निर्णय नं. ३४८१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८१ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/१२/०३ २१९९ निर्णय नं. ३४८१ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४ सालको फौ.पु.नं. ६४२, ६५२ फैसला भएको मिति : २०४४।१२।३।४ मा पुनरावेदक प्रतिवादी : कारागार शाखा दाङमा थुनामा रहेको शालिकराम गुप्तासमेत विरुद्ध विपक्षी वादी : शालिकरामको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) आफ्नो जिवन साथीका रुपमा घरमा बसी आफ्नो सेवा गरेकी कलकलाउँदो युवतित्व अवस्थाकी अर्धाङ्गीनी श्रीमती माथि अन्य साथी समेतको सहारा लिई हात समाउन लगाई पाता कसी तेजाब हाली जिवित शरिरमा आगो सल्काई दिने जस्तो जधन्य हिंसा गर्ने व्यक्तिहरुमध्ये मुख्य अपराधीलाई ज्यानसम्बन्धीको १३ (३) अनुसार सजायँ गर्ने इन्साफ मिलेको देखिने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४३।१०।२९ का फैसला उपर उल्लिखित प्रतिवादीहरुको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदनहरु परी दर्ता भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. कोलादेवी गुप्तालाई मैले २०३८ साल जेष्ठमा विवाह गरी पटक–पटक घरमा ल्याई हाल माईतैमा बसेकी हुँदा मिति २०४०।१।१९ गते माइतीबाट घरमा ल्याई राखेको र पछि २०४०।२।१ गते बेलुका अं.५½ बजेको समयमा रामसेठ गुप्ता र म दाङ गणेशपुर मिनाकुमारीको घरमा गई बेलुकी अं.७½ बजे दाङ तुल्सीपुर बजारमा फर्की आई ध्वजबहादुर के.सी.को होटलमा म र मेरो साथी रामसेवल गुप्ता र तुल्सीपुर बस्ने रजिगोपाल गुप्ता समेत भई खाना खाई म मेरो बहिनीको निमन्त्रणा कार्ड लिई दाङ हेमन्तपुर बस्ने दलबहादुर बुढाथोकीको घरमा पुर्‍याउन ऐ.रात्री ९ बजेको समयमा गएको थिएँ । जाँदा मेरो साथमा रामसेठ गुप्ता राजगोपाल गुप्ता साथै दाङ पर्सेनीसम्म गयौं । एकले कार्ड पुर्‍याई फर्की आउँदा ऐ.रात्री १२ बजे पर्सेनीबाट निज रामसेठ गुप्ता समेत हामी ३ जना फर्की आई उक्त होटलवाला ध्वजबहादुरको घरमा सुत्यौं, भोलिपल्ट विहान अं.५½ बजेको समयमा मेरी दिदी पुतली गुप्ता, चन्दा गुप्ताले बोलाएको छन् भनी मलाई होटलवालाले भनेको हुँदा म त्यस ठाउँबाट दिदी भएको ठाउँमा आउनासाथ तेरी श्रीमती आगोले पोली घाइते भई दाङ तुल्सीपुर हेल्थपोष्टमा उपचार गर्दा मरिसकिन भनी मलाई भनेको हुँदा म उक्त ठाउँमा गई देखेको हुँदा भएको व्यहोरा खोली जाहेर गरेको छु भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. २०४०।२।१ गते अं.१२½ बजेतिर साथी रामसेठ र म दुइजना भई मेरो घरमा आयौं । घरमा श्रीमतीले दालभात पकाई ढोका बन्द गरी बसेकी रहीछ । हामीले निको ढोका लात्तीले हानी भित्र पस्यौं । श्रीमती र मेरो बीच वैवाहिक सम्बन्ध अधिदेखि नै नराम्रो भएकोले रीस मात्र उठेको थियो । त्यसपछि साथीले श्रीमतीको हात पछाडि लगी बाँधी दिए । मैले कपडाको पट्टीले मुख र खुट्टा समेत बाँधी भुईमा पल्टाई कपालको रौं ब्लेडले काटी मैले औषधिको लागि ल्याएको तेजाब हातमा र शरिरमा दली दिएँ । ठाउँ ठाउँबाट आगो लगाई दिएँ । आगोले आधा शरिर जली सकेपछि हामी त्यहाँबाट भागी तुल्सीपुर ध्वजबहादुरको होटलमा सुत्यौं । भोलिपल्ट त्यहाँ जाँदा निजको मृत्यु भइसकेको थियो । कोलादेवीलाई हामीले मारेका हौ भन्ने सम