निर्णय नं. ३४८७ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८७ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०३/२२ २५६८ निर्णय नं. ३४८७ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहदुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १३११ आदेश भएको मिति : २०४५।३।२२।४ मा निवेदक : हिमालय जनता ट्रान्सपोट एण्ड ईन्जीनियरिङ कम्पनी प्रा.ली. काठमाडौंको तर्फबाट अधिकार प्राप्त ऐ. को मेनेजिङ डाईरेक्टर बृज किशोरकलवार विरुद्ध विपक्षी : कर कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आयकर नियमावली, २०३९ को उपनियम (१) मा ऐनको दफा ३७ को उपदफा (३) को खण्ड (घ) बमोजिम कर कार्यालयले लिलाम बिक्री गर्दा अचल सम्पत्तिका हकमा ३५ दिन र चल सम्पत्तिका हकमा १५ दिनको म्याद टाँसी यथासम्भव स्थानीय पत्र–पत्रिकामा समेत सूचना प्रकाशित गरी स्थानीय प्रशासनका प्रतिनिधिलाई साक्षी राखी बढाबढ गरी लिलाम बिक्री गर्नुपर्ने । (प्रकण नं. ११) (२) उपनियम (२) मा उपनियम (१) बमोजिम लिलाम बिक्री गर्नु भन्दा अघि स्थानीय प्रशासनको र नजिकको अन्य कुनै एक अड्डाको प्रतिनिधि राखी लिलाम गरिने सम्पत्तिको पञ्चकृति मोल कायम गर्नुपर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. स्व. फिल्ड मार्सल हरि शमशेर ज.ब.रा.को बाग दरवार क्याम्पस बाहिरको स्वआर्जनको जग्गा मध्ये पूर्व टुंडीखेलबाट त्रिपुरेश्वर जाने मूल सडक, पश्चिम बारी पोखरी, उत्तर काठमाडौं ट्रान्सपोर्ट कम्पनीको पेट्रोलपम्प र जग्गा, दक्षिण ज.अरुण शमशेर ज.ब.रा.को क्याम्प पर्खाल यति ४ किल्लाभित्रको काठमाडौं माल अड्डाको लगत नं. ९ मा दर्ता भएको लुपाका भन्ने जग्गा रोपनी ०–७–१ को कित्ता १ समेतको जग्गा रोपनी १–७–२ लम्वाई फुट १२० चौडाई फुट ६९ को दुई कित्ता जग्गा दर्तावाला फिल्ड मार्सलले का.जि.मखन बस्ने अवध किशोरलाई २०२०।८।२४ मा घरसारमा र ऐ. २५ गते काठमाडौं रजिष्ट्रेशन अड्डा मार्फत रजिष्ट्रेशन नं. २४८९ बाट हालै देखिको बकसपत्र पारित गरिदिनु भई सोही मितिमा सोही जग्गा भएको घर विषयमा पनि मञ्जूरनामाको कागज गरिदिनु भई अवधकिशोरको नाममा दर्ता नामसारी तिरो भरो समेत भई ०२३।५।१६ मा काठमाडौं रजिष्ट्रेशन अड्डा मार्फत रजिष्ट्रेशन नं. ४५९ बाट अवधकिशोरले यस कम्पनीलाई छोडपत्र पारित गरिदिनु भएकोले यस कम्पनीको नाममा दर्ता नामसारी भई सो सम्पूर्ण जग्गाको तिरो तिरान समेत गरी अद्यपि यस कम्पनीले भोगी आएको र सोही जग्गा नयाँ घर बनाउने स्टीमेट गरी नक्शा समेत तयार गरी का.न.पं.बाट ०२४।२।५।६ मा नक्शा समेत पारित भइसकेको छ । उक्त जग्गा ३ नं. नापी गोश्वारा मार्फत नापी हुँदा काठमाडौं न.पं.वा. नं. ११ कि.नं.३१८ तथा ३१९ मा नापी भई ३ नं.ना.गो.को मिति २०३३।९।७ को निर्णय अनुसार सो जग्गा समेत ज.अरुण शमशेर ज.ब.रा.तथा वृ.ज.शुशिल शमशेर ज.ब.रा.को संयुक्त नाममा अस्थायी दर्ता गरी चित्त नबुझे ३५ दिनभित्र जि.अ.मा उजूर गर्न जानु भनी मिति २०३३।९।१०।६ मा पत्रबाट पठाएको सूचना मिति २०३३।९।१३ मा प्राप्त भई म्यादभित्र काठमाडौं जि.अ.मा निवेदकले खिचोला दर्ता