निर्णय नं. ३४७८ - खिचोला दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४७८ - खिचोला दर्ता बदर भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०२/२७ २३३४ निर्णय नं. ३४७८ ने.का.प. २०४५ अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.ई.नं.९७, १०२ फैसला भएको मिति : २०४५।२।२७।५ मा पुनरावेदक प्रतिवादी : का.न.पं.वडा नं.१ बस्ने जनरल अरुणशमशेर ज.ब.रा.समेत विरुद्ध पुनरावेदक वादी : हिमालय जनता ट्रान्सपोर्ट एण्ड ईन्जीनियरिङ कम्पनी काठमाडौं तर्फबाट अख्तियार प्राप्त ऐ.का मेनेजिङ डाइरेक्टर वृजकिशोर कलवार मुद्दा : खिचोला दर्ता बदर (१) जग्गा राजीनामा पास गरेर दिइसकेपछि सो लिखतहरुलाई कानुन बमोजिम उजूर गरी बदर गराउनु बेगर दावीका जग्गाहरु वादीहरुको होइन भन्न मिल्ने देखिन नआउने, विवादीत जग्गामा वादीतर्फबाट जग्गामा लाग्ने तिरो तिरी आएको देखिएकोबाट उक्त विवादीत जग्गामा पुनरावेदक प्रतिवादीहरुको हक रहेको भन्न सकिने अवस्था छैन । (प्रकरण नं. १७) (२) मञ्जूरनामाको म्यादभित्र दाताले पनि भत्काई नलगेको मञ्जूरनामाले पाएको अख्तियार पाउनेले पनि नभत्काएकोले सो घरमा बकसपत्र पाउनेको हक पुगेको भन्न नमिलेकोले मन्जुरनामको शर्त बमोजिम यो फैसला भएको मितिले एक वर्ष भित्र मञ्जूरनामा गर्नेका हकवालाले भत्काई लैजानु सो म्यादभित्र भत्काई नलगेमा जग्गा पाउने प्रस्तुत मुद्दाका वादीकै हक कायम हुने । (प्रकरण नं. १९) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्त श्री रतनलाल कनौडिया फैसला न्या.हिरण्येश्वरमान प्रधान : यस अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुका बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ आज यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षीहरुको पिताजी हरि शमशेरबाट बागदरवार क्याम्प बाहिरको जग्गा मध्ये काठमाडौं माल अड्डाको लगत नं. ९ मा दर्ता बगैचा बारी रोपनी १–०–१ को कित्ता १ ऐ.दर्ता लुपाको भन्ने रोपनी जग्गा ०–७–१ को कित्ता १ समेत २ कित्ता जग्गा अवधकिशोरलाई बकसपत्र पारित भई २०२२ सालमा यस कम्पनी रजिष्टर्ड भएपछि त्यसै जग्गामा बसेको हुनाले मिति २०२३।५।१६ मा छोडपत्र गरी पारित भई यस कम्पनीको नाममा दर्ता भई भोगचलन गरी आएको ३ नं. नापी गोश्वाराबाट नापी हुँदा ३१८, ३१९ दुई कित्ता भएको हाल ठहर रोपनी थाहा हुन नसकेको साविक दर्ता अनुसार रोपनी १–७–२ जग्गा दर्ता गर्न जाँदा विपक्षीहरुले बागदरवार कम्पाउण्डभित्रको जग्गा रोपनी ११७–३–१–३ को दर्ता प्रमाण देखाएबाट तेरो मेरोमा उजूर गर्न जानू भनी सुनाएको विपक्षीहरुको जग्गा भएको घर बनाउन नक्शा पासलाई दर्खास्त दिंदा कुनै उजूर नपरी नक्शा पास कसरी भयो नभए आफ्नो हकको जग्गा हक छाडी अन्यत्र दिएलिएको उजूरी गरी आफ्नो मात्र बदर गराउन सकेको हुनु पर्ने सो पनि छैन । मोल बिगो २०,०००।– जाने जग्गा हाल नापी हुँदा कि.नं.३१८,३१९ समेत दुई कित्ताको हालै ठहर रोपनी थाहा हुन नसकेको साविक दर्ता अनुसार रोपनी १–७–२ जग्गामा विपक्षीहरुको खिचोला मेटाई फिल्ड बुकमा दर्ता गरेको बदर गरी कम्पनीको नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावीको जग्गा समेतको सम्पूर्ण बागदरवार कम्पाउण्ड हामीहरुको हक भोगको हो । वादी दा