निर्णय नं. ३४७५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४७५ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४५/०२/२६ २३८३ निर्णय नं. ३४७५ ने.का.प. २०४५ अङ्क ५ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४५ सालको रिट नं. १९४५ आदेश भएको मिति : २०४५।२।२६।४ रिट निवेदक : नेपाल पुर्नबास कम्पनी प्रा.लि.योजना कार्यालय कञ्चनपुरमा कार्यरत शाखा अधिकृत (सातौ तह) का मोहनकृष्ण अधिकारी विरुद्ध विपक्षी : श्रीमान सचिव, आवास तथा भौतिक योजना मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) नेपाल पूर्नबास कम्पनीको सञ्चालक समितिले कम्पनीको कार्य सञ्चालन नियमावलीको आधारमा गर्ने गरेको सजायँ कानुनसंगत भएन भन्ने निवेदन जिकिर रहेको रिट निवेदनमा उल्लेख भएको नियम कुनै कानुन अन्तर्गत बनेको नदेखिनाले कानुन बमोजिम संरक्षणको प्रश्न उठ्न सक्ने देखिन नआएको हुँदा प्रस्तुत विषयमा कारवाहीको लागि प्रत्यर्थीहरुबाट लिखित जवाफ झिकाई रहन आवश्यक नहुने । (प्रकरण नं. ५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको विवरण संक्षेपमा निम्नानुसार छ । २. म निवेदक विपक्षी पुर्नबास कम्पनी प्रा.लि.को शाखा अधिकृत, अधिकृत तहको पदमा १६,१७ वर्षदेखि इमान्दारीपूर्वक निर्दिष्ट कर्तव्य पालना गर्दै आएको र हाल योजना कार्यालय कन्चनपुरमा शाखा अधिकृत पदमा कार्यरत छु । म निवेदक योजना कार्यालय नवलपरासीमा प्लट नं. ५ कृषि पल्ट नं. ८३५ को १ विगहा १० कठ्ठा जग्गा पाउने कृषक निलप्रसादको मृत्यु भई निजको नाउँमा रहेको उक्त जग्गाको नामसारी गरिंदा कम्पनीको नियम विपरीत परिवार सदस्यभित्र समावेश नभएको बाहिरको व्यक्ति मनबहादुर सापकोटाको निवेदन लिई सो जग्गा निजको नाममा नामसारी गरिदिने निर्णय गरी आफ्नो पद अनुसारको आचरण नगरेको भन्ने कथित आरोपमा २०४४।७।२४ को विपक्षी सञ्चालक समितिको निर्णय अनुसार २ वर्षको तलब बुद्धि रोक्का गरेकाले सोउपर विपक्षी महाप्रबन्धकज्यू मार्फत विपक्षी सचिवज्यू समक्ष पुनरावेदन गरेकोमा सञ्चालक समितिको निर्णय सदर गरी निर्णय गरेकाले अन्य उपचार नहुँदा सम्मानीत अदालतको अध्यानाकर्षण गराउन उपस्थित भएको छु । सोही तलब बुद्धि रोक्का गरेको कारणले आठौं तहको पदमा बढुवा नगरेकोले सो सम्बन्धमा छुट्टै निवेदन गरेको हाल विचाराधीन छ । निवेदकलाई लगाएको आरोप सम्बन्धमा स्पष्टीकरणको जवाफमा सत्य साँचो व्यहोरा पेश गरेकै छु । प्रस्तुत विषयमा निलप्रसादको मृत्यु भएपछि निजले राखेको हकवालाका नाउँमा जग्गा नामसारी गर्नु परी निजका २,३ वटा श्रीमती भएको कान्छी र अरु श्रीमतीतर्फका छोरा मोहन तथा हरिश्चन्द्र समेत परिवार विवरणमा भएकोमा मोहन भन्ने मानबहादुरले म जेठो छोरा समेत भएकाले सौतेनी आमा र भाइहरुको रेखदेख मैले नै गरी आएको छु नामसारी गरिपाउँ भनी निवेदन दिएको सम्बन्धित पञ्चायतले पनि मोहन भन्ने मानबहादुर हुन् भनी लेखी दिएको र गाउँघर बुझ्दा पनि सो साँचो देखिएको तथा निज निलप्रसादको मोहन भन्ने अर्के छोरा नदेखिनुका साथै नागरिकताको प्रमाणपत्रबाट पनि निज मानबहादुर मृतक निलप्रसादको छोरा भन्ने स्पष्टै भएकोले हकवाला रहेको भाइलाई हकवाला यथावत कायम राखी मानबहादुरलाई मुली कायमसम्म गरिदिएको हुँ । यसमा मेरो कुनै बदनियत छैन । मलाई आरोप लगाई सजायँ गरेको प्रचलित नेपालक कानुन बमोजिम नहुँदा स्वतः बदरभागी छ । मलाई लगाइएको आरोप अनुचित छ र कतैबाट समर्थित भएको छैन । म निवेदकबाट भएको काम क