निर्णय नं. ८४८८ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४८८ - जग्गा खिचोला भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०३/१४ ३७९१ निर्णय नं. ८४८८ ने.का.प.२०६७ अङ्क १० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको दे.पु.नं. ०६५–CI– ०८६८ फैसला मितिः २०६७।३।१४।३ मुद्दाः– जग्गा खिचोला । पुनरावेदक वादीः जाजरकोट जिल्ला खलङ्गा गा.वि.स. वडा नं. २ जन्म भै हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७ सैंवु भैसेपाटी बस्ने टेककुमारी शाह विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुकुम खोलागाउँ गा.वि.स. वडा नं. १ बस्ने धनु ओली शुरु फैसला गर्ने रुकुम जिल्ला अदालतः मा.जि.न्या.शम्भुराम कार्की, पुनरावेदन फैसला गर्ने पुनरावेदन अदालत तुलसीपुरः मा.मु.न्या. श्री अवधेशकुमार यादव मा.न्या. श्री राजेन्द्रराज पन्त § शुरुको डिसमिस फैसलाउपर परेको पुनरावेदनमा पक्ष वा विपक्षलाई अवस्था र आवश्यकतानुसार झिकाइएको भए पनि पुनरावेदन तहमा गरिएको कारवाही मुद्दा डिसमिस हुनका लागि आधार बन्न नसक्ने । § अदालती बन्दोबस्तको १७९ र १८५ नं. को डिसमिससम्बन्धी व्यवस्था पुनरावेदन तहको लागि नभै शुरु तहको लागि भएकाले शुरु तहमा अदालतबाट रीतपूर्वक म्याद जारी भएको छ र अ.वं. ११० नं. अनुसार तामेल भएको छ भने सोही म्यादमात्र डिसमिसको आधार बन्न सक्दछ । यसको छानबीन र जानकारी पुनरावेदन सुन्ने अदालतले मुद्दाको जुनसुकै चरणमा पनि गर्न र लिन सक्ने । § डिसमिस फैसलाउपर परेको पुनरावेदन सुनुवाईको दौरान सो मुद्दामा अरु कारवाही अगाडि बढी सकेको छ भने पनि सोही आधारमा शुरुमा म्याद गुजारी बसेको तथ्य लोप वा अप्रासङ्गिक हुन नसक्ने । (प्रकरण नं.६) § निर्धारित मितिमा अदालतमा हाजिर नहुने र आफ्नो उपस्थिति नजनाई म्याद गुजारी बसेको र कानूनले थाम्न, थमाउन पाउने म्याद समेत व्यतीत भइसकेको अवस्थामा अरु कारवाही हुन नसक्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल र विद्वान अधिवक्ता श्री मदनकुमार डंगोल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कुमार शर्मा आचार्य अवलम्बित नजीरः सम्बद्ध कानूनः § अदालती बन्दोबस्तको ११०, १७९, १८५, २०१ न. फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०६४।१०।२७ को फैसला दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– तालुक १९९८ मोठ नं. ५० मा मेरो ससुरा हिराजंग शाहका नाउँमा दर्ता भएको जहरीखोला सो दक्षिण, खहरे खोला सो पश्चिम, घारीढिक सो उत्तर र खोला सो पुर्व यति चार किल्ला भित्रको माटो मुरी –।९७।१० को साविक तिरो रु.२१।४५ हालको तिरो रु.४।९० दोयम सिम खोला मुहान वगर खेत दर्तावाला ससुरा हिराजंग शाहबाट मेरा लोग्ने दीपकजंग शाहले अंश भाग पाएपछि लोग्ने दीपकजंगबाट सो खेत मिति २०४०।५।२७ गते मैले हालैको बकसपत्र पाई मेरो नाममा दा. खा. नामसारी भएपछि स्थानीय गा.वि.स. मा तिरो तिरी हालसम्म भोग गरी रहेको खेतमा २०४७ साल मार्ग १० गते १० वजेको समयमा प्रतिवादीले खिचोला गरेकोले खिचोला मेटाई पाऊँ भन्ने फिरादपत्र । फिरादीको जग्गा विपक्षीको लोग्ने दीपकजंग शाहले अंश पाई हकभोग गरेको अवस्था निजबाट २०४५।३।६ गते मैले हालैको बकसपत्र पाई सो बकसपत्रको लिखत मिति २०४५।३।७ गते जाजरकोट मालबाट पारित गराई मेरो हकभोगको भै मिति २०