ०४३।५।१३ मा पत्र लेखी दुई महीनाभित्र साधारणसभा गर्ने निर्देशन दिए अनुरुप ०४३।६।१६ मा ११२५ शेयरका मालिक अधिसंख्यक शेयर होल्डरहरुको उपस्थितिमा कम्पनीको सञ्चालक समिति मनोनित गर्ने समेतका कुराको निर्णय गरियो । साधारणसभा गर्ने बारेमा पुनः उद्योग विभागले हामीलाई ०४३।६।१४ गतेमा कम्पनी ऐनको दफा १४४ अनुसार बदरभागी हुने हुनाले २ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचीत गरियो तर उक्त पत्र हामीले साधारणसभाको बैठक बसी सकेपछि मात्र प्राप्त हुन आयो । हाम्रो जानकारीमा नआएको कुरामा हामीले जवाफ दिन सकेनौं २०४३।४।२९ गते बसेको सञ्चालक समितिको निर्णयानुसार अख्तियार पाएको म खेमचन्द्र चौरडियाले यता लाखौं रुपैयाँ लगाई वैङ्कहरुको तथा अन्य ऋणहरु तिर्दै समुचित व्यवस्था गर्दै आएको छु । कम्पनीको हितमा असल नियतले कार्य गर्दागर्दै पनि उद्योग विभागले ०४३।६।१६ को साधारणसभाको बैठकको निर्णयलाई कम्पनी ऐनको दफा १४४ अनुसार बदर गरिएको भनी सूचना गरेको पत्र ०४३।७।११ मा प्राप्त गर्यौं । ३. ०४३।६।१६ को साधारणसभाको निर्णय बदर गर्न हामीसंग कुनै प्रतिवाद वा स्पष्टीकरण पनि लिइएको छैन, सो बारे कसैको उजूर पनि छैन । हामी सबै शेयर होल्डरहरुलाई विधिवत सूचीत गरेको थियो, हामीले जानकारी पाएनौं भनी कम्पनीलाई मौकामा कुनै जानकारी पनि प्राप्त हुनआएको छैन । सानातिना कुरा पर्न आए नियमावलीको दफा २१ कम्पनी ऐनको दफा ४८ अनुसार चारखण्डको एकखण्ड उपस्थित भई मञ्जूर गरेमा साधारणसभाको बैठक बस्न सक्ने भई बसेको बैठक विधिवत नै छ । म औषधी उपचार गराउन विदेशतर्फ जानु परेकोले आफ्नो प्रतिनिधि सभामा भाग लिन प्रतिनिधि नियुक्त गरेकोमा मेरो सो अख्तियारीमा कानुनको गलत व्याख्या गरी कम्पनी ऐनको दफा ५१ अनुसार बदरभागी छ भनी विधिवत भएको साधा