निर्णय नं. ३४८६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/१९ २७५६ निर्णय नं. ३४८६ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. १७५५ आदेश भएको मिति : २०४५।४।१९ मा निवेदक : महोत्तरी इठरवाकटी गा.पं.वा.नं.१ बस्ने राधारमण सिंह विरुद्ध विपक्षी : श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) समान व्यक्तिहरुलाई असमान बनाई कानुनको प्रयोग गर्नु असमानता हुने । (प्रकरण नं. १०) (२) निजामती सेवामा विशेषज्ञीकरण गराउने नीति अनुरुप नेपाली भाषा राष्ट्र भाषा भएको, संस्कृत धेरै भाषाको मूल भाषा भएको र अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएबाट मात्र ती भाषाको स्नातकोत्तरलाई उपल्लो उपाधि वा डिग्री मानेको हिन्दी सरहका अन्य भाषालाई त्यस प्रयोजनको लागि नमानेको भन्ने निजामती कर्मचारीको सम्बन्धमा नीति निर्देशन गर्ने मन्त्रालयले नै लेखी पठाएबाट अंक निर्धाण गर्न मापदण्डको औचित्यमा प्रवेश गरी असमानता भयो भनी मान्न नसकिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य निवेदन जिकिर यसप्रकार रहेछ । २. म निवेदक २०१७ सालमा रा.प. तृतीय श्रेणीको शाखा अधिकृत नियुक्ति भई २०२६ मा उपसचिव पदमा बढुवा भई सेवा गर्दै आएको छु । बढुवाको प्रयोजनको लागि श्री ५ को सरकारले एक स्नाकोत्तर डिग्री वा उपाधिलाई मात्र लिइने गरी निजामती सेवा नियमावली संशोधन गरी २०४२।१।१ को खण्ड ३५ अतिरिक्तांक ग को राजपत्रमा जम्मा २० विषयलाई समावेश गरीयो । २०४२ साल आषाढ २१ गतेको राजपत्रमा पुनः न्युनतम शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित उपाधि गणना गर्नु पर्दा निम्न लिखित विषयको मास्टर्स डिग्री गणना गरिने छ भनी विज्ञान लगायत थप ९ विषयलाई मान्यता दिइयो । म निवेदक रा.प.प्रथम श्रेणीको संभाव्य उम्मेदवार हुँदा मेरोे समेत हक हित संरक्षण गरी सा.प्र. मन्त्रालयले निर्णय गर्न पर्नेमा नगरी मैले प्राप्त गरेको स्नाकोत्तर डिग्रीको विषयलाई समेत समावेश गरी राजपत्रमा प्रकाशित गर्नु पर्नेमा सो नगरी सामान्य प्रसाशन मन्त्रालयले गरेको निर्णय त्रुटिपूर्ण हुनाले रिट जारी हुन पर्ने अवस्था र आधार निम्न लिखित दर्शाउँछु । ३. निजामाती सेवा (बाइशौं संशोधन) नियमावलीको नियम ११ बमोजिम नियम ३.५ को उपनियम ६ को खण्ड (ङ), यस उपनियमको खण्ड (ख) को उपखण्ड (ख) को प्रयोजनको लागि राजपत्राङ्कित पदमा बढुवाको सम्बन्धमा सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित उपाधि भन्नाले प्रशासन सेवाको लागि अनुसुची ३(क) मा तोकिएको विषयमा हासिल गरेको एक स्नातकोत्तर डिग्री वा उपाधिलाई मात्र लिइने छ र अन्य सेवा समुह वा उपसमूहको लागि सम्बन्धित नियममा माथिल्लो उपाधि भनी तोकिएको एक उपाधिलाई मात्र लिइने भन्ने ऐन व्यवस्था गरेको पाइन्छ । हिन्दी साहित्य र नेवारी साहित्यलाई पनि उक्त राजपत्रमा प्रकाशित गर्नु पर्नेमा नगरेको हुनाले अनुसूची ३(क) नेपालको संविधानको धारा १ र धारा १०(१) को विपरीत हुन गएको प्रष्ट छ । त्रि.वि.वि.बाट स्वीकृत विषय भएको र श्री ५ को सरकारको छात्रवृत्ति अतर्गत मैले स्नातकोत्तर डिग्री प्राप्त गरेको हुँ । कानुनको समा