निर्णय नं. ३४८५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८५ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०५/२७ २५७५ निर्णय नं. ३४८५ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. २५४८ आदेश भएको मिति : २०४५।५।२७।५ मा निवेदक : कारागार शाखा भद्रगोलमा थुनामा रहेको प्रकाशप्रसाद शर्मा विरुद्ध प्रत्यर्थी : राजश्व न्यायाधिकरण, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) चोरी पैठारी गरेको भन्ने मुद्दा भन्सार ऐन, ०१९ को दफा ३४.८(क) अनुसार सजायँ हुने मुद्दा शुरु कारवाही किनारा गर्न भंसार कार्यालयलाई र सो उपर पुनरावेदन सुन्ने राजश्व न्यायाधिकरणलाई कानुनद्वारा अधिकार दिएकै देखिने । (प्रकरण नं. १०) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. म निर्दोषीलाई भंसार महसूल नतिरी सुन पैठारी गरेको भन्ने झुठ्ठा अभियोग लगाई कारवाही चलाई मलाई कसूरदार ठहर्‍याई भंसार ऐन, २०१९ को दफा ३४ को उपदफा (८)(क) लगाई २०४३।१२।९ मा सजायँ तथा जरिवाना गरे उपर पुनरावेदन गर्दा विपक्षी राजश्व न्यायाधिकरणबाट विपक्षी भंसार कार्यालयकै इन्साफ सदर गरी २०४४।२।५।३ मा फैसला गरी पुनरावेदन गरे बापत कैद दिन १२ र थप जरिवाना रु.६,७२,८६५।६० गर्ने गरिएको छ । ३. सुन पैठारी गरेको भनी भंसार ऐन, २०१९ को दफा ३४ को सुन चोरी पैठारी गरेको भन्ने दावीको मुद्दा भंसार ऐन, २०१९ अन्तर्गत पर्ने नभई निकाशी पैठारी (नियन्त्रण) गर्ने ऐन, २०१३ को अन्तर्गत पर्ने हुन्छ । भंसार ऐन, २०१९ को दफा ३(ठ) मा चोरी पैठारीको परिभाषा गरिए अनुसार माल वस्तु पैठारी गर्दा तिर्नुपर्ने भंसार महसूल नतिरी वा बाटो छली वा लुकाई ल्याएको लगेको कामलाई मानेको छ । त्यस्तै सोही ऐनको दफा २(ख) तथा (ग) मा उल्लेख गरिएको परिभाषा र दफा ६ मा गरिएको कानुनी व्यवस्थाले समेत भंसार महसूल नतिरी ल्याउन पाउने समान वस्तुहरु भंसार महसूल नतिरे नबुझाएको अवस्थामा मात्र लागू हुने हो । सुनलाई भंसार महसूल तिरी ल्याउन पाउने विषय मानेको नहुनेले भंसार ऐन, २०१९ को कुनै पनि दफा अन्तर्गत पर्न आउने हुँदैन । यस्तोमा लाग्न नसक्ने कानुन लगाई सुन जफत गरी सजायँ तथा जरिवाना गर्ने गरेको फैसलाहरु प्रत्यक्ष रुपमा कानुनी त्रुटिपूर्ण छन् । ४. मैले आफूखुसी सुन ल्याएको पैठारी गरेको होइन पेशा अपनाएको पनि होइन आफ्नो नातेदार भेट्न गई फर्की हवाइजहाजमा हङ्गकङ्गबाट आउँदा मसँग केही नभएको र म देखि अपरिचित व्यक्तिले केही रुपैयाँको लालचा देखाएको र त्यसरी सुन ल्याउन हुँदैन भन्ने मलाई यथार्थ जानकारी नहुँदा अज्ञानतावस ल्याएको हुँ । निकाशी पैठारी ऐन, २०१३(३) ले अधिकार दिए अनुसार २०४०।४।१ को राजपत्रमा प्रकाशित सूचनाले सुनलाई पैठारी गर्न नियन्त्रण गरिएको रहेछ त्यस्तै २०४०।४।१७ गतेको राजपत्रमा प्रकाशित अर्थ मन्त्रालको सूचना अनुसार झिटी गुण्टा नियमको दफा २ बमोजिम ३ तोलासम्मको सुन ल्याउँदा भंसार महसूल नलाग्ने र ल्याउन पाउने रहेछ अरु बढी सुन ल्याउन नपाउने रहेछ मलाई थाहा थिएन । मैले अज्ञानतावस ल्याउँदा मबाट बरामद भएको सुन मध्ये तोला ३ मलाई दिई अरुमा निकाशी पैठारी नियन्त्रण ऐन, २०१३ अन्तर्गत मुद्दा चलाई ३ तोला सुनको बिगो बाहेक गरी मात्र कारवाही गर्नुपर्नेमा नलाग्ने भंसार ऐन, २०१९ लगाई कारवाही सजायँ र जरिवाना गरी प्र.प.अं. गोविन्