निर्णय नं. ३४७० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४७० - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०२/२४ २६६६ निर्णय नं. ३४७० ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रि.नं.२०४३ आदेश भएको मिति : २०४५।२।२४।२ मा निवेदक : दाङ हलवार गा.पं.वार्ड नं. २ बकटी बस्ने योगेश्वर रजौरेसमेत विरुद्ध विपक्षी : दाङ जि.पं.न्यायिक समिति दाङसमेत विषय : उत्प्रेषण (१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ को उपदफा (१) को (ज) बमोजिम आफ्नो क्षेत्रभित्र सीमित रहेको साँध सीमाना, कुलो पानी वा सन्धिसर्पन बारेको मुद्दा गाउँ पञ्चायतले हेर्न पाउने । (प्रकरण नं. ९) (२) ऐनले आफूलाई दिएको अधिकार बमोजिम गा.पं.न्या.समितिले निर्णय गरेउपर जि.पं.न्याय समितिमा पुनरावेदन लाग्ने । (प्रकरण नं. ९) (३) आफ्नो अधिकारक्षेत्रको विषय बस्तुमा परेको पुनरावेदनमा कानुन बमोजिम गरी निणर््य गर्नु पर्नेमा कार्यक्षेत्र नपर्ने भनी गा.पं.न्याय समितिले गरेको निर्णय अ.बं.३५ नं. ले बदर हुन्छ भनी जि.पं.न्यायसमितिले गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. विपक्षी दामोदर उपाध्यायले साविकदेखिको सन्धिसर्पन पर्ने गौचरण, नूनथलो, पानीघाट जाने बाटो समेत भएको हलवार गा.पं.वार्ड नं. २ (ख) कि.नं.१४५ को जग्गा आवादी गर्ने मनशायले ०४१ साल भाद्र महीनाको पहिलो सातामा खेतको गरा बनाएका सो खेत बनाउँदा गौचरण मासिई आघात पर्न जाने हुँदा नुनथलो पानीघाट तथा गौचरण नै कायम गरिपाउँ भन्ने हाम्रो हलवार गा.पं.मा निवेदन पर्दा सो जग्गा मेरो खेतका छेउको र मेरै सन्धिसर्पनको हो भन्ने समेत विपक्षीको बयान भएको थियो । सरजमीन समेत बुझी गाउँ न्यायिक समिति हलवारबाट गा.पं.ऐन, २०१८ को दफा ४१ बमोजिम कि.नं.१४५ को जग्गा आवाद गर्न नमिल्ने ठहर्याई विपक्षीलाई रु.५ जरिवाना गरी ०४३।३।४ मा निर्णय भएको थियो । उक्त निर्णयउपर विपक्षीको दाङ जि.पं.न्यायिक समितिमा पुनरावेदन परेकोमा यसमा गौचरण नूनथलो कायम गरिपाउँ भन्ने मुद्दामा कित्ताकाट भई कि.नं १४५ समेत उल्लेख भएकोले पकडण्डी बाटो भन्न नमिल्ने र उक्त कि.नं.आठ नं. नौ नं. प्रति समेत उल्लेख नभई कि.नं.१४५ कायम भएको वादी प्रतिवादीको बयानबाट देखिन आएकोले जग्गा सम्बन्धी मुद्दा भएकोले सो जग्गा सम्बन्धी मुद्दा हेर्ने अधिकार गाउँ पञ्चायत र जिल्ला पञ्चायत न्यायिक समित समेतको कार्यक्षेत्र भित्र नपर्ने हुँदा दाङ हलवार गा.पं.को ०४२।३।४ को निर्णय अ.बं.३५ नं.बमोजिम खारेज गरिएको छ भनी ०४३।७।२४ मा निर्णय गर्नु भएबाट अन्य उपचार नहुँदा असाधारण अधिकारक्षेत्र प्रयोग गराई माग्न आएको छौं । ३. गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ को उपदफा (१) को देहाय (ज) मा आफ्नो क्षेत्रभित्र सिमित रहेको साँध सीमाना कुलो पानी वा सन्धिसर्पनबारेको मुद्दा हेर्न अधिकार गा.पं.लाई दिइएको छ । विपक्षीको बयानबाट पनि कि.नं.१४५ सन्धिसर्पन समेत आफ्नै परेको छ भनी पर्ति आवाद गरेको भन्ने कुरा स्वीकार गरेका छन् । आफ्नो दर्ता तिरो भन्नसकेका छैनन् यस्तो अवस्थामा खारेज गरेको अ.बं.१८० नं. को प्रत्यक्ष त्रुटी रहेको छ । सरजमीन गरी उक्त जग्गा पकडण्डी गोरेटो बाटो देखिएको आधारमा गा.पं.न्यायसमितिले निर्णय गरेको छ । आफ्नो पुनरावेदन हे