निर्णय नं. ८४९२ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९२ - अंश नामसारी भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०८/२८ ३८६२ निर्णय नं. ८४९२ ने.का.प. २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६३ सालको CI–०८३७, ०८३८ फैसला मितिः २०६७।८।२८।३ मुद्दाः– अंश नामसारी । पुनरावेदक वादीः जिल्ला नवलपरासी सरावल गा.वि.स.वडा नं.३ बस्ने रामनिवास नाउ विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला नवलपरासी मनरी गा.वि.स वडा नं. २ बस्ने गुलावीदेवी नाउ समेत पुनरावेदक प्रतिवादीः ऐ.ऐ. बस्ने गुलावीदेवी नाउ विरुद्ध प्रत्यर्थी वादीः जि. नवलपरासी सरावल न.पा.वडा नं. ३ बस्ने रामनिवास नाउ शुरु तहमा फैसला गर्नेः– मा.जि.न्या.श्री तेजबहादुर के.सी पुनरावेदन तहमा फैसला गर्नेः– मा.न्या.श्री पुरुषोत्तम पराजुली मा.न्या.श्री हरिबाबु भट्टराई § अलग–अलग ठाउँमा व्यवसाय गरी बसेको भन्दैमा स्वतः मानो छुट्टिएको मान्न मिल्दैन । अर्को स्थानमा बसी व्यबसाय गरे पनि अन्य कुनै परिवार सदस्य रहेको ठाउँमा सम्पत्ति जोर्न निजको योगदान नै नरहेको स्पष्ट रूपमा प्रमाणबाट नदेखिएसम्म जो जहाँ छ त्यो उसैको आर्जन मान्न नसकिने । § विभिन्न ठाउँमा बसोवास गर्ने क्रममा अंशियारमध्येका जुनसुकै व्यक्तिको नाममा सगोलको सम्पत्ति रहेको हुन सक्छ । अन्यथा प्रमाणित नभएसम्म वा कानूनबमोजिम निजी आर्जन ठहर्ने बाहेक एकाघर अंशियारमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.४) § व्यक्तिको अंशहक जस्तो विषयमा केवल अनुमानको आधारमा अंश नपाउने भनी ठहर गर्न न्याय र कानूनको रोहमा नमिल्ने । (प्रकरण नं.५) § एकाघर सगोलको एउटा अंशियारले अर्को अंशियारलाई सगोलको सम्पत्ति बकस गरिदिदैँमा निजी आर्जन मान्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता डिल्लीराम भण्डारी पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ता रामबन्धु शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः § अंशबण्डाको १८ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छः मूल पुरुष बाजे स्व.बुद्धु नाउको दुई छोरामा जेठो तीरथ नाउ र कान्छा जगलाल रहेकोमा जेठोबुबा तीरथ नाउ र निजकी श्रीमती आमा भगौती नाउको पहिले नै मृत्यु भै सकेको छ । पिता तीरथ नाउको हक खाने छोराहरू चार रहेकोमा जेठो छोरा म रामनिवास नाउ, माहिलो स्व.महेन्द्र नाउ, साइला प्रतिवादी सुदामा नाउ र कान्छा प्रतिवादी शिवनाथ नाउ रहेका छन् । महेन्द्र नाउको मृत्यु भैसकेकोले निजको हक खाने निजकी श्रीमती प्रतिवादी गुलावीदेवी नाउ, स्व.महेन्द्रको छोरा प्रेम नाउ र निज प्रेम नाउको श्रीमती प्रतिवादी अन्जनीदेवी नाउ छन् । बाजेको अंश हक खाने मेरो पिता तीरथ नाउ र जगलाल नाउ रहेकोमा पिता तीरथ नाउको मृत्यु भैसकेकोले निजको हक अंश खाने वादी प्रतिवादी गरी जम्मा चार जना छौँ । यसरी सगोलमा रहँदा विपक्षीहरूले आफ्नो मनोमानी गर्दै आएकाले र पारिवारिक संख्या बढेको हुँदा घर व्यवहार चलाउन अप्ठ्यारो परेको हुनाले विपक्षीहरूसँग पटक–पटक मेरो अंश भाग माग गर्दा अंश दिन इन्कार गरेकाले अन्यायमा परी म्यादभित्रै फिराद दिन अएको छु । तसर्थ सवूदप्रमाण बुझी अंशबण्डाको महलको २०,२१,२२ र २३ नं. बमोजिम विपक्षीहरू समेतबाट चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी