निर्णय नं. ३४८२ - कुटपिट ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८२ - कुटपिट ज्यान भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/२५ २४९७ निर्णय नं. ३४८२ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४३ सालको फौ.पु.नं. ५१४, ५८४ फैसला भएको मिति : २०४५।४।२५।३ मा पुनरावेदक वादी : कुमाल खकुरेलको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादी : का.न.पं.वा.नं.४ बस्ने रामराजु नायडुसमेत पुनरावेदक प्रतिवादी : ऐ.बस्ने रामराजु नायडु विरुद्ध विपक्षी वादी : श्री ५ को सरकार मुद्दा : कुटपिट ज्यान (१) ज्यान लिने मनसाय इविलाग नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्ने । (प्रकरण नं. ३१) (२) तत्काल उठेको रिसबाट मार्ने सम्मको काम कारवाई गरेको भन्ने समेत देखिन नआएको, केवल घरको कौषीमा झगडा गर्न र सो कौषीबाट कोही खस्न गई मृत्यु हुनसक्ने स्थिती सम्मलाई हेलचक्रयाई हुन गएको देखिने । (प्रकरण नं. ३१) (३) हेलचक्रयाईको कारणबाट मृतक कौषीबाट खस्न गई सोही खसेको चोटबाट उपचार हुदैको अवस्थामा मरेको देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) नं.बमोजिम सजायँ गरेको मनासिब ठहर्ने । (प्रकरण नं. ३१) वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।२६।५ को फैसला उपर चित्त नबुझी वादी तथा प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०४०।९।४ गते बुहारी सानुनानी मसंग झगडा गरिरहेको अवस्था रामराजु नायडु निजको श्रीमती सीतासमेत आई म र मेरो स्वास्नीलाई कुटपिट गरी वीर अस्पताल भर्ना भएकोमा स्वास्नी ज्ञानु खकुरेलको २०४०।९।१९ मा मृत्यु भएकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोरा जाहेरी दर्खास्त । ३. हात र पछाडि ढाडमा समेत चोट भई १३ टाँका सिलाएको समेत देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. २०४०।९।४ गते रामराजु समेत जाहेरवालाको घरमा आई सानुनानीको बारेमा जाहेरवालासंग बाझबाझ गर्न थाले एकछिन पछि ढाङढुंङको आवाज आई हेर्न जाँदा जाहेरवाला र निजकी स्वास्नी ज्ञानु आँगनमा लडी रहेको देखेँ भन्ने समेत व्यहोराको मिनबहादुर कटुबालको कागज । ५. रामराजु समेत जाहेरवालासंग झगडा गरेको सुनी हेर्न आउँदा जाहेरवाला र निजको श्रीमती आँगनमा लडेको देखेँ भन्ने समेत व्यहोराको रिचार्ड लाइवोर्नको पत्र । ६. सानुनानीलाई पुर्‍याउन मेरो छोरी प्रतिमा र निजकी साथी बिना समेत जाहेरवालाको घरमा गएका नफर्केकोले जाहेरवालाको घरमा जाँदा प्रतिमाहरु बाहिरै रहेछन् । जाहेरवालासंग छोरीहरु यतिन्जेल किन आएनन् भनी लिन आएको भन्दा मेरी बुहारी पठाउने तँ को होस भनी गाली गर्न थाले यसरी गाली नगर्नुस भनी हामी कौषीबाट तल झर्न लाग्दा जाहेरवालाले रडको कुर्सिले मेरो टाउकोमा पर्ने गरी हानेकाले म मुर्छा भएँ । यसरी हान्दा हान्नु हुँदैन भनी जाहेरबालको श्रीमती ज्ञानु छेक्न आएकी थिइन मैले कुटपिट गरेको छैन भन्ने समेत व्यहोराको रामराजु नायडुले प्रहरीमा गरेको कागज । ७. सानुनानीलाई उस्को घर पुर्‍याउन म समेत गएकोमा जाहेरवालाले किन आइस भनी गाली गरे हामी बाहिर बसी रह्यौं । बेलुका प्रतिमाको बाबु आमा जाहेरवालाको घरमा आई हामीलाई बोलाउँदा सान