निर्णय नं. ३४७९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४७९ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/१२/०३ २३२६ निर्णय नं. ३४७९ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको फौ.पु.नं. ४८१,५३५र ६५३ सम्वत् २०४३ सालको साधक नं. ६८ फैसला भएको मिति : २०४४।१२।३।४ मा पुनरावेदक प्रतिवादी : कास्की चापाकोट गा.पं.वा.नं.३ बस्ने गौमती थापा मगरसमेत विरुद्ध प्रत्यर्थी वादी : कृष्णप्रसाद अधिकारीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादी : पुनरावेदक कृष्णप्रसाद अधिकारीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी : कास्की चापाकोट गा.पं.वा. नं.३ बस्ने गौमती थापा मगर मुद्दा : कर्तव्य ज्यान (१) सावितीलाई पारस्परिक सहअभियुक्तको भनाई तथा घर धनीको बयान तथा घटनास्थलको रगत लागेको माटो तथा सरजमिनको बकाई समेतका आधार प्रमाणबाट प्रत्यवादीलाई शूरुले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३७) (२) जनाना जातीलाई सत्य डगाउने उद्देश्यले रातको समयमा परपुरुषले साडी तान्न आएपछि पुच लागी बस्ने अवस्था नभएको र सो कुराको बचावटको लागि चप्पलले हिर्काउनु र हल्ला गर्नु समेतका कुरा यती अस्वभाविक भन्न र ज्यान मार्ने उद्देश्यले नै गरेको भन्न मिल्ने देखिएन, त्यस्तो स्थितिमा निज पुनरावेदीकालाई १७(३) अनुसार ३ वर्ष कैद गरेको मिलेको देखिएन निजलाई ऐ.महलको १७(३) अनुसार २ वर्ष कैद हुने । (प्रकरण नं. ३७) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की विपक्षी, प्र.पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल प्र.पुनरावेदक, तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रामजी विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।६।१।४ को फैसलामा चित्त बुझेन भनी प्र.मध्येका गौमती थापा मगर र प्र.देउबहादुर गुरुङ तथा वादी श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन परी पुनरावेदनसाथ साधकको रुपमा समेत निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षिप्तमा निम्न प्रकार छ । २. २०४०।३।१२। गतेको दिन अं.१ बजेको समयमा मेरो भाइ जे. टि.बद्रीनाथ र गौमती थापा मगर भन्ने केटी संगसंगै साईकल लिई सदि भन्ने ठाउँमा साइकल राखी खपाउदी भन्ने ठाउँमा खिनेको बहिनीको दोकानमा दुवैले खाजा खाई त्यहाँबाट पामेतर्फ लागेका रहेछन् निज बद्रीनाथ १२ गतेबाट घरमा नआएकोले खोज तलाश गर्दै २०४०।३।१६ दिन जाँदा जे.टि.बद्रीनाथलाई ढल्केवर नजदिकै सिन्धुरे खोला भन्ने ठाउँमा लाश फालेका छन् भन्ने खबर पाई हेर्न गएकोमा भाइ बद्रीनाथकै लाश देखेकाले जाहेर गर्न आएको छु । निज गौमती थापाकै कर्तव्य र षडयन्त्रबाट भाइ जे.टि.बद्रीनाथको मृत्यु भएकोले कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने कृष्णप्रसादको जाहेरी दर्खास्त । ३. बायाँ हातको बुढी र माझी औलानेर ३।३ ईन्च लामो छाला काटिएको जस्तो घाउ देखिएको सोही हातको नारीमा ३ इन्च लामो धर्के घाउ । बाया आँखा मुनि कोपेको जस्तो घाउ देखिएको लाश कुहिएको अवस्थामा रहेको भन्ने लाश जाँच प्रकृति मुचुल्का । ४. लाश पानीमा डुबी सडेगलेको हुँदा मृत्युको कारण पत्ता लगाउन नसकिने भन्ने मेडिकल जाँच रिपोर्ट । ५. २०४०।३।१२ गते जे.टि.बद्रीनाथ र म फलफूलका विरुवाहरु लिई खपाउदी तिर लाग्यौं । खपाउदी खिनेको बहिनीको दोकानमा रक्सी माछा खाई पामेतर्फ लाग्यो । मानबहादुरको भट्टी