निर्णय नं. ८४९० - निषेधाज्ञा परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९० - निषेधाज्ञा परमादेश भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०७/११ ३४७६ निर्णय नं. ८४९० ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव मुद्दा नं. २०६६–cI–०८९७, ०९४९ फैसला मितिः २०६७।७।११।५ मुद्दाः– निषेधाज्ञा परमादेश । पुनरावेदक प्रत्यर्थीः जिल्ला बारा लिपनीमाल गा.वि.स.को तर्फबाट सचिव रमेशकुमार सिंह विरुद्ध विपक्षी निवेदकः जिल्ला पर्सा, भवानीपुर गा.वि.स., वडा नं.९ बस्ने रामाज्ञा साह कलवार पुनरावेदक प्रत्यर्थीः जिल्ला बारा, लिपनीमाल गा.वि.स., वडा नं.८ स्थित नारायणी सिमेन्ट उद्योग प्रा.लि.समेत विरुद्ध विपक्षी निवेदकः जिल्ला पर्सा, भवानीपुर गा.वि.स., वडा नं.९ बस्ने रामाज्ञा साह कलवार शुरु फैसला गर्नेः मा.न्या. श्री केशरीराज पण्डित मा.न्या.श्री तेजबहादुर कार्की · कुनै पनि उद्योग वा व्यावसायिक प्रतिष्ठानले आफ्नो उद्योग कारखाना वा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्दा वातावरणमा प्रतिकूल प्रभाव नहुने गरी उद्योग सञ्चालन गर्नुपर्ने । · उद्योग सञ्चालनबाट वातावरणमा पर्ने प्रतिकूल प्रभाव वा प्रदूषण न्यून गर्ने उपायहरू वास्तविक रुपमा अवलम्बन गर्नुपर्ने र यसरी प्रदूषण नियन्त्रण वा वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरणको लागि उद्योगले अपनाएको पद्धति वा उपकरणमा लागेको खर्चमा कर छूट पाउने समेतका व्यवस्था कानूनले गरेको स्थितिमा स्थापित उद्योगको कारणले उद्योग अवस्थित क्षेत्रमा वातावरण प्रदूषण हुन नदिनु उद्योगको प्रमुख कर्तव्य तथा दायित्वमा पर्ने । (प्रकरण नं.२) · वातावरणको संरक्षण प्रत्यक्ष रुपमा सम्पूर्ण मानव समुदायको लागि हो भन्ने यर्थाथता सम्पूर्ण औद्योगिक प्रतिष्ठानका सञ्चालकहरूले हृदयङ्गम गर्नुपर्ने । · औद्योगिक प्रतिष्ठानहरूले आर्थिक लाभलाई मात्र उद्देश्य बनाई वातावरण संरक्षणमा ध्यान नदिने हो भने सोबाट स्वयं उद्योगका सञ्चालक एवं कामदार कर्मचारी समेतलाई प्रतिकूल असर पर्नजाने कुरालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्दछ । तसर्थ वातावरण प्रदूषण रोक्ने कार्यमा बिना हेलचेक्रयाई सचेत रहनु हरेक उद्योग सञ्चालकको कानूनी मात्र नभएर मानवीय कर्तव्य नै हुन आउने । (प्रकरण नं.६) पुनरावेदक प्रत्यर्थी तर्फबाटः विपक्षी निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । जिल्ला बारा, लिपनीमाल गा.वि.स.वडा नं.८ स्थित विपक्षी उद्योगहरू महेन्द्र राजमार्गको पश्चिमतर्फ रही सोको ७० मीटरको दुरीमा भवानीपुर गाउँ वस्ती र दक्षिण केही दुरीमा केडिया आँखा अस्पताल रही उद्योगको टाँसिएकै उत्तरमा सार्वजनिक जग्गा पोखरी भै सोमा छठ पूजा समेत सञ्चालन हुँदै आएको छ, विपक्षीहरूले उद्योगबाट निस्किएका प्रदूषणयुक्त दुर्गन्धित पानी र खरानी पोखरीमा फाल्ने एवं काँचो छालाहरू बाटोमै सुकाउने, काम नलाग्ने छालाका टुक्राहरू पोखरीमा फ्याक्ने, विकिरणयुक्त पदार्थहरू उडाइदिने जस्ता वातावरण दुर्गन्धित पार्ने कार्य गर्दै आउनु भएको छ, सोबाट नजिकैको गाउँ वस्ती र अस्पतालमा जँचाउन आउने विरामी समेतलाई विपक्षीहरूको उल्लिखित कार्यबाट नराम्रो प्रभाव पारेको छ, पोखरीमा फालेका दुर्गन्धित पानी एवं चीजवस्तु बगी हाम्रो नम्बरी जग्गामा पसी लगाइएको वालीनाली