निर्णय नं. ८४८९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४८९ - लेनदेन भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६६/१०/२५ ३४३८ निर्णय नं. ८४८९ ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६० सालको दे.पु.नं. ९६४५ फैसला मितिः २०६६।१०।२५।३ मुद्दा :– लेनदेन । पुनरावेदक वादीः कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका–५ बस्ने मृगेन्द्रसिंह श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका–३ बस्ने दानबहादुर श्रेष्ठ शुरु फैसला गर्नेः मा.जि.न्या. श्री महेशप्रसाद पुडासैनी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ताहिर अली अन्सारी मा.न्या.श्री धीरेन्द्रबहादुर विष्ट § विशेषज्ञले दिएको रायको आधारभन्दा फरक स्वरुपमा निर्णय निष्कर्षमा पुग्दा त्यसको परीक्षणको बिश्वासनीयता र परीक्षणको आधार समेतलाइ स्पष्ट रुपमा खण्डित गर्नुपर्ने हुन्छ । वैज्ञानिक आधारमा परीक्षण भै प्राप्त भएको रायलाई अन्यथा हो भन्न त्यसको विश्वसनीयताउपर चुनौती दिन स्पष्ट रुपमा विवादरहित आधार स्थापित हुनुपर्ने । (प्रकरण नं. ३) § लिखतमा विश्वसनीयता कायम नरहोस् भन्ने नियतले लिखत तयारीकै क्रममा विभिन्न किसिमका प्राविधिक त्रुटि राखी लिखत तयार गरेकाले यस अदालतका लेखा तथा रेखा विषेशज्ञले दिएको रायमा विभिन्न अवस्थाको चित्रण गरी लिखतको सहिछाप अन्य हस्ताक्षरसँग मेल खाने भनी राय प्रदान गरेको अवस्थामा लेखकको लिखत लेखनमा दूषित मनसाय रहेको तथ्ययुक्त आधार पुष्टि हुने । (प्रकरण नं. ४) § एकै विषयमा विज्ञहरूद्वारा नै फरक–फरक राय पेश भएको अवस्थामा कुन रायलाई आधार लिने भनी हेर्दा जुन रायको परीक्षणका आधार सवल र भरपर्दा छन् त्यसैलाई निष्कर्षको आधार बनाइनु पर्ने । (प्रकरण नं. ५) § लिखतको प्रकृतिलाई नाङ्गो आँखाले हेर्दा समेत साक्षी, कारणी लिखतको साईज लेखाई आदि स्वाभाविक भै सद्दे जस्तो नै देखिएको र सो पुष्टि हुने गरी विशेषज्ञको राय समेत प्राप्त भएको अवस्थामा लिखतको विश्वसनीयता माथि प्रश्न उठाउने ठाउँ नभएकाले स्वाभाविक र सद्दे रुपमा रहेको पुष्टि भएको लिखतलाई कीर्ते जालसाजी भन्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी. प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पद्मराज काफ्ले र श्री मुक्ति प्रधान अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.अवधेशकुमार यादवः पुनरावेदन अदालत, बुटवलको मिति २०६०।४।३२ को फैसलाउपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम वादीको तर्फबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : प्रतिवादी दानबहादुर श्रेष्ठलाई घर खर्च गर्नको लागि एकै ठाउँको जात विरादर भएकोले रु.४,००,००१।– मैले कर्जा दिई सो कर्जाको १० प्रतिशतले हुने ब्याज र साँवा समेत २०४९ साल माघ मसान्तसम्ममा एकमुष्ठ नबुझाएमा मेरा जायजेथाबाट असूलउपर गर्नु भनी निज प्रतिवादीले आफ्ना हस्ताक्षरले साक्षीका रोहवरमा २०४८।११।१५ मा कपाली तमसुक लेखिदिनु भएको थियो । २०४९ माघ मसान्तसम्म अर्थात् भाखाभित्र साँवाव्याज प्रतिवादीले नबुझाएको हुनाले २०४९।११।१७ मा भेटी सो सम्बन्धमा कुरा गर्दा पैसाको व्यवस्था गर्दैछु भन्ने जवाफ प्रतिवादीबाट पाएको थिएँ । मलाई रुपैयाँको शख्त आवश्यकता परी २०५३।१२।१ मा प्रतिवादीको घरमा गई आजसम्मको साँवाव्याज माग्दा म रकम दिन्न जे गर्नुपर्छ गर्नुस् भन्ने जवाफ प्रतिवादीबाट पाएकाले साँवा ४,००,००१।–