निर्णय नं. ३४८३ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८३ - जिउ मास्ने बेच्ने भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०५/२२ २२९३ निर्णय नं. ३४८३ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ६०५ फैसला भएको मिति : २०४५।५।२२।४ मा पुनरावेदक प्रतिवादी : कारागार शाखा भद्रगोल काठमाडौं थुनामा रहेको बन्दी १० नम्वरी भोटे भन्ने बलबहादुर सार्कीसमेत विरुद्ध विपक्षी वादी : श्री ५ को सरकार मुद्दा : जिउ मास्ने बेच्ने (१) पछि संशोधन भएको न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(३) बमोजिम सो संशोधन अघि भएको फैसला उपर पुनरावेदन लाग्न नसक्ने । (प्रकरण नं. १९) फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।१२ को फैसला उपर कारागार मार्फत पर्न आएको पुनरावेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. वर्ष १४ की तुल्सा थापा भन्ने केटीलाई भगाई बम्वई ल्याई कान्छा सार्की, दश नम्वरी भन्ने बलबहादुर, भोला भन्ने बाहुला कामी, कान्छा कामी समेतले बिक्री गरी वेश्यावृत्तीमा लगाई दिंदा बिरामी छिन् भन्ने इन्टरपोल नयाँ दिल्ली भारतको टेलीग्राम पत्र । ३. १४ वर्षको मिस तुल्सा थापालाई अपहरण गरी बम्बईमा वेश्यावृत्तीको काम गर्नको लागी कान्छा सार्की र बलबहादुर समेतले बेचेको भन्ने अभियोगमा बम्बई प्रहरीले निजहरुलाई कारवाही गर्नको लागी पक्राउ गर्नेतर्फ खोजी रहेको भन्ने इण्टरपोलको टेलिग्राफ प्राप्त भएकोले आवश्यक कारवाही गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ भन्ने समेत प्रहरी प्रधान कार्यालय इण्टरपोल शाखाको मिति २०३९।९।१३।३ को पत्र । ४. मिति २०३८।११।२७।३ गते मदिसेहरुको होली हेर्न भनी नारायणघाट बजार जाँदा दिउँसो अंदाजी ३।४ बजेको समयमा पर्चा बजारमै गाउँकै वीरध्वज थापाकी छोरी वर्ष १४ की तुल्सा थापा क्षेत्रीलाई धुम्ती दोकानमा बसिरहेको देखी कहाँबाट आएको तुल्सा भन्दा म घरबाट आएको भनी सकेपछि मेरो पछि लागेकोले यो केटीलाई कसैले बम्बईतर्फ बिक्री गर्न लान्छ कि भनी ल्याई मेरो डेरामा लगेर मेरो डेरामा लोग्ने मान्छे मात्र छ तिमी मैले चिनेको मानिसको डेरामा बस भनी नारायणघाट संगमचोकमा लुगा सिउने काम गरी बसेका बाबुलाल भन्ने उत्तरकुमारलाई वर बोलाई ल्याई यो केटी मेरो ठाउँको, तिम्रो स्वास्नी माहिली दमाई र सालो सन्ते दमाई समेत भएर बम्बईमा बिक्री गरी आएको रुपैयाँ मलाई समेत दिनु भनी गरेको सल्लाह अनुसार म अन्यत्र गई उत्तमकुमार, सन्ते दमाई, १० नम्वरी भोटे भन्ने बलबहादुर सार्की समेत भई तुल्सा थापालाई बम्बई लगी बिक्री गरेको कुरा मिति २०३९।४।२३ गते नारायणघाट आएको २।४ दिन पछि मात्र थाहा पाएको छु । रुपैयाँ लिए खाएको छैन भन्ने समेत व्यहोराको कान्छा सार्कीले प्रहरीमा गरेको बयान कागज । ५. मिति २०३८।११।२६,२७ गतेतिर कान्छा सार्कीले उसैको घरगाउँको १४ वर्षकी तुल्सा थापा नाउँकी एक केटीलाई नारायणघाट बजारमा अलपत्र परी फेला परेको भनेर उत्तरकुमारको पसल डेरामा राखी राखेको रहेछ । त्यतिखेर कान्छा सार्की त्यहाँ थिएन । यो केटीलाई तपाई हामी भएर भगाई विदेश भारत बम्बैमा लगी बिक्री गर्न तपाईले पनि मद्दत गर्नु पर्‍यो भनी भनेको सल्लाह अनुसार भोलिपल्ट बाबुलाल भन्ने उत्तरकुमार निजको सालो सन्ते दमाई र म नचिनेको २ जनासहितको तुल्सा थापालाई बीरगन्जबाट भारतको रक्सौलमा पुर्‍याएपछि सन्ते र म समेत भई यो केटीलाई विक्री गरी आउँछौ तिमी यहाँबाट फर्क पैसा पछि मिलाउँला यो कुरा कसैलाई पनि नभन्नु भनेकाले