निर्णय नं. ९१३४ - कुटपीटबाट गर्भपतन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१३४ - कुटपीटबाट गर्भपतन भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७०/०३/०९ ४२०७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।३।९।१ ०६७-CR-०४६२ मुद्दा : कुटपीटबाट गर्भपतन । पुनरावेदक/वादी : जिल्ला सप्तरी हर्दिया गाउँ विकास समिति वडा नं. ४ बस्ने विन्दीलाल चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी गाउँ विकास समिति हर्दिया वडा नं. ४ बस्ने कलावती चौधरीसमेत § जाहेरवाला र स्वंयम् पीडितले वारदातका विषयमा नै विरोधाभाष कुरा उल्लेख गर्नु र पीडितको शारीरिक परीक्षणसमेतबाट कुटपीट गरेको कुनै चिन्ह नपाइनुबाट वारदात नै स्थापित हुन सक्ने अवस्था छैन । वारदात स्थापित हुने त्यस्तो विश्वासप्रद प्रमाणसमेत वादी पक्षबाट गुजार्न सकेको पाइदैन । वारदात नै स्थापित हुन नआएको अवस्थामा जाहेरवाला तथा पीडित भनिएकी मिनाकुमारीले शंकास्पद किसिमले व्यक्त गरेका कुरालाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक/वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटा प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ नं. । सुरू तहमा फैसला गर्ने :- मा.जि.न्या. श्री टेकराज नेपाल पुनरावेदन तहमा फैसला गर्ने :- मा.न्या. श्री शम्भुबहादुर खड्का मा.न्या. श्री कुमार चुडाल ‍ फैसला न्या.तर्कराज भट्ट : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :- मिति २०६२।५।४ गते मेरो पोखरीको डीलमा प्रतिवादीमध्येकी कलावती चौधरीले घाँस काटिरहेकी मेरी गर्भवती श्रीमतीले देखि घाँस काट्न मनाही गर्दा निज कलावती चौधरी आवेशमा आई मेरी श्रीमतीलाई लछार पछार गर्दा सोही स्थान नजिकै धान काटिरहेका अन्य प्रतिवादीहरूसमेत आई लछार पछार कुटपीट गरी मेरी श्रीमतीको पेटमा भएको ६ महिनाको गर्भपतन गराएको हुँदा प्रतिवादी कलावती चौधरी, प्रतिवादी ममता चौधरी, प्रतिवादी रामकुमार चौधरी, प्रतिवादी कानन चौधरी र प्रतिवादी रूकमणि चौधरीसमेतलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको पीडित मिनाकुमारी चौधरीका श्रीमान विन्दीलाल चौधरीको जाहेरी दरखास्त । म मेरो पोखरीमा नुहाउन भनी गएकोमा सोही पोखरीको डीलमा प्रतिवादी कलावती चौधरीले घाँस काट्दै गरेको देखि घाँस काट्न मनाही गर्दा निज कलावती चौधरीले वादविवाद गरी लछार पछार गरी सोही पोखरी नजिकै धान काटिरहेका अन्य विपक्षीहरूसमेत उक्त स्थानमा आई मलाई कुटपीट गरी प्रतिवादीमध्येका रामकुमार चौधरीले मेरो पेटमा लात्तीले हानी थिचेकोले मेरो ६ महिनाको गर्भको बच्चाको मृत्यु भएको हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको बुझिएकी मिना कुमारी चौधरीको कागज । जिल्ला सप्तरी गाउँ विकास समिति हर्दिया वडा नं. ४ स्थित विन्दीलाल चौधरीको माछा पोखरी दालवाली लगाएको स्थानमा प्रतिवादी कलावती चौधरीसमेतका प्रतिवादीहरूले मिनाकुमारी चौधरीलाई कुटपीट लछार पछार गरी निजको गर्भमा रहेको ६ महिनाको गर्भको बच्चाको मृत्यु हुन गएको भनिएको घटनास्थलको चारकिल्ला विवरण । मिति २०६२।५।४ गते पोखरीमा मिनाकुमारी चौधरी नुहाउन भनी गएकोमा सो स्थानमा प्रतिवादी कलावती चौधरीले घाँस काटिरहेको देखि निज मिनाकुमारीले घा