निर्णय नं. ३४७७ - हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४७७ - हक कायम समेत भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/०२ २२९७ निर्णय नं. ३४७७ ने.का.प. २०४५ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं.७४ फैसला भएको मिति : २०४४।५।२।५ मा निवेदक प्रतिवादी : भ.पु.न.पं.वार्ड नं. ७ बस्ने ज्ञानलाल गोसाई विरुद्ध विपक्षी वादी : भ.पु.न.पं.वडा नं.७ बस्ने मदुसुदन राजोपाध्यायसमेत मुद्दा : हक कायम समेत (१) कबूलियतउपर उजूर गरी बदर गराएको समेत नदेखिनाले मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं.बमोजिम सुनाउनै नपर्ने कागज सुनाई भएको कारवाहीलाई मान्यता दिई विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गर्न पर्ने भन्ने जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १९) निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : यस अदालत डिभिजन बेञ्चबाट मिति २०४२।२।३१ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा यसमा बेहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको हक कायम समेत भन्ने समेत मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई आएबमोजिम यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. भ.पु.न.पं.वडा नं.७ गोलमढीको पूर्व हर्षबहादुर नाइके भएको गुठीको गुसिपको किलाश, पश्चिम ऐ.का गौरीनारायण मास्के नाइके भएको गुठीको गुसिपको उत्तर बाटो र दक्षिण ऐ.का श्रीभक्तको बगैंचा यति चारकिल्लाभित्रको दुई कवल १ नाले २ तले पराले छानाको भ.पु. ढोका बाहिरका दुईवटा पोखरीमा राज भएको श्रीभिमसेनमा बली पूजा गर्नु पर्ने मुर्दा गुठीको गुसिपको घर हामीहरुको गुठीको हकभोग चलनको हो । उल्लिखित गुठीको गुसिपकोमा गुर्सी दाउरा राख्ने छिंडीको ठाउँ छाडी अरु बाँकी घर तल्ला भाग साल एकको वहाल रु.४।– लिने गरी विपक्षीलाई बस्न दिई भत्के बिग्रेमा र सालको एकपटक पराले छानो लगाउने समेत गरी विपक्षीले मिति २०१४।९।१६ मा बहाल कबूलियत गरी बसी आएको हो । सो घर भत्काई बनाउन भ.पु.न.पं.मा दर्खास्त गर्दा उक्त नक्शा दर्खास्त बदर गरिपाउँ भन्ने विपक्षीको उजूरीमा नक्शा बमोजिम घर बनाउन पाउने गरी मिति २०३२।२।२७ मा भ.पु. न.पं.का प्रधान अधिकृतको पर्चा भई मिति २०३२।१२।४ मा न.पं.सभाबाट सदर भएको । सो पर्चाउपर विपक्षीको सर्वोच्च अदालतमा रिट निवेदन परेको र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट हक बेहकको प्रश्न उपस्थित भएकोमा निर्णय गर्ने अधिकार नगर पञ्चायतलाई नभएकोले न.पं.को निर्णय बदर हुने ठहर्याई मिति २०३३।११।९ मा आदेश फैसला भएको मितिमै विपक्षीले आफ्नो भनी खिचोला समेत गरेकोले ऐनका म्यादभित्र फिराद गर्न आएका छौं । विपक्षीले आफ्नो भनी दावी लिएको गुसिपको घरमा हामीहरुको गुठीको हक कायम गरिपाउँ भन्ने समेत २०३३।१२।१२ को फिराद दावी । ३. वादी दावीको घर गुसिपको होइन सो घर सोबासी परापूर्वदेखि भोगचलन गरी बसी आएको घर हो वादीहरुको गुसिपको घर भए त्यसकुराको प्रमाण हुनु पर्ने पेश गर्नु पर्ने सो गर्नसकेको छैन । विपक्षीहरुको मागअनुसार धर्म विचारले सो घरको पूर्व तर्फको छोडी कवलामा वादीहरुलाई गुसिप राख्न सम्म दिएको थियो त