निर्णय नं. ३४७१ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४७१ - भ्रष्टाचार भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०३/१२ ३२४८ निर्णय नं. ३४७१ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. ५२५ फैसला भएको मिति : २०४५।३।१२।१ मा पुनरावेदक प्रतिवादी : भ.पु.न.पं.वा.नं.४ बस्ने मालिकाप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी वादी : श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार (१) आफूलाई लागेको अभियोगबाट सफाई पाउने जिकिर लिए तापनि निजबाट कुनै ठोस सबूद प्रमाण पेश भएको नपाइने, दशीसाथ पक्राउ गरिएको भन्ने बरामदी मुचुल्का भएको र निजबाट नोटहरु समेत बरामद भएकोले वादी दावी अनुसारको कसूर गरेको ठहर्‍याई सजायँ गरेको इन्साफ मनासिब हुँदा सदर हुने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की फैसला न्या.प्रचण्डराज अनिल : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादीको निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ : २. मालिकाप्रसाद श्रेष्ठले ओढी राखेको ओढ्ने भित्रबाट मुचुल्कामा उल्लिखित नोटहरु खसालेका हुन् भन्ने ना.सु. रामजीप्रसाद, ओढ्न भित्रबाट खसाले भनी सबैले भन्दै समातेको हो भन्ने श्रे.डिकप्रसाद, वि.प्र.को अधिकृत हुँ भनी पक्री राखेको नोटहरु मालिकाप्रसादको जीउबाट खसेको हो भन्ने समेत न्हुछेमान श्रेष्ठ, अडिटर साहेब आउनु पर्‍यो भनी कराएको सुनी आउँदा नाउँ थाहा नभएको सरकारी वकिल भन्ने व्यक्तिलाई समाती राखेको थियो यहाँ अँध्यारो छ उज्यालो ठाउँमा जाउँ भनी साथै आउँदा आँगननेर वकिल साहेबले बगलीबाट नोट झिकी खसालेको देखें भन्ने चन्द्रकुमार श्रेष्ठ, वि.प्र.वि.अधिकृत र वकिल साहेबको बीचमा नोट देखें वकिल साहेब पक्राउ परेको भन्ने थाहा पाउँ भन्ने विश्वराज लोहनी, महेश्वर मिश्र समेतको व्यहोरा भएको २०२६।९।११।७ को मौकको मुचुल्का । ३. इन्द्रबहादुर समेत उपरको डाँका मुद्दामा २०२६ सालमा अनुसन्धान गर्दा कारवाही नचलाउने राय मेरो र चलाउने राय प्रहरीको भएकोले निजलाई त्यस मुद्दाबाट चिन्दछु । २०२६।९।११ गते बेलुका ६ बजे डुल्न आउँदा रामगोपाल र पञ्चायतको सचिवको घरनेर अ.वि.प्र.ना.सु. कृष्णप्रसाद पन्तसंग भेट भयो । तपाईको जीउ खानतलासी लिनु पर्‍यो । उज्यालोमा जाउँ भनी भनेकाले रामगोपालको पसल अगाडि दायाँपट्टीको ढोकाको सिंढी उक्लन लाग्दा नोट खस्यो भनी अडिटरले भनेपछि कसले खसाल्यो भन्दा तपाईले खसाल्नु भयो भनी भन्नु भयो । मैले खसालेको होइन भनी भन्दा नोट नम्बर गनी मुचुल्का खडा भयो । मैले इन्द्रबहादुरसंग नोट लिएको मागेको समेत कुनै होइन । ढोकामा अँध्यारो हुँदा इन्द्रबहादुर त्यहीं बसी नोट फ्याँकेको हुनुपर्छ भन्ने समेत मालीकाप्रसाद श्रेष्ठको विशेष प्रहरीमा भएको बयान कागज । ४. मालीकाप्रसादले रु.३००।– रिश्वत मागेर लिएको ठहरी निजलाई नि.स.नि., २०२१ को परिच्छेद १० को नियम १०(६) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने निर्णयउपर प्र.मालीकाप्रसाद श्रेष्ठको पुनरावेदन परेकोमा श्री ५ को सरकारको ०३०।७।१७ को निर्णयले सदर गरेको । ५. मुद्दा दायर गर्ने सम्बन्धमा निजको पेटमा बिगो नपरेकोले बिगोका हकमा मुद्दा दायर गर्न नमिल्ने देखिन्छ कानुनी अड्चन परेकोमा श्री ५ को सरकारमा जाहेर गरी निर्देशन अनु