निर्णय नं. ३४९० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४९० - अंश भाग: ३० साल: २०४५ महिना: असोज अंक: ६ फैसला मिति :२०४५/०४/२४ २७३९ निर्णय नं. ३४९० ने.का.प. २०४५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६२० फैसला भएको मिति : २०४५।४।२४।२ मा निवेदक/प्रतिवादी : सिन्धुपाल्चोक जलविरेकोट गा.पं.वा.नं.३ बस्ने गणेशबहादुर श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने शिवदास श्रेष्ठ मुद्दा : अंश (१) मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत पास हुनुपर्ने ९:बलमबतयचथ० व्यवस्था गरेको पाइने । (प्रकरण नं. १८) (२) अंशबण्डा पास भएकोमा रजिष्ट्रेशनको १ नं.अनुसार मानो जोडिएको कागज पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने हुँदा अंशबण्डा पास भइसकेपछि कुनै कागजमा एकाघर सगोलको भाइ भनी उल्लेख हुँदैमा रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडाएको लिखत पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल फैसला न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।२२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको प्रतिवादीको निवेदनमा अनुमति प्राप्त गरी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०१८ साल माघ २२ गते बाबुको श्रीसम्पत्ति मध्ये बाबुलाई जीउनी भाग बाँकी राखी अरु अंश हक २ बण्डा लगाई पारित गरिसकेपछि म नाबालक भएकोले मेरो भाग विपक्षी दाजु गणेशबहादुरले निजको भाग संगै नै सगोलमा राखी व्यवहार गरी आएकोमा मेरो भागमा परेको बण्डापत्र अनुसारको केही जग्गाहरु दाजु गणेशबहादुरले बिक्री वितरण गरेकोले मलाई चित्त नबुझी मेरो हक बण्डामा आएको जग्गाहरु दिनुहोस् भन्दा नदिएकोले २०३२ साल आश्विन १३ गते देखि खान लाउन नदिई अन्याय गरेकोले २०३२।६।१२ गते तकको विपक्षीबाट श्रीसम्पत्तिको तायदाती लिई बण्डा गरी अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको शिवदास श्रेष्ठले २०३३।५।६ मा दिएको फिराद । ३. वादी दावी बमोजिम अंश दिनुपर्ने होइन बुबा भैरवलाल जिवित छँदै विपक्षी र म समेत कान्छी सौता पट्टिको रामृष्णलाई बराबर गरम करम मिलाई चल अचल सम्पत्ति सबै २०१८।१०।२१ गते सिन्धुपाल्चोक जिल्ला माल मार्फत बण्डा गरिसकेको छ विपक्षीको भागको कुनै जग्गा जमीन मेरा जिम्मा छैन झुठ्ठा दावीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको गणेशबहादुर श्रेष्ठ समेतको २०३३।५।२८ को प्रतिउत्तर । ४. यस्मा वादीको अंश भागको सम्पत्ति समेत प्र.गणेशबहादुरले व्यवहार गरी राखेको देखिनाले जिम्मा लिएको थिएन भनी प्रतिवादीको जिकिर पुग्न सक्दैन २०१८।९।२० को बण्डापत्र बमोजिमको सम्पति वादीले प्रतिवादीबाट छुट्टाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको सिं.पा.जि.अ.को २०३५।३।४ को फैसला । ५. सि.पा.जि.अ.ले गरेको फैसलामा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी वादी प्रतिवादीको म.क्षे.अ.मा परेको पुनरावेदन । ६. सि.पा.जि.अ. को फैसला बदर गरिदिएको छ । वादी दावी बमोजिम प्रचलित नेपाल कानुन अनुसार कारवाही किनारा गर्नु भनी रुजु रहेका पक्षलाई तारेख तोकी मिसिल शुरु सि.पा.जि.अ. मा पठाई दिनु भन्ने समेत म.क्षे.अ.को मिति २०३५।१२।३१ को फैसला । ७. यस्मा विपक्षी र म समेतको २ बण्डा लगाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको