निर्णय नं. ८४९१ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९१ - आयकर भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०२/३१ ३५८९ निर्णय नं. ८४९१ ने.का.प. २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६२ को फौ.पु.नं. – ३७९३ फैसला मितिः २०६७।२।३१।२ मुद्दाः– आयकर । पुनरावेदकः नेशनल इन्स्योरेन्स कम्पनी लि.का नेपालको लागि मुख्य भई काम गर्ने मेनेजर ऐ.बस्ने डा. जगदीश घोष विरुद्ध प्रत्यर्थीः २ नं. क्षेत्र कर कार्यालय, काठमाडौँ शुरु निर्णय गर्नेः २ नं क्षेत्र कर कार्यालय काठमाडौ पुनरावेदन फैसला गर्नेः– मा.अध्यक्ष श्री बैद्यनाथ उपाध्याय राजस्व सदस्य श्री बिनोदकुमार उपाध्याय लेखा सदस्य श्री शिबहरि उपाध्याय § क्षमता अभिबृद्धिको काम भए गरेको हो भन्ने पुष्टि गर्ने प्रमाण पेश गर्न र सोबाट कम्पनीलाई के कस्तो फाइदा वा उपलव्धी हुने हो भन्ने तथ्य पुष्टि हुने कुनै ठोस सबूदप्रमाण पेश गर्न नसकेको अवस्थामा सो खर्च मिनाहा हुनुपर्ने कानूनी प्रावधानसमेत विद्यमान भएको नदेखिएकोले खर्चको यथोचित् औचित्यसहितको फाँटवारीसहितको प्रमाणको अभावमा मिनाहा पाउन नसक्ने । (प्रकरण नं.४) § मनासिब आधार र कारणबिना वितरण गर्नुपर्ने बोनसबापतको रकम कम्पनीले आफ्नो नियन्त्रणमा आफ्नै खातामा राखेको अवस्थामा कर्मचारीको कल्याणको लागि खर्च गरेको मान्न नमिल्दा बोनसबापतको रकम कर्मचारीलाई वितरण गरेको प्रमाणको अभावमा यस्तो रकमलाई खर्चको रुपमा मान्यता दिन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा प्रत्यर्थी तर्फः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ४१(झ) फैसला न्या.भरतराज उप्रेतीः राजस्व न्यायाधिकरण काठमाडौको मिति २०६१।८।८ को फैसलाउपर आयकर ऐन, २०३१ को दफा ५७ तथा ५७(क) र राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ अन्तर्गत पुनरावेदनको अनुमतिप्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः पुनरावेदक करदाताले नेशनल इन्स्योरेन्स कम्पनी लि.को आ.ब. २०५४।०५५ को स्वयंकर बिवरणमा नोक्सान रु.२३,१७,७९५।३२ देखाई मिति २०५५।९।३० मा स्वयंकर निर्धारण फाराम पेश गरेको रहेछ । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड मिति २०५५।९।३० मा आ.व. २०५४।०५५ को लागि पेश गरेको स्वयं कर निर्धारण बिबरण छानबीन गर्न स्वयंमकर निर्धारणको फारामसाथ आवश्यक बिवरणहरू पेश गरेको नदेखिएकोले यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र आश्यक बिबरणहरू पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५६।१०।२० को २ नं. क्षेत्र कर कार्यालय काठमाडौको पत्र । नेशनल इन्स्योरेन्स कम्पनी लि.को मिति.२०५५।९।३० मा पेश हुन आएको आ.बं.२०५४।०५५ सम्मको स्वयं कर निर्धारण प्रक्रियाअनुसारको आय बिवरण छानबीनको लागि मिति २०५६।१०।२० को पत्रबाट माँग भएका बिवरण एवं फाँटवारीसमेतको आधारमा जाँचबुझ गर्दा मिन्हा हुन नसक्ने खर्चहरूसमेत समावेश गर्न छुटाई घटी घर निर्धारण गरेको पाइएकोले सो रकमसमेत आयमा समावेश गरी खुद आय कायम गरी कर निर्धारणसमेत गरी जरीवानासमेत गर्नुपर्ने हुन आएकोले ७ दिनभित्र सबूदप्रमाण पेश गर्नका लागि अन्तिम मौका प्रदान गरिएको छ भन्ने समेत व्यहोराको २ नं. क्षेत्र कर कार्यालय काठमाडौको आयकर ऐन, २०३१ को दफा ३३(४) अनुरूपको मिति २०५७।२।३० को पत्र । पुनरावेदक करदाताले २ नं. क्षेत्र कर कार्यालय काठमाडौमा Submission Of Details Of the f/y २०५४।०५५ भनी केही कागजसाथ