निर्णय नं. ८७९४ - सरकारी छाप दस्तखत कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७९४ - सरकारी छाप दस्तखत कीर्ते भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/०६/३० ४०३१ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६४–CR–०२९५, ०२९९ फैसला मितिः २०६८।६।३०।२ मुद्दाः– सरकारी छाप दस्तखत कीर्र्ते । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ३४ बस्ने एलिजा थापा विरुद्ध प्रत्यर्थी वादीः अमेरिकन राजदूतावासको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः अमेरिकन राजदूतावासको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला मोरङ्ग, टंकी सिनवारी गा.वि.स. वडा नं.७ घर भई विघटित प्रतिनिधिसभाका निर्वतमान सांसद हरिनारायण चौधरी शुरु फैसला गर्ने: मा.न्या.श्री केदारप्रसाद चालिसे पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री लक्ष्मणमणि रिसाल · आफ्नो नाममा कीर्ते गरी नागरिकता तथा राहदानी बनाई सोही आधारमा भीषा समेतको लागि निवेदन गरी सुविधा लिन खोजेको स्थितिमा त्यसरी बनाएको कीर्ते नागरिकता बन्ने बनाउने कार्यमा आफ्नो संलग्नता नभएको भन्ने भनाई स्वीकारयोग्य नहुने । (प्रकरण नं.२) · कीर्ते नागरिकता बनाउनु र राहदानीको माध्यमबाट विदेश जान सिफारिश गर्नु यी दुई कार्य पृथक पृथक हुन् । कीर्ते नागरिकता बनाउने कार्यमा संलग्नता छ भनी पोल गर्न नसकेको र वादी पक्षले समेत सो पुष्टि गर्न नसकेको स्थितिमा एउटाले कीर्ते कार्य गरेकोमा कीर्तेमा संलग्न नहुने अर्को व्यक्ति समेतलाई सजाय गर्नु फौजदारी न्यायको सिद्घान्तविपरीत हुने । · विदेश जान सिफारिश गरेकै आधारमा कीर्ते नागरिकता बनाउन संलग्नता छ भनी अनुमान र शंका गरी शंका र अनुमानकै आधारमा सजाय गर्नु न्यायोचित नहुने । · झूठो सिफारिश र सरकारी छाप दस्तखत कीर्तेको प्रकृति नै फरक भएको स्थितिमा झूठो सिफारिशलाई सरकारी छाप दस्तखत कीर्ते गरेको भन्ने विषयमा कीर्ते कागजको महलको कसूरले समेट्न नसक्ने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता किरण पौडेल प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा अधिवक्ताद्वय कृष्णप्रसाद सापकोटा तथा तीलप्रसाद गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः · कीर्ते कागजको १, ९ र १२ नं. फैसला न्या.तर्कराज भटृः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यसप्रकार छ :– एलिजा थापाले पदमा चौधरीको नामको १५७०४३६ नं. को राहदानी प्रयोग गरी सूचना तथा सञ्चार राज्यमन्त्री हरिनारायण चौधरीको श्रीमती बनी भीषा आवेदन गरेकोले तत्सम्बन्धमा अनुसन्धान कारवाही हुन भन्ने समेत व्यहोराको अमेरिकन राजदूतावासको पत्र । काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ३४ स्थित एलिजा थापा बस्ने गरेको घर खानतलासी गर्दा विभिन्न कागजातहरू र राहदानी समेत फेला परेको भन्ने समेत व्यहोराको वरामदी मुचुल्का । काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३४ बस्ने एलिजा थापाले अमेरिकन राजदूतावासमा ४ अक्टोवर २००३ मा पदमा चौधरीको नामबाट १५७०४३६ नं को राहदानी प्रयोग गरी हरिनारायण चौधरीको श्रीमती बनी आवेदन गरेको र २९ जनवरी २००३ मा १५८२१०७ नं को राहदानीको प्रयोग गरी सुनिता सिंहको नामबाट राष्ट्रिय सभाका सांसद रामजीवन सिंहकी श्रीमती बनी भीषा आवेदन गरेको भन्ने अमेरिकन राजदूता