निर्णय नं. ३४८९ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४८९ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/१६ २४४५ निर्णय नं. ३४८९ ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट नं. २११८ आदेश भएको मिति : २०४५।४।१६।१ मा निवेदक : का.न.पं.वा.नं.३१ बस्ने वर्ष ६१ को पुष्पशंकर प्रधानाङ्ग विरुद्ध विपक्षी : नेपाल वैंक लिमिटेड, प्रधान कार्यालय, जुद्ध सडक, काठमाडौंसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) आफूले पाउनु पर्ने सुविधा लिइसकेको कुरालाई निवेदनमा उल्लेख नगरी गुपचुप राखी आउनुले अदालतमा प्रवेश गर्दा सफा हात लिई आउनु पर्ने सर्वमान्य सिद्धान्तलाई उल्लंघन गरेको देखिने । (प्रकरण नं. ८) (२) २०४२।५।१ मा आफूले अवकास पाएको कुरामा सो कुरालाई बदर गराउन निवेदक उचित समयमा अदालतमा आउनु पर्नेमा नआई मिति ०४३।९।२८ मा रिट निवेदन लिई अदालतमा प्रवेश गरेको देखिएबाट निवेदक अनुचित विलम्व गरी अदालतमा आएको देखिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की एवं विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत एवं विद्वान अधिवक्ता श्री अनुरुपराज शर्मा उल्लिखित मुद्दा : भोज कुमार श्रेष्ठ विरुद्ध सञ्चालक समिति नेपाल बैंक लिमिटेड भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने ने.का.प २०४३ नि.नं. २७६० मा सिद्धान्त प्रतिपादित भइकेको । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६ र धारा ७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ । २. म निवेदक नेपाल बैंक लिमिटेडको कर्मचारीको रुपमा मिति २००४।१०।२७ मा क्लर्क पदमा शुरु भर्ना भई विभिन्न पदमा रही मिति २०४२।४।३२ सम्म अविछिन्न रुपमा सेवा गर्दै आएको थिएँ । विपक्षी बैंक र म सरहका तमाम कर्मचारीको सेवा शर्त सम्बन्धी व्यवस्था विपक्षी बैंकले बनाई श्री ५ को सरकारले स्वीकृत गरेको नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, ०३१ ले गरेको छ जसको साविकको दफा ५.१(१) अनुसार मिति २०३४।२।६ अघि बहाल रहेका कर्मचारीहरुका हकमा ६० वर्षको उमेर पछि स्वेच्छिक र ६३ वर्षको उमेर पुगेपछि अनिवार्य अवकासको व्यवस्था गरिएको थियो । ६३ वर्षको उमेर पछि अनिवार्य अवकास लिने भन्दा ६० वर्षको उमेरपछि स्वेच्छिक अवकास लिंदा निवृतभरणको रकम सुविधा बढी राखिएकोले ६० वर्षको उमेरबाट अवकास लिने कुरा सम्बन्धित कर्मचारीको पूर्ण स्वेच्छामा राखिएको थियो । ३. निवृत्तभरण बढी रकमको एकमात्र कारणले गर्दा मैले पनि ६० वर्षको उमेरमा अवकास लिने इच्छा गरी निवेदन पेश गरेको थिएँ तर यसै बीच उमेरको हदबाट अकास दिने व्यवस्थामा एकरुपता ल्याउन बैंकले आफ्नो नियमावली संशोधन गरी सो मितिपछि भर्ना हुनेलाई ६० वर्ष भनी अनिवार्य अवकास दिने व्यवस्था गर्न लागेको र अवकास पछि दिइने निवृत्तभरणको रकममा पनि एउटै व्यवस्था हुने कुरा अनौपचारिक थाहा भएपछि नयाँ नियम अनुसार २०३४।२।६ अघि बहाल रहेको कर्मचारीको हैसियतले ६० वर्षको सट्टा ६३ वर्षको उमेरसम्म नै सेवामा रहन पाउँ भनी निवेदन दिई र मौखिक रुपमा समेत महाप्रबन्धक, संचालक समितिका अध्यक्ष एवं सदस्य समेतलाई भेटी अनुरोध गरेपछि विपक्षी बैंकले ६० वर्षको उमेर पुगेपछि अवकास लिने