निर्णय नं. ३४८८ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८८ - भ्रष्टाचार भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०३/२२ २७३६ निर्णय नं. ३४८८ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५२६, ५२३ फैसला भएको मिति : २०४५।३।२२ मा पुनरावेदक वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) विरुद्ध पुनरावेदक प्रतिवादी : का.जि.का.न.पं.घट्टेकुलो डेरा गरी बस्ने श्रीमती ईन्दिरा थपलिया विरुद्ध पुनरावेदक वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) मुद्दा : भ्रष्टाचार (१) तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) अनुसार क्षेत्रीय अदालतले पुनरावेदन हेरेको भ्रष्टाचार मुद्दामा दोश्रो तहको पुनरावेदन सर्वोच्च अदालतमा लाग्ने व्यवस्था भएकोमा पछि आएको कानुन व्यवस्थाले लाग्नै नसक्ने पुनरावेदन दर्ता गरेको देखिँदा त्यस्तो पुनरावेदनबाट कार्यवाही गर्न नमिल्ने । (प्रकरण नं. ३०) वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री बलराम के.सी. प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शभु थापा फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ : २. कर्मचारी संचय कोषमा सहायक तहमा काम गर्ने एकजना महिला कर्मचारीले दुइजना सहायक एक प्रमुख सहायक, शा.अं. तथा वरिष्ठ शा.अ.गरी जम्मा ५ कर्मचारीको कीर्ते सही गरी कोषबाट रकम झिकेको छन् भन्ने समेतको स्थानीय समाचार पत्रमा छापिएको खबरको आधारमा अनुसन्धान प्रारम्भ भएको देखिएको । ३. मिति २०४०।६।१२ मा निवेदिका इन्दीरा थपलिया नाम गरी सामाजिक कार्य सापटी माग गरेको देखाइएको सक्कलै फर्म कोष कट्टी शाखा हिसाब शाखा र कर्जा शाखामा म आफैंले लगेर सही गराए र अरु तीन कट्टी प्रबन्धक र अ.प्र.मा पिउनले लगेर सही गराएको हो । सो फर्मबाट नै मैले रु. १,०८५।– सामाजिक सापटी लिएको हो, मेरो अहिले सम्मको कोष कट्टी जम्मा रकम २,०८६।६० मात्र हो तर मैले भरेको फर्ममा उक्त रकम कसरी ३,०८५।६० भयो मलाई थाहा छैन । २०४०।६।१२ को कन्ट्रा भौचरको फोटोकपी हेरी सनाखत गरे उक्त रकम मैले नै बुझेको हो उक्त भौचरको पछाडि भएको सही मेरो आफ्नै हो । शुरेसदेव भट्ट, कल्याणबहादुर विष्ट र भवानी रेग्मी तीन जनाले मेरो रोहवरमा सो अंक, अक्षरका साथै फर्म नै हामीले भरेको होइन भनी भन्नु भएको हुँदा सो फर्ममा कोष कट्टी शाखाका कर्मचारीहरुको सही हुने महलहरुमा म आफैंले कृतिम सही गरेको र जम्मा रकम २,०८५।६० समेत म आफैंले भरी सो फर्म पेश गरी पैसा खाएको हो । त्यसबेलाको परिस्थितिले गर्दा मैले वहाँहरुको कृतिम सही गरेर पैसा निकालेकी हुँ, कानुनले जस्तो ठहर्छ भोग्न तयार छु । हिसाब शाखाको कृष्णबाबु मेनका, महेश र कर्णलाल यी चारै जनाको सही पनि म आफैंले गरेको हुँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा प्रतिवादी इन्दीरा थपलियाले गरेको बयान । ४. मिति २०४०।६।१० मा सहायक इन्दीरा थपलियाले सामाजिक कार्यको लागि माग गरेको फारममा म समेतले सहिछाप गर्नु पर्ने हो तर उक्त माग गरेको सापटीको फाराममा मेरो हस्ताक्षर होइन । सो देखाइएको सक्कल सापटी फाराम हेरें प्रमुख सहायक महलमा गरेको सही मेरो होइन हेरी सनाखत गरेको छु । माथि सनाखत गरेको सापटी फाराम इन्दीरा थपलियाले म समक्ष लिएर आएकी थिइनन् मेरो समेत सही गरी रकम झिकेको भन्ने कुरा थाहा पाएपछि मैले सम्बन्धित अधिकृत समक्ष यो कुराको जानकारी गराएको थिए